कोपीला मै ओइलिएर
कोपीला मै ओइलिएर झरे भनी नरुनु है।।
समयले अन्तै बसाई सरे भनी नरुनु है।।
दुई दिने जीन्दगी हो हाँस्नु पर्छ पीडामा नी,
मैले यता आफ्नै खुशी गरे भनी नरुनु है।।
हाँसी खुशी बाँच्नु तिमी कतै एक्लै भूमरीमा,
सुख खोज्दै तिम्रै लागी परे भनी नरुनु है।।
आफ्नै इच्छा चाहनाको बिजहरु हत्या गरी,
रमाए रै तिम्रै झोली भरे भनी नरुनु है।।
यम राज आएर नै टप्प टिपी थाहै नदिई,
बाँचा गर अकालैमा मरे भनी नरुनु है।।
आर्यघात झार्दा फेरि मलामीले रुदैँ रुदैँ,
आफन्तले टिल चामल छरे भनी नरुनु है।।

गुल्मी हाडहाडे