हजुरको हाल थाहा पाउँ
आनन्द श्रेष्ठ
कस्तो होला ?! हजुरको हाल थाहा पाउँ
मुटुभित्र ज्वारभाटाको, छाल थाहा पाउँ
अघि पछि देख्छु सबै, यात्रा छर्लङ्ग यो
आफन्तले बिच्छ्याएको,जाल थाहा पाउँ
टेक्छु जहाँ आफ्नै देख्छु,आँखा चिम्ली हिड्छु
विश्वासमा नदेखिने नाल थाहा पाउँ
अश्रुधारा बगिदिन्छ, जिउ भिजाउँछ
कहाँ होला मनै छोप्ने पाल थाहा पाउँ
मायालुको आशमा बस्दा बित्यो सारा जीवन
मायाँजालमा डुबाउने ताल थाहा पाउँ
खोजी हिड्दा भेटिया'थ्यो माया बल्ल बल्ल
भागी जाने जिन्दगीको चाल थाहा पाउँ ।।
( यो गजल मेरो गजल लेखनको क्रमाङ्कमा ६१औँ गजल हो । दलबीर सिंह घायल जीले ३ वटा गजल माग्नु भएको थियो । त्यसमध्येको एउटा गजल हो यो । यो गजल प्रकाशन नभएकोले वहाँसँगको छलफलमा मैले यो गजल मेरो गजल सञ्चयनमा समावेश गर्न अनुमति मागेको थिएँ र वहाँले दिनु भएको पनि हो तर कसरी - कसरी यो गजल छुटेछ । )
रचना मिति : २०६७-११-१९,२३:२६ बजे