घायलको तरही मुसायरा-२९
साँच्चै साहित्य एक नशा हो र यो नशा लागेपछि छुटाउन निक्कै कठिन हुँदोरहेछ ! आजभोलिको व्यस्तताले मलाइ निक्कै च्यापेको छ तै पनि निन्द्रा माया मारेर नै भए पनि केहि क्षेण यसमा रमाईएन भने केहि गुमाए झैं वा केहि भए झैं हुन्छ !तरही मुसायाराको नशा यहाँहरुलाई पनि लागेकोछ भन्ने मेरो बिश्वास हो र तपाईहरुलाई यो नशा लागिरहोस भन्नको लागि पनि हरेक सुक्रबार केहि घण्टा मैले निन्द्रा माया मार्नै पर्छ र आज पनि त्यहि गर्दैछु ! तपाइहरुको उत्साहपूर्वक सहभागिताले यो तरही मुसायाराको भविस्य निक्कै उज्वल रहेको छ ! संधै यस्तै साथ रहनेछ भन्ने आशा गर्दछु !
अरबी, फारसी, उर्दु गजलमा लोकप्रिय 'तरही मुसायरा' एक शास्त्रिय परम्परा हो जसले शायरहरुमा इन्धन (शक्ती) भर्दछ । ठूला-ठुला मुसायराहरुमा तत्कालै कुनै पनि गजलको 'मिसरा-ए-सानी'दिएर गजल कथ्ने र त्यसरी कथेको गजल वाचन गरिन्छ अनी ति मध्यबाट उत्कृष्ट गजललाई पुरस्क्रित गरिन्छ । यस्तो मुसायराले गजलकारहरुले आफुलाई अरुसँग दाँज्ने र सिक्ने अवसर पनि पाउँदछन्
काठमाडौं बाफल स्थाई निवासी 'जेठा दाई' उहाँ यहि नामले चिनिनु चाहानु हुन्छ र उहाँको असली नाम कसैलाइ पनि थाहा छैन ! फेसबुकमा निक्कै मिठो गज़ल पस्किदै आउनु भएका जेठा दाई गज़ल प्रेमीहरु बिचमा राम्रोसँग परिचित हुनु हुन्छ ! रोजगारीको सिलसिलामा जापानको टोकियोमा रहनु भएका जेठा दाइले निकट भविस्यमा नै आफ्नो असली नाम र गज़ल संग्रह लिएर आउने बाचा गर्नु भएको छ ! आज उही जेठा दाईको यो मिसरा-ए-सानी 'हाँस्दा तिमी सँगै हाँस्छु, रुँदासँगै रुन्छु नि म' लाइ तरहको रुपमा दिएको छु ! माथी उल्लेखित मिसराको आधारमा एक पूर्ण गज़ल लेखि फेसबुक, www.literatureofnepali.com वा info@literatureofnepali.com पोस्ट/इमेल गर्नु हुन हार्दिक अनुरोध गर्दछु !
गजल पोस्ट गरि सक्नु पर्ने अन्तिम दिन बिहीवार २९ डिसेम्बर,२०११ रातको १२:०० बजे (युएई समय+४ अनुसार)
गजल: जेठा दाई
मिसरा: हाँस्दा तिमी सँगै हाँस्छु, रुँदासँगै रुन्छु नि म
काफिया: रुन्छु
रदिफ: नि म
लय: हाँस्दा तिमी/ सँगै हाँस्छु// रुँदासँगै/ रुन्छु नि म !
लय:- ४+४+४+४=१६
सुनाउ न तिम्रो कुरा, संधै भरी सुन्छु नि म !
हाँस्दा तिमी सँगै हाँस्छु, रुँदा सँगै रुन्छु नि म !
केही गरी नियतिले, हामी टाढा भयौ भने,
न-आत्ती नु मेरी माया, त्यो मनमा हुन्छु नि म !
जिन्दगी र तिमी बिच, यौटा रोज्न पर्यो भने,
मर्छु बरु तिमी बिना, तिम्लाई नै चुन्छु नि म !
दाग तिम्रो आँचल मा, लाग्न दिन्न कैले पनि ,
लागी हाल्यो भने पनि, वर्षा बनी धुन्छु नि म !
साथ तिम्रो हुन्छु संधै, दिन अनि रातै भरी,
आँधेरीमा डर लागे, अंगालोमा थुन्छु नि म !
घायलको तरही मुसायराका सहभागीले पालना गर्नु पर्ने नियमहरु
(क) प्रत्येक सहभागीले दिईएको 'मिसरा-ए-सानी'कै आधारमा र त्यो मिसरालाई गजलमा समावेश गरी गजल लेख्नु पर्नेछ । अन्यथा मुसायरामा समावेश गराइने छैन ।
(ख) एक भन्दा बढी गजल पोस्ट गर्न पाइने छैन । गरेमा सबै अमान्य हुँनेछ ।
(ग) गजल तोकिएको अवधिभित्र नै फेसबुकमा वा ब्लगमा पोस्ट गर्नु पर्नेछ ।
(घ) अगाडि अरुले पोस्ट गरेको गजलको हुबहु नक्कल गरेको गजल मान्य हुँनेछैन ।
(ङ) गजल अनिवार्य पाँच शेरको हुनुपर्ने छ ।
(छ) गजलको संरचनामा मिलेको हुनु पर्नेछ ।
(ज) गजलमा अस्लील वा सामाजिक सद्भावमा असर पुग्ने शब्द प्रयोग गर्न पाइने छैन .
