गजल :-साधु सन्त एकान्तमा चन्दन् प्यारो ठाने मैले
बुद्धि मोक्तान
साधु सन्त एकान्तमा चन्दन् प्यारो ठाने मैले
प्रिय!साथ हुँदा फेरि बन्दन् प्यारो ठाने मैले
बन्दन् हो कि चन्दन् निको दोमनमा पर्दा यहाँ
चन्दन् छाडी बन्दनको खण्डन् प्यारो ठाने मैले
कस्ता कस्ता घुम्ती आए छान्नु पर्ने जिन्दगीमा
संम्झे आँखा छ्याप्पै आँशु क्रन्दन् प्यारो ठाने मैले
मायाँ पोखी क्रन्दन् रोक्न आइन् उनी मेरो सामु
छोए मुटु तातो थियो स्पन्दन् प्यारो ठाने मैले
जिन्दगीकै बन्द सत्र संगै बाँच्ने सपथ् खाइ
परन्तु त्यो प्यासी ज्वाला दन्दन् प्यारो ठाने मैले
दक्षिण कोरिया
