यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

सपना कि साचो ? (लघु कथा)

रुबेन पुन 



म आकाशमा अनौठो गरी उडिरहेको थिए ।अचानक मेरो कानमा एउटा अनौथो स्वरको मान्छेकै भाषामा कम्पन इको युक्त रि-मेक गरेको जस्तो आवाज ठोकियो ।
ए ! तल धर्तिमा हेर त !
हेर्न हेर ! हेर्न हेर !! हेर्न हेर !!! हेर्न हेर !!!!

मेरो दृष्‍टि धर्तिमा पर्‍यो।
त्यहा एउटा नरिवल बाँदरहरुले खोसा खोस गर्दै थिए । ति बाँदरहरु अनौठो खालका थिए । कोही डर लाग्दा घना जँगलका ढेडु जस्ता थिए । कोही घरमा मान्छेले पालेर राखेका जस्ता । कोही लंगुरे , रातो , सेतो , कालो थरिथरिका ।
मैले हेर्दा हेर्दै ति बाँदरहरुले त्यो नरिवल खोसा खोस गर्दै मुखले हातका नँग्राले चिठोर्ने र कोपर्ने गर्दा गर्दै यस्तो हवीगत बनाए पुरै झिस्ल्यान्टै । चिलले कुखुरा भुत्ल्याए जस्तै । बिरलाले मुसा खेलाए जस्तै ।
मैले कथा सुनेको थिए "बाँदरको हातमा नरिवल" तर हकिकत देखेको थिएन आज देखे । ठुइक्क बाँदरहरु भन्दै थिए झसँग ब्युंझेछु । ए ! म त सपनामा पो रहेछु । अनी सोचे होइन यो के सपना हो ? के द्रिश्यान्त हो ?
आत्म निर्णय भयो , यो पक्कै नरिवल मेरो देश नेपाल हो र ति बाँदरहरु तिनै राजनीतिक नेताहरु हुन ।

समाप्त

२२\०७\२०११

Posted by Unknown on 10:49 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for सपना कि साचो ? (लघु कथा)

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011