हिमालभन्दा तराई राम्रो
आनन्द श्रेष्ठ
हिमालभन्दा तराई राम्रो भन्दै छाडेँ बास
आफ्नाभन्दा पराई राम्रो भन्दै छाडेँ बास
कति मात्र छोप्नु अझै मनको पीर व्यथा
चढाईभन्दा झराई राम्रो भन्दै छाडेँ बास
अधिकारको सिमा छैन पूरा कैले हुनु !
जित्नुभन्दा हराई राम्रो भन्दै छाडेँ बास
यौटै जुत्ता लाउँदा लाउँदै फोको पर्यो खुट्टा
बारम्बारको सराई राम्रो भन्दै छाडेँ बास
रामायणको पात्र फरक कथा उस्तै-उस्तै
कराईभन्दा गराई राम्रो भन्दै छाडेँ बास ।
२०६८-०६-३०,२१:१० बजे