उसले बोल्दा थाहा भयो
गज़ल: नवराज घिमिरे
उ आएको रहेछ, उसले बोल्दा थाहा भयो
म मरेको रहेछु, मलाई पोल्दा थाहा भयो
चुपचाप भएको, लाग्दथ्यो कोही छैन यहाँ
लौ भएछ धेरैनै, कहाँनी खोल्दा थाहा भयो
सबै भन्थे सुनिन्, सहारा हैन ज्यान मारा
हो रहेछ मुटुमा, तेजाव घोल्दा थाहा भयो
म बाँचेको रहेछु, हाँसेको रैछु माया पाई
म मर्दैछु उसले, दुस्मनि मोल्दा थाहा भयो