यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

"म त दुख पाएको मान्छे "कबिता


पित्तललाई ढाटेर कहिले सुन भनिन
जे देखे त्यही भने
सेतोलाई कालो भन्न जानिन
आफ्नै पिढिको खाल्डो पूर्न
कहिल्यै आगन खनिन
म त आफ्नै आफन्तको नजरबाट गिरेको मान्छे
म दु:ख पाएर लाहुर छिरेको मान्छे ||

दु:ख मात्र मेरो भागमा
सुख खोज्दै भौतारिए
कहिले कोशी पुगे
कहिले गण्डकी पुगे
न त घाऊ निको भयो,
न त मनले राहत पायो
आमाको जडेको फरियामा
सम्झनाहरु पोको पार्दै
म त बिदेश धाएको मान्छे
म त दु:ख पाएको मान्छे ||

म साउने झरि सँगै दर्किए धेरै पल्ट
बिबशता सँगै चर्किए धेरै पल्ट
हातभरी ठेला उठाउदै
प्रक्रिती सँग जुधे धेरै पल्ट
तोते बोल्ने छोरोको
फाटेको कमिजमा रहर पोको पार्दै
म लाहुर धाएको मान्छे
म त दु:ख पाएको मान्छे ||

यता टाले उता ह्वाङ्ग
सपनाहरु सधैं उदाङ
बनिबुतो मेलापातमा भोकहरु मेट्दै
आफ्नै मुटु आँफै रेट्दै
ति बनपाखामा हरियाली लुकाएर आएको मान्छे
म त दु:ख पएको मान्छे ||
सुर्य बश्याल
कोहलपुर बाँके N.C.C.N प्रतिक्षालय
हाल -इजरायल फर्सभा

Posted by Bikash Shah (Ghayal) on 1:59 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for "म त दुख पाएको मान्छे "कबिता

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011