"जिन्दगीका पर्खालहरु"

- जिन्दगीका पर्खालहरु चर्किएर ढली रहेछ|
- लक्ष्यहरु नि:शेष भै आत्मा गली रहेछ|
- भुल रै'छ जिन्दगीमा हजार बाटो रोज्नु
- अर्को गल्ति बैगुनीलाई अपनाउन खोज्नु|
- चेतनाका विजहरु राँको भित्र जली रहेछ
- लक्ष्यहरु नि:शेष भै आत्मा गली रहेछ|
- भोगे पछी थाहा हुन्छ प्रशव व्यथाहरु
- निर्मोहिलाई लाग्दो रै'छ बनावटी कथाहरु|
- जिन्दगी यो किन आज कायर बनी रहेछ
- लक्ष्यहरु नि:शेष भै आत्मा गली रहेछ|
- जिन्दगीका पर्खालहरु चर्किएर ढली रहेछ|
- लक्ष्यहरु नि:शेष भै आत्मा गली रहेछ|
सुवास संगम राई
लोखिम,सोलु


