मुक्तकहरू
Krrish Magar |
खुशी सबै लुटिलग्यौ रित्तो भएँ म त अचेल,
सम्बेगात्मक चोट खेप्ने भित्तो भएँ म त अचेल ।
आँशुहरू पक्का रैछ हासो खोजौँ कसोगरी,
बसन्तमा खडेरीको धितो भएँ म त अचेल ।।
२}
बाल्ने कोशिश नगर्नु है जल्न म त छोडिसके,
किनाराको मुढाजस्तै ढल्न म त छोडिसके ।
जति सक्छौ बरू गालि हेर,
तर पनि गल्न म त छोडिसके ।।
३}
कत्ति गर्नु भन अब च्यात्तिएका पालका कुरा,
उदेक लाग्छ फर्की आउने फेरी उही सालका कुरा ।
नियतिको भारलाई कसोगरी बयान गरूँ,
समय बद्लाव सगैँ पछ्याईदिने छालका कुरा ।।