लघुकथा: काम
लिम्बु खगेन्द्र
कम्पनीको मालिक बैठक सकिएपछि बाहिर निस्किँदा उसको नजर अफिसको अगाडिको फोहोर नालीमा पुग्यो l उसले झाडु लिएर आफैं सफा गर्न लागे l त्यो देखेर क्यु. सी. डिपार्ट सुपरभाईजरले भने -
'बोस ! क्लिनिंग बिभागमा त्यत्रा धेरै कामदार छन् l यो सफा गर्ने त उनीहरुको काम हो नि l म बोलाईदिन्छु ' उ एति भनेर क्लिनर खोज्न हिंडे l
तुरुन्तै क्लिनर झाडु लिएर उपस्थित भए l
'बोस ! छोड्दिनुस ! तपाईंलाई यस्तो काम गर्न शोभा दिंदैन l यो त हामी क्लिनर्सको काम, म गरिहाल्छु नि !'
' जसले गरे पनि सफा हुनुसंग मात्र सरोकार छ l मेरो होइन, कामको शोभा चाहिन्छ l पहिले सिनेमाहलको टोइलेट सफा गर्थें l यी हेर ! मैले गर्दा पनि सफा नै त भयो नि !काम केवल काम हो, अरु होइन !'

