गज़ज:-यो सालको 'चासोक तङ्नाम' मनाउन आउनु है
सरोज लिम्बू
यो सालको 'चासोक तङ्नाम' मनाउन आउनु है
'केलाङ' र धाननाचमा, रमाउन आउनु है !
अन्न पाक्यो बारी भरि, खेतमा धान लहलह
नयाँ बालि माङहिममा, चढाउन आउनु है !
साकेलामा सिली गाउदै, उठी सक्यो खम्बुवान
सुनुवार र याक्खालाई, जगाउन आउनु है !
चार किरात दाजु भाई, भुमिपुत्र यो भूमिको
आफ्नो मौलिक परम्परा, बचाउन आउनु है !
संस्कृति र भेष भुषा, भाषा हाम्रो पहिचान
संबैधानिक ब्यबस्थामा, अटाउन आउनु है !
यो सालको 'चासोक तङ्नाम' मनाउन आउनु है
'केलाङ' र धाननाचमा, रमाउन आउनु है !
'चासोक तङ्नाम ५०७१' को शुभकामना सहित
सरोज लिम्बू
१४ - १२ - २०११
दुबई
