यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

गजल:-पीडा थप्ने दिन भन्दा अँधेरी त्यो रात प्यारो


पीडा थप्ने दिन भन्दा अँधेरी त्यो रात प्यारो
दुई मनको सामिप्यले दिएको त्यो मात प्यारो।
*
भविस्यको खुशी खोज्ने बहनामा तड्पी हिँडे
रेगिस्थानको सुख भन्दा प्रेयसिको साथ प्यारो।
*
धेरै भेटें चौबाटोमा हाइ हेल्लो गर्ने मान्छे
स्वार्थ लुट्ने हाँसो भन्दा आसुँ पुछ्ने हात प्यारो।
*
भुल्ने छैन यो जुनिमा लेक बेशी संगै धा'को
छुट्ने बेला चिनो दिँदै गरेका ति बात प्यारो। 
*
खाने अनी चपाउने भिन्नै  दाँत देखाउँछन
पिठ पारी छुरा रोप्ने मायाँ  भन्दा घात प्यारो ।
*
गोविन्द भाबुक
रचना ; १९ कार्तिक २०६८   

Posted by Unknown on 6:19 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for गजल:-पीडा थप्ने दिन भन्दा अँधेरी त्यो रात प्यारो

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011