झर्याम झुरुम चुरा फुट्दा, दैव पनि खुशी भयो । मेरो सानो संसार लुट्दा, दैव पनि खुशी भयो । शरिर भरी सेतै पहिरन, सिरमा शिन्दुर पुछिएको, अलक्षिना भन्दै कुट्दा, दैव पनि खुशी भयो ।
मेरो देउता उनै थिए, मात्र एउटा उनै थिए, अजम्बरी त्यो साथ छुट्दा, दैव पनि खुशी भयो ।
भाग्यको लिला हो या, प्रजुनिको पाप हो, मेरो ओठको हाँसो चुड्दा, दैव पनि खुशी भयो ।
वोक्सि भन्ने आरोप लगाई म एउटी अवलालाई, खेद्न पापि समाज जुट्दा, दैव पनि खुशी भयो ।
कालिकास्थान अछाम हाल- दृष्टि वाटिका साहित्य समाज मुम्बै
Posted by Bikash Shah (Ghayal)
on 9:06 PM.
Filed under
गज़ल
.
You can follow any responses to this entry through the RSS 2.0