परदेशीलाई हुदो रैछ
प्रेम निशानी मगर
परदेशीलाई हुदो रैछ खाली चोट र पीडा
चाडपर्ब आउदा पनि पाइन घर बिदा
दसैँ र तिहार आउदा याद आउने घरको
भागी आउने कुरा भईन देश पर्यो अर्को
बन्धकीको घर खेत पनि साहुले नै लिदा
परदेशीलाई हुदो रैछ खाली चोट र पीडा
थालीमा नै सुकी जादा जमरा र रातो टिका
कति रोलिन् मेरी आमा बगाउदै आसु ढिका
मनको रहर मनै भित्रै बिना अर्थ सकिदा
परदेशीलाई हुदो रैछ खाली चोट र पीडा