शिलाको अंतर्कथा र शिलाजीत -३
मेरो सारा जिन्दगीको कथा तिमीलाई सुनाएँ तर तिमीले कुनै कुरा भनिनौ आखिर एकरात तिमीलाइ कुनै
पुरुषसंग अंकमालगर्दै घरको नजिक जब देखें मेरो मन जल्यो त्यस रात तिमीलाई भन्नु
उचित पनि थिएन , मेरो संसारको अर्को कथा सुरु भएको अनुभूति पाएँ त्यस रात मैले एक
कथा लेख्ने धेरै प्रयास गरें तिमीले आफ्नो यथार्थ सुरबेसुर तालमा सुनाएकी थियौ केवल
बेहोशीमाआज ७ बर्ष पुगेछ पनि तिमीसंग छुटेको हो शिला म तिम्रा कथा एकेक
गरी लेख्दै गएको थिएँके तपाई अझै मलाई बिस्वास गर्नुहुन्छ ?´´
´´कसरी गरुं शिला तिमी सत्य शिला भएको भए अबीर हुन्थ्यो तर आज दूषित नदीको
किनारामा पत्थर बनेर बसेकीलाइ कसले हेर्छ ? हो शिला तिमी नारी जातिकी कलंक बनेकीछौ
मेरो जीवनको सहयात्रामा भएकोले मात्र तिमीलाई दूषितकिनारा बाट मंदिरको सामू ल्याउन
पुगेको हुं मलाई थाहा छ तिम्रो हरेक लीला चरित्र तर के गर्नु ?मेरा असंख्य पाठकले
तिम्रो वास्ताबिक कथा मन पराएकोले म तिम्रो सामू आएको हुं भन केही भन्नु छ ?´´
महाशय मलाई माफ़ गर्नुस जब अनूप राजा को जिन्दगीमा आयेकी थिएँ संसार धनमा
पाएकी थिएँ जब म ख़ुशी संतान सुखमा पुगें मलाई न संतान भए न त मेरो भावना बुझ्ने
पुरुष नै मिल्यो आखिर हजुरको आगमन भयो तपाईको कथा संसारमा म हराएं जे खोजेकी थिएँ
एक एक चाहनाले मेरो जीवनलाइ बंधनमा पुरायो अटेरी हुदै गएँ मेरो नारी मनको भित्री
सतहमा तपाई कथाकार भएर पनि पुग्न सक्नु भएन अनि एक पुरुष जसले
मेरो गंभीर भित्री भावना बुझ्न सकोस ,´´य यसो पो हो शिला ,त्यसपछि के भयो त ?´´
के हुनु उसको जीवनका गंभीर भावना सुने उसलाई बुझें उसको जीवन पनि मेरो भन्दा
दर्दले भरिएको थियो जब हामी एक आपसमा आफ्नो परिचय लेनदेन गर्यों अचानक एकाकार जीवन भएको अनुभूति भएको महसुश भयो उ एक छीन पनि मेरो
सामुन्ने नभए पानी बिनाको माछा जस्तै भएको हालत हुन्थ्यो खै अचानक म दोजिया भएछु
मेरो जीवनको चाहना केही पूरा भए जस्तो अनुभूति गरें जब यो कुरा उसलाई सुनाएँ उ
घाईते बाघ जस्तो हिंसक पो देखियो हामीले आफ्नो अड़ान नछोड़े पछि म उसको सम्पतिमा
कानूनी हक़ दाबी गरी उसको संतानलाई हुर्काएंउसले कति पटक केही खुनी हत्यारा लगाईं मलाई मार्ने षड़यंत्र गरेको पनि थियो
आखिर प्रहरी प्रसाशनले तुरुन्त जन्मकैदको सबुती साथ जेल चलान गर्यो आज यो बालकलाइ मेरै नामबाट नागरिकता दिलायेकी छु के गर्नु
बाटो भूलेपछि गंतब्य बाहिर पनि पुगिदो रहेछ हो चेतन बाबूनारीको बेदनाले साहित्यकारको भित्रीसतह दुख्छ र लेख्छ्न तर यति हुदा
हुदै पनि नारीको कुटिल हाँसोमा किन रोमलिंछन पुरुषमानिस ?
नारी त्यो खतराको सूचक र भावनाको दीप पनि हुन तर नारीको संसार अगम्य र रहस्यपूर्ण
छ हो शिला तिमीले जे सुनायौ आज तिम्रो मनकेही निर्मल भएको छ हो तिम्रो यो बालक
शिलाको अमरकथाको नायक बनेर निस्कने छ तिमी बिस्वास गर शिला ´´हो र चेतन बाबू के यो शिलाको जीवनले आफ्नो बिगतलाई धुन सक्छे ?के
मेरो कसूर माफ़ गर्नु हुन्छ हजुरले ? के मेरो बाबुले मेरो कालो बिगतलाई निर्मल
पार्नेछ ?किन डराएकी शिला ? तिमी नारी हौ र त नदी जस्ती पबित्र हुन्छौ
हेर तिमीले अब यो शिलाजीतको जीवनमा एक आमा मात्र नभएर एक शिक्षिका बनेर महान बनाउनु
यहि काम तिम्रो हो जसले चक्रवर्ती जीवन पाउने छक्रमश
इन्द्रेणी शर्मा ´´जलद´´
प्रगतिनगर, नवलपुर नवलपरासी
हाल.सन्तोस ,लिस्बोन पोर्तुगल
१८-१०-२०११ ///११.५०///