(झ) आफ्नै संस्क्रिती,परम्परा,जीवनशैली,भेषभुषा आदी झल्काइएको/समेटिएको गजललाई प्राथमिकता दिईनेछ ।
(ञ) तरही मुसायरामा प्रकासित गजललाई अन्य ठाउँमा प्रकाशन वा प्रसारण गर्नु परेमा स्रोत ,सन्दर्भ वा मुख्य सर्जकको नाम उल्लेख गर्नु अनिवार्य छ ।
(ट) तल दिएको मिसरा-ए-सानी लाई गजलको मतलामा नभै अन्य कुनै शेरमा समावेश गर्नु पर्ने छ ।
(ठ) अब देखी 'घायलको तरही मुसायरा'फेसबुक, www.literatureofnepali.com संचालन हुँने भएकोले info@literatureofnepali.com इमेल वा पोस्ट गरेको सबै गजललाई मान्यता दिईनेछ ।
Posted by Unknown
on 9:45 AM.
Filed under
feature,
तरही मुसायरा
.
You can follow any responses to this entry through the RSS 2.0
घायलको तरही मुसायरा-२९ भागमा मैले गरेको प्रयास
बिकासको ज्वाला फुटाउ साथमा नै हुन्छु नि म
तिमी अघि बढ्छु भन तिम्रो हात छुन्छु नि म !!
लुटिएको भुमि हाम्रो फिर्ता गर्छु भन तिमी
देश दोर्ही जाति सबै झिर भित्र उन्छु नि म !!
भास्ताचार अन्त्य गरि समुन्नत राष्ट्र बनाऊ
लुटी खाने समाउने माहा जाल बुन्छु नि म !!
सयौ बर्ष सम्म फैली बसेका ति दुरगंद
मेरो आफ्नै रगतले भए पनि धुन्छु नि म !!
तिमी माथि बिपति आइ पर्यो भने साथै बसी
हाँस्दा तिमी सँगै हाँस्छु, रुँदासँगै रुन्छु नि म !!
बिकाश ( घायल )
सर नमस्कार!मैले पनि हजुरको तरही मुसाएरामा सहभागी भई सक्दो प्रयास गरेको छु ।
गजल:जेठा दाई
मिसरा:हाँस्दा तिमी सँगै हाँस्छु रुँदा सँगै रुन्छु नि म
काफिया:रुन्छु
रदिफ्:नि म
लय:हाँस्दा तिमी सँगै हाँस्छु रुँदा सँगै रुन्छु नि म!
लय:४+४+४+४=१६
गजल
कल्पनामा हराउँदा तिमी सँगै हुन्छु नि म ।
झझल्कोले टोलाउँदा तिमै बोली सुन्छु नि म ।
सम्झनाले सताउँदा छट्पटिन्छु एकान्तमा
मनलाई बुझाउंन तिम्रै फोटो छुन्छु नि म ।
यो मुटुको ढोकाबाट कोही पनि पस्ने छैन
बिस्वासको ताल्चा मारी तिम्रो माया थुन्छु नि म ।
कै'ले पनि नचुडिने पिरतिको धागो पाए
संसारको सबै खुशी तिम्रै लागी उन्छु नि म ।
जिन्दगीको सुख,दु:ख आपसमा बांडुलानी
हाँस्दा तिमी सँगै हाँस्छु रुँदा सँगै रुन्छु नि म ।
सँधैभरी माया गर्नु तिम्रो राजा 'ईन्द्र'लाई
जती जन्म पाए पनि तिमी रानी चुन्छु नि म ।
ईन्द्र तामाङ ।
जब भन्यौ तिम्रै लागी बर-माला उन्छु नि म
लाखौ भिड भित्र पनि तिम्रै बोली सुन्छु नी म
किन सोच्छौ टाढा गएँ आँसु दिए सँधै भरी
आँखा चिम्ली सोची हेर मुटु भित्र हुन्छु नी म
कस्तो नशा लाग्यो सानु सुन्दा तिमी हाँस्छौ होला
तिम्रो नशा कमी गर्न तिम्रै तस्विर चुम्छु नि म
अरु केही नसकेनी तिम्रो लागी गर्न मैले
हाँस्दा तिमी सँगै हाँस्छु रुँदा सँगै रुन्छु नी म
यदी तिमी मेरो मुटु स्वर्ग जस्तो ठान्छौ भने
मेरो सानो मन मुटु भित्र राखी थुन्छु नी म
-
कुमार श्रेष्ठ "यात्री"
रामेछाप-कठजोर-६
हाल साउदी अरब रियाद
Shrestha Subash
घायलको तरही मुसायरालाई मेरो यौटा सानो अनुरोध:- यसरी सधै बराबर मात्राको मिसरा दिदा अलि कस्तो कस्तो लाग्न थाल्यो है। सायद चिनी पनि धेरै खाएर तीतो भए जस्तै भएर होला। मलाई जस्तै सायद अन्य सर्जकहरुलाई पनि भएको हुनसक्छ। त्यसैले फरक फरक मात्राको मिसरा दिदा सबै सर्जकहरुलाई अझै घायलको तरही मुसायरामा सहभागी हुने उत्साह बढेर आउने थियो कि! धन्यवाद
मैले केही चुन्न पर्दा तिम्रै माया चुन्छु नि म
जुनी जुनी नछुटिने मायाजाल बुन्छु नि म।
नयाँ अनि हाम्रो यौटा छुट्टै संसार बनाएर
हाँस्दा तिमी सँगै हाँस्छु रुँदा सँगै रुन्छु नि म।
हाम्रो बिचमा छेक्ने अग्लो पहाड नै आएपनि
तिम्रो बोली छातीभित्र ढुक्ढुकीमा सुन्छु नि म।
केही दिन टाढा हुँदा मन दुखाउनु हुन्न हेर
हामी बिचको दूरी जोड्ने यौटा माला उन्छु नि म।
छाँया हुँ नि म त तिम्रो कहाँ सक्छु एक्लै हुन
त्यसैले त जहाँ तिमी त्यही त्यही हुन्छु नि म।
जीतु खड्का गाउले
गजल: जेठा दाई
मिसरा: हाँस्दा तिमी सँगै हाँस्छु, रुँदासँगै रुन्छु नि म
काफिया: रुन्छु
रदिफ: नि म
लय: हाँस्दा तिमी/ सँगै हाँस्छु// रुँदासँगै/ रुन्छु नि म !
