गीत:-दुनियाको भन्दा बेग्लै
दुनियाको भन्दा बेग्लै माया गर्छौ तिमी
जती हुन्छ मन्मा ब्यथा सबै हर्छौ तिमी
जिन्दगीलाइ डोहोर्याउने दिब्य ज्योती बनी
मन मुटु माझ बस्छौ मेरो हजुर भनी
मेरो दुखी जिन्दगीमा खुसी छर्छौ तिमी
जती हुन्छ मन्मा ब्यथा सबै हर्छौ तिमी
रुँदा झुक्ने काख दिन्छौ लड्दा थाम्ने हात
जिन्दगीमा कसले पाँउछ यती मिठो साथ
भगवान भन्दा पनि माथी पर्छौ तिमी
जती हुन्छ मन्मा ब्यथा सबै हर्छौ तिमी
दुनियाको भन्दा बेग्लै माया गर्छौ तिमी
जती हुन्छ मन्मा ब्यथा सबै हर्छौ तिमी
कुमार श्रेष्ठ “यात्री”
रामेछाप,कठजोर-६
हाल साउदी अरब रियाद
