यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

कसरी मनाऊँ म दशैं



-उमेश राई "घायल"
                               
सुन्तली लाई फरीया हाल्न नसकेर यो दशैंमा
दुख्न सम्म दील दुखेको छ दीले दाईको
नयॉ नेपालको सङ्घारमा आएको यो दशैंमा
छोरा छोरीलाई अघाउन्जेल एक छाक मासुभात
ख्वाउन नसक्ने चिन्ताले मन पोल्नु पोलेको छ करे काकाको
खै यो अभावको कुहिरो भित्र रुमलिएर
कसरी मनाउलान् दशैं?
अनि ठ्याक्कै आठ बर्ष बित्यो
पल्लो घरे फुपूको छोरा
हेर्दा आर्मी-पुलिस वा कुनै तालिम प्राप्त लडाकाझै देखिने समुहले
एकै छिन् भनेर बोलाई लगेका
अझ सम्म खुटखबर छैन
मर्यो कि जिउँदो छ?
बस् लापत्ताको सुचिमा उस्को नाम छ,
चॉडबॉडमा
बात्सल्य प्रेमको आगोले सल्किएको हृदयको राप
चाउरिएको गाला अनि रुदाँ-रुदाँ चैत जस्तै उजाड आँखा
कहिले आउला छोरा अनि उ सँगै फुपूको खुशी?
पिउदै कोक्याउने बर्तमान कसरी मनाउलान् दशै?
घर जग्गा बन्दकीमा राखेर दुई छोरा लाई
मलेसिया र अरब पठाकाथे गैराघरे साईलोले
दशैंको मूखमा समाचार आयो जेठोले
ईण्डोनेसिएन लाई ससुरो बनायो रे
कान्छो दुबाईको बेस्यालयमा पक्राउ प-यो रे
आफ्नै रगत धिक्कार्दै शीर निहुराउन बिबश छन्
यस्तो बेला कसरी मनाउलान् दशै?
निक्कै आउजाउ थियो तल्लो गॉउ नरेको बम्बैतिर
एड्स लागेर उ बितेको परारै हो
यसपाली त साना-साना कोपिलाहरु छोडेर
नरेको श्रीमती पनि बितिछन्
कठै ति संक्रमित चिचिला हरुले कसरी मनाउलान् दशै?
आफ्नो श्रीमानले सौता हालेर हेला गरेपछि
काखे बच्चा बोर्डसमा राखेर
कुवेत छिरेकी फुल कुमारी
मालिकको हवसको सिकार भै एयरपोर्टमा बेहोस उत्रिइन् रे
कॉडा जिन्दगी भोगेर
मर्नु न बॉच्नुको संघारमा कसरी मनाउलिन् दशै?
अनि सिङ्गो देश अल्झिएको छ अप्ठ्यारोमा
सम्बिधान बन्न नदिने महिसासुर
देश भत्काउने भस्मासुर
जाग्दा छन् रक्तबीज भएर मानवरुपी असुर
र गरीरहेछन् ताण्डवनृत्य राष्ट्रियतानै खतरामा पारेर
अनि यस्तो बेलामा कुन खुशिले मनाउ म दशैं??
क्र...म.....स........

Posted by Unknown on 10:36 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for कसरी मनाऊँ म दशैं

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011