लय:- ४+४+४+४=१६
================
गजल
================
जिन्दगीका तनाबाना तिमी सँगै बुन्छु नि म
सहयात्री तिमी नै हौ तिमीलाई चुन्छु नि म !!
दु:ख सुख बराबरी जिन्दगीको पाटो हाम्रो
हाँस्दा तिमी सँगै हाँस्छु रुँदासँगै रुँन्छु नि म !!
जिन्दगीको लामो यात्रा सँग सँगै गरौ हामी
मर्दा तिमी सँगै मर्छु बाँच्दासँगै हुन्छु नि म !!
के हो साँचो के हो झुटो थाहा छैन मलाई त
तिम्रो बारे नाना थरी कुराहरु सुन्छु नि म!!
चन्द्रमा झैँ कंन्चन छौ छैन दाग तिमी भित्र
लागे दाग पछ्यौरीमा गंगा जलले धुन्छु नि म !!
जीतु खड्का गाउले
मोरङ उर्लाबारी
लक्ष्मण 'मिलन' विष्ट
घायलको तरही मिसरा-29 को लागी मैले बनाएको एउटा गजल..!!
गजल- 'जेठादाई'
मिसरा-हाँस्दा तिमी/ सँगै हाँस्छुँ/ रुदा सँगै/ रुन्छुँ नि म//
काफिया-रुन्छुँ
रदिफ- नि म
लय-4+4+4+4=16
गजल-
यत्र-तत्र कहाँ खोज्छ्यौ, त्यो मुटुमै हुन्छुँ नि म ।
झर्छ आँशु सम्झनामा, परेलिमै थुन्छुँ नि म ।
कति सम्म एक्लै-एक्लै, यात्रा गर्नु भन प्रिया..
हाँस्दा तिमी सँगै हास्छुँ, रुदा सँगै रुन्छुँ नि म ।
मुटु माथि ढुङ्गा थिची, बाँच्न पनि गाह्रो भयो..
याद आए त्यो रुपको, प्रतिबिम्ब छुन्छुँ नि म ।
रुदा-रुदै जिन्दगानी, चर्किएको भाँडो भयो..
बाध्यताले फाट्यो माया, जसो तसो धुन्छुँ नि म ।
न त गल्ति मेरो थियो, न त गल्ति तिम्रो थियो..
समाजले कुरा काट्यो,भन्ने हल्ला सुन्छुँ नि म ।
लक्ष्मण 'मिलन' विष्ट
कालिकास्थान अछाम
Purna Gorkhali Muskan
घायलको तरहि मुसयरा 29 मा मेरो प्रयास
.
तिम्रै खुसी तिम्रै हाँसो एकै साथ चुन्छु नि म!
साथ तिम्ले छोड्यौ भने पक्कै एक्लो हुन्छु नि म!!
.
माया गरि साथ देउ जिन्दगीका बाटा भरी,
तिम्रो लागी नबिझाउने प्रेम माला उन्छु नि म!
.
सपनिमा याद सँधै तिम्रो मात्र आए भनेँ,
बेहोसिमा बिउँझिएर् तिम्रै फोटो छुन्छु नि म!
.
जिन्दगी हो जिउँनु पर्छ हाँसो खुसी बाड्दै जाँउ,
हास्दा तिमी सँगै हाँस्छु रुदा सँगै रुन्छु नि म!
.
यति धेरै माया मोह तिमी माथि हुदा पनि,
फेरि किन तिम्रा बारे उल्टो खबर् सुन्छु नि म!
