"म जीवनको खेल संग, हारेको मान्छे "
म जीवनको खेल संग, हारेको मान्छे !
मलाई जिउदै भाग्यले, मारेको मान्छे !
मलाई बाध्यता ले औला समातेर,
सात समुन्द्र पारी, तारेको मान्छे !
म सयौ चोट खप्न नसकि धर-धरी,
दोबाटो मै, आँशु झारेको मान्छे !
मलाई गोरु सम्झेर गोरे हरु ले,
बाझो खेत मा नारेको मान्छे !
सुख मा त सबैले बिर्सिए मलाई,
दुःख पर्दा चाहि गुहारेको मान्छे !
कहिले वल्लो मुटु त कहिले पल्लो,
बिवारिसे झै डेरा सारेको मान्छे !
कोमल मन मेरो नौनी सम्झेर सबैले,
तातो कराईमा घ्युझै खारेको मान्छे !
ठुला सपना देखाई, रुख चढ़ाई,
फेद ढाली, भुइमा झारेको मान्छे !
जीवन र मृत्यु को दोशाध मा,
जिउनलाइ बाध्य पारेको मान्छे !
भोली-भोली भन्दै ख़ुशीले पनी,
सधै झुटा आशाले टारेको मान्छे !
मलाई इश्वरले पनी नगण्य सम्झी,
ध्यान अन्तै मोड़ी नकारेको मान्छे !
थोरै माया माग्दा उनीसंग मैले,
नाना-भाति भनी हकारेको मान्छे !
मलाई जिंदगी ले बिदा दिएर,
अंत: मृत्युले स्विकारेको मान्छे !
मलाई जिउदै भाग्यले, मारेको मान्छे !
म जीवनको खेल संग, हारेको मान्छे !
!! जेठा दाइ !!