"मंसिर लाग्यो"

नौलो दुलही भित्र्याएर बस्ने रहर पलायो।
हातसमाई रमाई रमाई हिड्दा सबका जोडी,
मलाई पनी माया जालमा फस्ने रहर पलायो।
कुमजोडी मेलापात अनी गर्दै हाट बजार,
उनकै दिलमा जूनीभरलाई पस्ने रहर पलायो।
पहिलो भेट मै लजाएरै भुटूक्कै पो पारिन्,
लाग्छ मेहेन्दी हातै भरी घस्ने रहर पलायो।
कुरी कुरी मनभा रैछ कनीकुथी बल्दै थिइन्,
उफ्! यौवन उनको देखेर डस्ने रहर पलायो।
गुल्मी हाडहाडे