धन्यबाद
Laxman Bhantana Sireesh
सपनिमा कोल्टे फेर्दा तिमी संगै हुन्छु नि म
सुख दु:खा साट्दै गरा चुमी ओठ सुन्छु नि म
ममताको भित्र थप्दै गरा प्रेमी राग
अधरको मुस्कान यो संगालेर छुन्छु नि म
अधेरिमा धर्किएर नरुनु है तिमी फेरि
हाँस्दा तिमी सँगै हाँस्छु, रुँदासँगै रुन्छु नि म
प्रतिबिएमबिए भिजिदेला झझल्कोमा हरा साँझ
परेलिका आँशु पुछी पिडा तिम्रो धुन्छु नि म
फुली राख सिरिश मै चाँदनिको रोश्नी बिच
जन्मौ - जन्मा सहयात्री तिमीलाई चुन्छु नि म
लक्ष्मण भन्तना "सिरिश"
अश्राङ # ४, गोरखा
हाल : आबुधाबी
बिकाश घायल
घायलको तरहि मुसयरा २९ मा मेरो प्रयास
बिकासको ज्वाला फुटाउ साथमा नै हुन्छु नि म
तिमी अघि बढ्छु भन तिम्रो हात छुन्छु नि म !!
लुटिएको भूमी हाम्रो फिर्ता गर्छु भन तिमी
देश द्रोही जती सबै झिर भित्र उन्छु नि म !!
भ्रष्टचार अन्त्य गरि समुन्नत राष्ट्र बनाऊ
लुटी खाने समाउने माहा जाल बुन्छु नि म !!
सयौ बर्ष सम्म फैली बसेका ति दुर्गन्ध
मेरो आफ्नै रगतले भए पनि धुन्छु नि म !!
तिमी माथि विपत्ति आइ पर्यो भने साथै बसी
हाँस्दा तिमी सँगै हाँस्छु, रुँदासँगै रुन्छु नि म !!
बिकाश ( घायल )
Bhagawati Basnet
गजल: जेठा दाई
मिसरा: हाँस्दा तिमी सँगै हाँस्छु, रुँदासँगै रुन्छु नि म
काफिया: रुन्छु
रदिफ: नि म
लय: हाँस्दा तिमी/ सँगै हाँस्छु// रुँदासँगै/ रुन्छु नि म !
लय:- ४+४+४+४=१६
परदेश बस्नु भन्दा आफ्नै देश चुन्छु नि म
हामी बने देश बन्छ यस्तै कुरा सुन्छु नि म
बिकासको लहर देखेँ खुशी हुन्छु मनै देखि
हाँस्दा तिमीसँगै हाँस्छु रुँदा सँगै रुन्छु नि म
देश बन्थ्यो कम्मर कसि लागे देखि सबै युवा
कैले हुने एकजुट यही सधैं गुन्छु नि म
प्रकृतिको उपयोग गर्ने सक्ने सीप भए
नयाँ नौलो योजना त आफ्नै पनि बुन्छु नि म
अन्धकार भयो बस्ती बिजुली यो नपाएर
दियौ उर्जा तिम्ले भने उज्यालोले छुन्छु नि म
स्याङ्जाली रमेश
मैले पनि प्रयास गरे ..........अनि सुबास जीको कुरा मनन योग्य लाग्यो अनि आर्को कुरा मुसायराको अन्तिम दिन प्रथम ,दीतिय,र तृतीय श्रेण छुट्टाउन पनि पर्यो घायल ज्युले नै धन्यबाद
प्रबासमा एक्लै हुदा तिम्रै तस्बिर छुन्छु नि म
सम्झनामा आँशु झर्दा आफ्नै आँखा थुन्छु नि म
बधयताले टाढा भयौ जिन्दगीको परिधिमा
छित्टै भेटि मायाको जाल् तिमी संगै बुन्छु नि म
तिमीलाई माया गर्छु खा'भन्छौ त कसम् खान्छु
हाँस्दा तिमी संगै हाँसी रुँदा संगै रुन्छु नि म
याद अझै ताजा छ नी तिम्रो न्यांनो अँगालोको
एक्लै हुँदा एैले यहा भावबिह्ल हुन्छु नि म
ढुक्क बन तिमी छाडि जान्न अन्त स्याङ्जाली यो
यो धर्तिमा तिम्रै चोखो माया मैले चुन्छु नि म
स्याङ्जाली रमेश
मरुभुमीको छाती बाट
Mad Nepali Solta
घायलको तरही मुसायरा-२९ लागि थोरै छ्यास्स
गजल: जेठा दाई
मिसरा: हाँस्दा तिमी सँगै हाँस्छु, रुँदासँगै रुन्छु नि म
काफिया: रुन्छु
रदिफ: नि म
लय: हाँस्दा तिमी/ सँगै हाँस्छु// रुँदासँगै/ रुन्छु नि म !
