गजल :-संसार अचेल जाली हुदैछ
अर्जुन निराजन पौडेल
संसार अचेल जाली हुदैछ
मानबता बेचेर खाली हुदैछ
जो मान्छे फूलको दुश्मन थियो
सुन्छु उ बगैचाको माली हुदैछ
आउदैछ रे सपना बेच्ने दलाल
स्वागतमा अछेता र थाली हुदैछ
लाग्छ भयंकर युद्ध मच्चिदै छ
युद्ध कै पक्षमा ताली हुदैछ
संसार अचेल जाली हुदैछ
मानबता बेचेर खाली हुदैछ
जो मान्छे फूलको दुश्मन थियो
सुन्छु उ बगैचाको माली हुदैछ
आउदैछ रे सपना बेच्ने दलाल
स्वागतमा अछेता र थाली हुदैछ
लाग्छ भयंकर युद्ध मच्चिदै छ
युद्ध कै पक्षमा ताली हुदैछ
