गज़ल:-दुई शब्द कोर्छु सँधै शब्द कोषको पाना भित्र छ!
पूर्ण गोर्खाली मुस्कान
दुई शब्द कोर्छु सँधै शब्द कोषको पाना भित्र छ!
जति खोज्छौ दुःख पिडा यो आँसुको दाना भित्र छ!!
.
चार्दै संसार् खोज्यौ होला सुख के हो भनि तिम्ले,
तर बुझ सुख सयल् झुपडिको छाना भित्र छ !!
.
राष्ट्र अनि राष्ट्रियता बचाउन खोज्छौ आँखिर,
तिम्ले खोज्ने स्वाभिमान राष्ट्रप्रेमी गाना भित्र छ!!
.
थोपा-थोपा पसिनामा कृषकको मुल्य पनि त,
उब्जनिको भाउ जोख्ने पाथि अनि माना भित्र छ !!
.
जति लिन्छौ नशा तिम्ले त्यो त केबल् बेकार होला,
तर हेर शरिर् बृद्दि पोषणयुक्त खाना भित्र छ !!
.
गोर्खा 3
मसेल