लय:- ४+४+४+४=१६
--------------------------------------------------
मलाई यो गज़ल गज़ल मात्र थिएन यो एउटा सम्मान थियो एक मित्र/गुरु प्रति एक बेक्ती जसले मेरो हात थामेको थियो,जसले अझै मलाइ यो मार्ग हिड्नुस भन्दै सचेत गराउनु हुन्छ,मेरो मार्ग निर्देशन गर्नु हुन्छ Dalbir Singh Baraili 'Ghayal' सर नाम कहिल्लै परिचय हुने गर्दैन तर पनि मान्छेहरु कुरामा बेक्तिको बौदिक्ताको गरे पनि अनुहार अनुसारको बेबहार गर्दा रैछन यो त्यो प्रवृति प्रतिको आन्दोलन पनि हो म यो गज़ल लेख्दै छु यदी म "म्याड नेपाली सोल्टा" बन्दिनथे भने यी लेख,कबिता,गज़ल तपाइले कहिल्लै देख्न,सुन्न पाउनुहुन सर हामीले एउटा नाम संगै एउटा परिचय लिएर जन्मिएका हुदा रैछौ फलानाको छोरो ढिस्कानो अनि नाम संगै एउटा तस्बिर छापिदो रैछ कुनै लेखाजोखा बिना तर यो बाहेक पनि बेक्ती त अर्कै हुदोरैछ ..हजुर जेठा दाई (गज़ल का सधै दाइ हुन् साबित एक बेक्ती)अन्जान कुनै तस्बिर बिनाको बेक्ती उहालाई समर्पित यो सानो,छोटो कोरे जानी-नजानी
-----------------------------------------------
बाच्दा तिमि संगै बाच्छु,मर्दा संगै हुन्छु नि म
तिमि सिखर छुदा खेरि,तिमि संगै छुन्छु नि म
जिन्दगीका तिता मिठा कुरा साथै साटौला नि
हास्दा तिमि संगै हास्छु,रुदा संगै रुन्छु नि म
मिठो तिम्रो सुर संगै , नयाँ एउटा राप थप्नु
तिम्रै काखमा मुन्टू राख्दै,मक्ख पर्दै सुन्छु नि म
मायालुको अंगालोमा जीवन साथै काटौला नि
नबुजे झैँ गर्दै गर्छु ,माया जाल बुन्छु नि म
कहिले काही मुख बाट पिडा पनि निस्केलान नि
मेरो मुख तिमि थुन्नु ,हल्का तिम्रो थुन्छु नि म
-म्याड नेपाली सोल्टा
Sunil Hamal
घायलको तरही मुसायरा-२९ मा मेरो भाब यस्तो रह्यो >>>गजल: जेठा दाई
मिसरा: हाँस्दा तिमी सँगै हाँस्छु, रुँदासँगै रुन्छु नि म
काफिया: रुन्छु
रदिफ: नि म
लय: हाँस्दा तिमी सँगै हाँस्छु रुँदासँगै रुन्छु नि म !
लय:- ४+४+४+४=१६
तिमी साथ दिन्छ्यौ भने ठिकै छ बढ्छु नि म,
कहाँ भात्क्यो कहाँ पोख्यो उकासेर भर्छु नि म,
एउटा हात तिमी देउ एउटा हात म दिन्छु,
हात समाई पाईला हाम्रो सँगसँगै बढाउछु नि म,
श्रीजनाका हात तिम्रा खाली यि पानाहरु,
रचनाको केन्द्रबिन्दु बनाएरै छोड्छु नि म,
हाँस्दा बोल्दा तिमीसँग दु:ख सब भुल्छु नि म,
निसासियर गुम्सिएका मनका कुरा खोल्छु नि म,
बाचाकसम् खाएको जुनि जुनि म तिम्रै हो नि,
हाँस्दा तिमीसँगै हाँस्छु रुँदा सँगै रुन्छु नि म,
सुनिल हमाल,२०११-१२-२३ (एडिबि)
Laxmi Pokharel
घायलको तरही मुसायरा-२९ को लागि यस्तो गजल पो लेख्न मन लागो सबैलाई बिर्सिएर तिमीलाई चुन्छु नि म
तिम्रो बोली दंग्ग पर्दै हर पल सुन्छु नि म
मैले तिम्रो साथ पाए अरु के नै चाहिन्छ र
मेरो हात थाम्यौ भने लक्ष्य लाई छुन्छु नि म
एकनाश हुन्न राजै जीवनको यात्रा गर्दा
हाँस्दा तिमी सँगै हाँस्छु रुँदा सँगै रुन्छु नि म
मिलनको दिन गन्दै कल्पनामा हराउँछु
हर रात सपनिमा तिमी सँगै हुन्छु नि म
मेरो घर आँगनिमा डोली लिई आउँनु है
पिरतिको फुल टिपी वर माला उन्छु नि म
Dilip Rai
घायल तरहिको मुसायरा 29 मा म जानि नजानि यसरि सहभागि भएको छु ।
कृपया नियम बिपरित भए भएन भन्दिनु होला ।
आसा बादी छु ।
जेठा दाई==
मिसरा: हाँस्दा तिमी सँगै हाँस्छु, रुँदासँगै रुन्छु नि म
काफिया: रुन्छु
रदिफ: नि म !
