यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

पार्टी बिक्रिमा छ (ब्यङ्ग्यबन्ध )


प्रेम ओली 
राणाहरुले मानीसहरु बस्ने पार्टी पौवा बनाए। त्यही पौवा पार्टिमा बसेर अग्रजले हाम्रो पार्टी बनाए।जाहानिया शासन देखी शाहनिया शासनसम्म खरो र दरो पाराले उत्रेको यो पार्टी, अहिले लुत्रे झुत्रे भए पनि ब्रान्ड पुरानो छ,भुत्रे नठान्नुस।हुने खानेलाई लुटे पनि,दुइचार जनलाई कुटे पनि ,अहिलेको जस्तो जनतालाई निचुर्ने ,भकुर्ने लुते थिएन।त्यो बेला हाम्रो पार्टिले सरकार बनाए पनि,पदको लागि गह्नाए पनि, नाताबाद,क्रिपाबाद,भ्रष्टचारबाद,कुनै बाद्को ब सम्म जनाएको थिएन। त्यो बेला मन्त्री बने पछी ख्याउटे ख्याउटेनै हुन्थे। च्याउटे च्याउटे हुन्थे।माउते माउते नै हुन्थे,अहिले जस्तो कमाउते हुँदैनथे ।ख्याउटे छेरेर भुडे भ्यागुते हुने,साउनमा हलो जोती टुटेको गोरु भदौमा हरियो परियो खाएर चिल्लो चपिलो भए जस्तो हुँदैनथे।अहिलेको जस्तो ,लुरे पनि सरकार गए पछी भुरे हुने बैज्ञानीक कुरोको चुरो हाम्रो पार्टी थाहा नै थिएन। तपाईंलाई के ढाट्नु, कुनै जमनामा ठुलै हाइ फाइ गरेको हाम्रो पार्टिलाई जनताले बाइ बाइ गरे पछी कतीले नेटो काटे ,कतिले पार्टी साटे। कतीले माया मारे। बचेँकाले गुट,उपगुट बनाएर बज्याहरु आँफै चुनाबै हारे।पार्टिलाई पनि नाशै पारे। कसैले पार्टिमा राम्रो पद नपाएर छाडेको स्वाङ पारे। पछी अर्को पार्टी खोलेर माउ पार्टिको ठुलै भ्वाङ पारे।सट्टा बाजीमा ठुलै रकम झ्वाम पारे। हुन त थोत्रिएको, झुत्रिएको ,सेलाएको पार्टी भए पनि,भेल आएको पार्टिलाई एक जना बाम नेताले श्रीपेछ खोलेर मैदानमा उत्रिन चर्को निम्तो दिए झै ,हाम्रो पार्टी पनि, लाज पचाएर,देश कै नबचाएका नेताहरुलाई, कट्टु खोलेर मैदान आउन अर्को निम्तो दिन्छ। त्यस पछी थाहा पाइन्छ पनि कस्ले आफ्नो बाउको बिहे देख्छ।जनताले कस्को हाड र ढाड सेक्छ।
अहिले बार्ह सत्ताइस देखी चार सय बीस,दुइ नम्बरी देखी दश नम्बरीसम्मका नेता भएका पर्टिसँग जुध्ने फन्दामा पर्नु भन्दा यसलाई बेच्नु नै बेस।यो नयाँ परमपराको थालनी हाम्रो पार्टी गरि दिएको काइदाले अन्य पर्टिलाई झन सजिलो र फाईदै फाईदा हुने । हुन त अहिले अघोसित रुपमा कती पर्टी बेचिएकै जस्तै बाहय लगानीमा चली राखेका छन। अब आयो पार्टी बेच्न मिल्ने कि नमिल्ने कुरो। बिधालय देखी माहा बिधालयसम्म,क्लिनिक देखी अस्पातलसम्म, भट्टी देखी छोट्टीसम्म किनबेच हुने ठाउमा पार्टी बेच्नु कुन ठुलो महाभारत!गाई काटे पाप लाग्ला,तपाइलाई ढाटे बात लाग्ला,जनता जनाधर नभए पनि पुरानो ब्रान्डको पार्टी हो।फेरी भन्नु होल भुत्लो नझार्ने,एउटा कन्सुत्लो नमार्ने पार्टिको के काम? त्यो त देख्नु भएकै छ नि किरो नमार्ने कती छन पार्टी यहाँ तनाम। कुरो बताइ हालु। बुढो पार्टी भए पनि,यो बाख्राको पाठी हो। हरीयो घासपातको बिटो हालेर हरीमुस्ले बोकाहरु यसमा हुल्यो भने छिटो छिटो हलक्क बढेर ढलक ढलक हिंड्न थाल्छ। ठुला ठुला पर्टीसँग भिड्न थाल्छ। चुनावमा खुकुरी तरवाल बोकी अरु पार्टिका टाउका गिड्न थाल्छ। जाताकतै तपाईंकै मुखाँ खिर । जित र सिट तपाईंकै हातमा परे पछी तपाईं केको पिर। धरोधर्म,हेर्दाइ हेर्दै तपाईं मन्त्री बन्न पाउनुहुन्छ। दुइचार दाम पनि कमाउनु हुन्छ।मसाज देखी डिस्कोसम्म रमाउनु हुन्छ।डेरा छोडि राम्रै घर ,गाडी जमाउनु हुन्छ। यो भन्दा सन्तोषी मान्छे अरु के चाहियो।
अब रहो कसरी पार्टी किन्ने कुरो। छ भने क्यासमा हुन्छ। छैन भने बाउन्स नहुने चेकमा पनि हुन्छ। त्यो पनि छैन भने नेपाल सरकारले नमाने पनि,कानुनले अबैद्द ठाने पनि ,सबैले स्वोयम सिद्द तथ्य जानेको कुरा,बेस्कन चन्दा उठाउनुस। चन्दा नदिनेलाई डन्डा उठाउनुस। बाटे ब्यापारी देखी गाठे ब्यापारीहरुलाई भाटे अपहरनको फन्दा उठाउनुस। यो पनि सकिदैन भने यसो पार्टीतिर छिर्नु होला, उधारै भयो अहिलेलाई ,पछी किस्ता बन्दिमा तिर्नु होला। जय काउकुती।

Posted by Unknown on 6:33 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for पार्टी बिक्रिमा छ (ब्यङ्ग्यबन्ध )

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011