:बर्तमानको सुस्केरा
हिजोको आफ्नो सारा दु:खलाई
बागमतीमा बगाएर आनन्दको
चुस्किमा टास्सिरहनुको मज्जा
बर्तमानलाई छैदै छैन
हिजोको आफ्नो औकातलाई
चसक्क बिर्सेंर मुखमा राम राम
बगलिमा छुरा धस्नुको ध ङ् ध न्ती सँग
मुस्कुराउने रहर बर्तमानको हुँदै हैन
।
बरु बर्तमानका रहरहरु
रिता भाडा बर्तनका आवाज भएर
पहाड मधेस गरिरहेछन
बरु बर्तमानका लक्ष्यहरु
धनी ,महाजनको चर्को ब्याजको
सापटी पैसा भएर
कोरिया,जापान्,खाडीतिर खर्किरहेछन
बर्तमान चिसिनु र तातिनुको
आधा जीवन बचेँर
हर्शको उकालोमा उक्लिरहन सकिरहेको छैन
बर्तमान कन्काइ,रतुवा,कोशिको
अश्रुधाराले आँखाबाट पोखाएर
आँफै नुहाउन सकिरहेको छैन।
बितिस्णा,बियोग बिस्म्रित्तिका
लठ्ठराहरुले कसीएर बर्तमान
ग्रामबेशिको बाझो खेत भएको छ
अरुको क्रोध्,डाह र लान्छनाले
बर्तमान गोलभेडा झै थिलथिलो छ।
बर्तमानको दौतरिको तारिफमा
गाउमा सकमबरिहरु छैनन
बर्तमानको बैसको पर्याय मा
शहरमा युमा हरु छैनन
ति पनि काँचो आप झै
गुलियो पस्न नपाउदै
बर्तमानको पछी लागेर
पराया भुमी रङाउदैछन
कोठि,होटलहरुमा थुकथुकाउदैछन।
बर्तमानको रङ्गिन सपनामा को दोशी छ?
बर्तमानको बाध्यता नबुझ्ने को बेहोशी छ?
बर्तमनले बैमनस्यका बिरुवहाँरु रोपेको छैन
बर्तमानले माटो चटक्क भुलेको छैन
बर्तमान ढुङ्गा कुट्ट्दै गरेको क्ष्रमहरुमा छ
बर्तमान बारी गो ड्दै गरेको पैतलामा छ
बर्तमान स्कुल जादै गरेको अनुहार मा छ।
तर एउटा सत्य लुकाएर लुकिन्न
एउटा सत्य छोपेर छोपिन्न
पैसा मात्रको सोचले अन्धो बनाउछ
बर्तमान हराए भबिस्य कस्ले सजाउछ?
त्यसैले बर्तमान माटोको हुनुपर्छ
बर्तमान नमर्ने हुनुपर्छ
तबमात्र बर्तमान बर्तमान हुन्छ।
अस्तु:
बिबेक दुलाल छेत्री "दमक"
वास्तविक नाम्:भानु भक्त दुलाल
दमक्,झापा
हाल्:अबुधाबि,यु य यि