लय:- ४+४+४+४=१६
मायाँ गर्छु उन्ले भन्दा ,बेहोस झै हुन्छु नि म ।
एकान्तमा एक्लै एक्लै ,अनेक जाल बुन्छु नि म ।
आधा बिच नछोड है ,भाको नाता नतोड है ।
हाँस्दा तिमि सँगै हाँस्छु ,रूंदा संगै रून्छु नि म ।
परेलि मै संगालेर, तिम्रै माया अंगालेर ।
छाति भित्र प्रति बिम्ब ,पोकोपारि थुन्छु नि म ।
अपरिचित् बन्छौ किन ,झुठो होला भन्छौ किन ।
लाखौं अनि करोडौमा ,मात्र तिमि चुन्छु नि म ।
मैले सुन्ने कंहानिमा ,शांझ अनि बिहानिमा ।
हरफको लय पिछे, तिम्रै नाम सुन्छु नि म ।
[मुस्कान कान्छा ]भोजपुर नेपाल ।
निर्मला खड्का
सम्पूर्ण अग्रज साथै सर्जकहरुमा मेरो हार्दिक नमस्कार ... यस घायल तरहिको मुश्यारा २९ मा समाबेस हुने निम्तोको लागि " घायल जी"लाई हृदय देखि नै धन्यबाद
सिक्दा सिक्दै फेरी मेरो सानो प्रयाश ...त्रुटिहरु औलाई दिनु भएमा आभारी हुने छु ,,धन्यबाद
मिसरा: हाँस्दा तिमी सँगै हाँस्छु, रुँदासँगै रुन्छु नि म
काफिया: रुन्छु
रदिफ: नि म
लय : ४ + ४ + ४ + ४ = १६
दुख्यो कहाँ भन तिमी, दु:ख तिम्रो धुन्छु नि म
थुंगा थुंगा खुशी खोजी,माला एउटा गुन्छु नि म
सात जन्म साथ दिने माया मेरी तिमी भन
हाँस्दा तिमी संगै हाँस्छु रुदा संगै रुन्छु नि म
खोज्छौ कति गरा गल्ली,बन पाखा दोबाटोमा
खोजी हेर हृदयमै त्यै कुनामा हुन्छु नि म
लोभ छैन सम्पतिको, साँचो माया रहर हो
लाखौ छोडी मेरो प्रिय,तिम्लाई नै चुन्छु नि म
बर्षौ बिते पर्खाइ मै, बल्ल भेट भाछ हाम्रो
नजानु है छोडी अब, एक्लै हुदा रुन्छु नि म
निर्मला खड्का
भैरहवा
सुमित्रा पौडेल 'आँचल'
घायलको तरही मुसायरा २९ औ भागलाई स्वागत गर्दै सम्पूर्ण अग्रज तथा समकालीन मित्रहरुमा न्यानो साहित्यिक अभिवादन ! २९ भागको लागि मेरो गजल लेखन प्रयास यस्तो रह्रयो -------
गजल ---
हजार् बीच बस प्रिय तिमीलाई चुन्छु नि म
जीवन् भरि तिम्रै साथ खुशी दिन हुन्छु नि म
सत्य ,धर्म ,शान्ति प्रेम तिम्ले चिन्न सक्यौ भने
ज्ञान बुद्धि बढाउँन तिम्रै कुरा सुन्छु नि म
साथ देऊ हात देऊ माया मात्रै हैन प्रिय
धैरेता र साहसले आफ्नो लक्ष्य छुन्छु नि म
तिम्रा दु;ख ,दर्द पीडा मेरो आफ्नै सम्झिएर
चोट लागे मलम् बनी फाटे दिल तुन्छु नि म
संघर्षको बाटो एकै जिन्दगीको पाटो एकै
हाँस्दा तिमी सँगै हाँस्छु, रुँदासँगै रुन्छु नि म !!
सुमित्रा पौडेल भरतपुर चितवन
हाल --इजरायल
Jane Tamu
आदरणीय गुरू घायलको तरह29 अनुसार मेरो गजल प्रस्तुत छ । अग्रजहरूको सल्लाह सुझावको अपेक्षा राख्दछु ।मिसरा: हाँस्दा तिमी सँगै हाँस्छु, रुँदासँगै रुन्छु नि म
काफिया: रुन्छु
रदिफ: नि म
लय: हाँस्दा तिमी/ सँगै हाँस्छु// रुँदासँगै/ रुन्छु नि म !
लय:- ४+४+४+४=१६
मायालेनै भन्छ्यौँ भन ,जोगी पनि हुन्छु नि म %
रोज्नु परे हजारौमा, तिमी एक चुन्छु नि म%
आए पनि सयौँ बाधा ,भैँ बाँचुला कृष्ण राधा,
हास्दा तिमी सँगै हास्छु, रूदा सँगै रून्छु नि म%
दुई किनाराको के कुरा, तिमी बिना अधुरा,
टाढा हुदा एकै पल, आँखी डिल धुन्छु नि म%
तिमी बिम्व मैँ हु छाया, राखे मुटु दाया बाया,
तिम्ले हिड्ने गोरेटोको, माटो माथि खुन्छु नि म%
माया गर्छु तिम्रै कसम, ढाट्या भए भस्सम,
गर्छ्यौँ गर परीक्षा, तामा पित्तल छुन्छु नि म%
जेन तमू(gyanendra) धादिङ नेपाल
Starhang Bantawa 'jalan'
घायलको तरहि मुसयरा 29 को लागि सानो प्रयास ।
अप्सरा नै मिलेपनि तिमी मात्रै चुन्छु नि म ।
जूनीजुनी सयौ जुनि सिर्फ तिम्रै हुन्छु नि म ।।
दुई मुटु एक धड्कन जिउँने लक्ष्य एउँटै भए ।
हाँस्दा तिमी संगै हाँस्छु रुदासँगै रुन्छु नि म ।।
तिमी मेरो जिन्दगीको खुशी बन्यौ भने देखी ।
आकाशको चन्द्र सुर्य हत्केलाले छुन्छु नि म ।।
तिम्रो मेरो पिरतिको सुन्दर फुल फुल्यो भने ।
प्यार फुल्ने फुलबारी काँडेतारले बुन्छु नि म ।।
दुनियाँको आँखासामु हाम्रो माया चोखोराख्न ।
मेरै तातो रगतले तिम्रो सिन्दुर धुन्छु नि म ।।
झुत्रेजेठा
हाल- यु ए ई
24-Dec-2011
बियोगी काईला
गजल: जेठा दाई
मिसरा: हाँस्दा तिमी सँगै हाँस्छु, रुँदासँगै रुन्छु नि म
काफिया: रुन्छु
रदिफ: नि म
लय: हाँस्दा तिमी/ सँगै हाँस्छु// रुँदासँगै/ रुन्छु नि म !
लय:- ४+४+४+४=१६
मा घायलको तरही मिसरा - 29 को लागी मैले पनि जानी नजानी गजल लेख्ने प्रयास गरेको छु ! कृपया: स्रष्ट मित्रहरूले मुल्यानकन गर्नु होला ! धन्यवाद !!
"गजल"
मुटु मागे तिम्ले मेरो मुटु झिकी दिन्छु नि म !
बांचा गरे बत्ती हेर ! तिम्रै सामू छुन्छु नि म !!
दुखे यौटै मुटु दुख्ला हासी ख़ुशी बाचौला नि !
हाँस्दा तिमी सँगै हाँस्छु, रुँदासँगै रुन्छु नि म
जिन्दगीको सुख दुख बाड़ी चूड़ी खाउला नि !
कसम छ सधै भरी तिम्रै साथ चुन्छु नि म !!
संसारले ईष्र्या गरी हेरोस यो हाम्रो माया !
दुनियाको चुनौतिमा तिम्रो प्रेमी हुन्छु नि म !!
मुटु मागे तिम्ले मेरो मुटु झिकी दिन्छु नि म !
बांचा गरे बत्ती हेर ! तिम्रै सामू छुन्छु नि म !!
Shreeram Adhikari
गजल: जेठा दाई
मिसरा: हाँस्दा तिमी सँगै हाँस्छु, रुँदासँगै रुन्छु नि म
काफिया: रुन्छु
रदिफ: नि म
लय: हाँस्दा तिमी/ सँगै हाँस्छु// रुँदासँगै/ रुन्छु नि म !
... लय:- ४+४+४+४=१६
हजारौको भिडमाँझ तिमीलाई चुन्छु नि म
हिजोआज जताततै तिम्रै चर्चा सुन्छु नि म ।।
जता जान्छौ छाया बनी पछ्याउछु तिम्रो बाटो
हाँस्दा तिमी संगै हास्छु रुँदा सँगै रुन्छु नि म।।
बेमौसमी बर्षातमा कहाँ बग्छ चोखो प्रेम ?
भेल बढे आँखा बाट हत्केलाले थुन्छु नि म।।
दाँया बाँया किनार त्यो भेट हुन गाह्रो रैछ
छाल बनी लहराउदै तिम्रो दिल छुन्छु नि म ।।
नखोज्नु है अन्त कतै खोज्नु आफ्नै मुटु भित्र
हर पल हर क्षण ढुकढुकिमा हुन्छ नि म।।
निर्मला खड्का
बर्षौ बिते पर्खाइ मै, बल्ल भेट भाछ हाम्रो
नजानु है छोडी अब, एक्लै हुदा रुन्छु नि म
मतलामा काफिया दोहारियेछ ....ध्यान दिइनछु ...माफी मागे घायल सर ..
बर्षौ बिते पर्खाइ मै, बल्ल भेट भाछ हाम्रो
नजानु है टाढा फेरी , एक्लै हुँदा रुन्छु नि म
Diwakar Swapneel
घायलको तरही मुसायरामा लामो समयको अस्वस्थता पछी फेरी झुल्किएँ म । यो पटक यस्तो रह्यो मेरो प्रयास ।
मन किन दुखाउछौ तिमी सँगै हुन्छु नि म
त्यो मुटुका हर कुरा यो मुटुले सुन्छु नि म
.
ख्यालठट्टा जीवनमा हुनुपर्छ कैले काँही
जिस्काउँदै तिमीलाई यै दिलमा उन्छु नि म
.
तिम्रो छड्के नजरको औधी भोको मान्छे पो म
त्यो नजर हेर्नलाई तिम्रो केश छुन्छु नि म
.
यी आँखामा हेर तिम्रो प्रतिबिम्ब झललल
हास्दा तिमी सँगै हाँस्छु रुदा सँगै रुन्छु नि म
.
के के चर्चा चल्दैछ तिम्रो गाउघरमा तर
बकवास हल्ला छोडी तिमीलाई चुन्छु नि म
.
-> दिवाकर स्वप्नील , बिर्तामोड झापा ।
Madan Neupane
घायलको तरहिमुसायारमा मेरो प्रयास यस्तो रह्यो |
गल्ति भए भुल सुधारको अपेक्षा राखेको छु |
भन्छौ भने कसम खाइ, इश्वर पनि छुन्छु नि म
सातै जन्म सम्म प्रिये, तिमि संगै हुन्छु नि म ||
संसार हो फुल बारी, फुल भई मुस्कुराउ
हज्जार ति फुल माझ, तिमीलाई नै चुन्छु नि म ||
मिलनको घडी सधैं, सुख दु:ख बराबरी
हाँस्दा तिमि संगै हाँस्छु, रुंदा संगै रुन्छु नि म ||
कति कुरौं तिमीलाई, जवानी यो बित्न लाग्यो
सहमति पाए तिम्रो, मायाँ जाल बुन्छु नि म ||
मर्छु होला तिमि संग, छुट्टीएर बस्नुपरे
फाटे मन मायाँ प्रेमको, धागोले नै तुन्छु नि म ||
समाप्त
मदन न्यौपाने
चक्चकी-७,झापा
Tika Khadka
सम्पूर्ण अग्रज अनि मित्र हरुमा नमस्कार आज तपाई हरु सामु घायलको तरही मुसायर २९ को लागी मैले तयार पारेको गजल लियर आएको छु आशा छ तपाई हरुले स्पष्ट प्रतिक्रया दिनु हुने छ |
.तरही मुसायरा को सदा सफलताको कामना गर्दछु
लय >४+४+४+४=१६ (मिसरा > हाँस्दा तिमी सँगै हाँस्छु रुँदा सँगै रुन्छु नि म !)
बेसाहारा जिन्दगीमा तिम्रै साथ चुन्छु नि म ,
तिमी सँगै पिरतिको सुन्दर स्वप्ना बुन्छु नि म !
कति आए जिन्दगीमा मायाँ गर्छु भन्नेहरु ,
तर तिम्रै चोखो मायाँ मुटु माँझ उन्छु नि म !
तिम्रा दु:ख कस्ट पनि मेरा आफ्नै सम्झिएर ,
हाँस्दा तिमी सँगै हाँस्छु रुँदा सँगै रुन्छु नि म !
मिलिजुली सँगै गरौं कठिन भए जिबन यात्रा ,
घुम्ती पर्दा जंघार तर्दा तिमी सँगै हुन्छु नि म !
खस्न लागे आँखा बाट मोति सरि तिम्रा आँसु ,
अधरमा हाँसो भरि तिम्रा आँसु थुन्छु नि म !
सुभ पल र कुसल मंगल रहोस तपाई हरुको |
Sabitra Luitel
सम्पूर्ण अग्रज तथा सर्जकहरुमा मेरो हार्दिक नमस्कार ... यस घायल तरहिको मुसायारामा यो मेरो पहिलो प्रयाश ...त्रुटिहरु औलाई दिनु भएमा आभारी हुने छु ,साथै जानी नजानी कुनै भुल भए क्षेमा प्रार्थी छु ,धन्यबाद |
तिमी मेरो भगवान तिम्रै पाउ छुन्छु नि म
संधै भरी गर्दै पूजा वरीपरी घुम्छु नि म !!
माया गर्छु तिमीलाई छोपी राख्छु परेलीमै
बन्द हुँदा आँखा मेरो तिम्रै तस्बिर चुम्छु नि म !!
नदुखाउ चित्त तिमी बिछोडमा टाडा हुँदा
दु:ख पर्दा साहारा म तिमी संगै हुन्छु नि म !!
दु:ख सुख साथ दिन्छु बाँचुन्जेली तिमीलाई
तिमी हाँस्दा संगै हाँस्छु रुदा संगै रुन्छु नि म !!
प्रतिक्ष्यामा बस तिमी छिट्टै फर्की आउँदै छु म
हाम्रा सारा दु:ख हरु खुशीले नै धुन्छु नि म !!
साबित्रा लुइँटेल घिमिरे
बिर्तामोड -झापा
हाल- इजराइल
बैरागी माईलो बिवश
घायलको तरही मुसयरा 29 मा मेरो गजल!
दुःख सुख सधै भरी तिम्रै साथ हुन्छु नी म।।
आशाका ति त्यान्द्राहरु फाटे देखी तुन्छु नी म।।
यौटै रथ यौटै पथ सहयात्री बनाउँन,
हजारौमा यौटी परी तिमीलाई चुन्छु नी म।।
धरो धर्म तिमी बिना बाँच्न गाह्रो एकै पल,
हरपल तिम्रै बारे कुराहरु गुन्छु नी म।।
झिनो तिम्रो आशाहरु संगालेर मनै भरी,
हाँस्दा तिमी सँगै हास्छु रुँदा सँगै रुन्छु नी म।।
जहाँ जान्छु त्यही देख्दा तिम्रै रुप तिम्रै छाँया,
तड्पीएर एकान्तमा प्रतिबिम्ब छुन्छु नी म।।
बर्षौ भयो सँजाएको हृदयमा तिमीलाई,
जूनी भरी फसाउन माया जाल बुन्छु नी म।।
आऊ अब सँगै गरौँ जीन्दगीका यात्राहरु,
दिन रात शुबः साम तिम्रै कुरा सुन्छु नी म।।
गुल्मी हाडहाडे