"मटु भन्दै तिमी "
मटु भन्दै तिमी फेरी अन्तै पत्र लेख्न थालेछौ
बिश्वास घात गरी नजर अन्तै फेक्न थालेछौ
मुटु तिमीलाई सुम्पीसके केहीछैन साथ अब
लोभी नजर हजुरको गाउशहर देख्न थालेछौ
जिवन सँघारमा चढ्ने डाली भन्थ्यौ मलाई
बच्चन फेरी छिट्टै कतै पाइला टेक्न थालेछौ
दोबाटोमा भेट हँुदा छड्के नजर तर्काउदै झन
बर्षादीको घुम्टो ओड्दै भावहरु छेक्न थालेछौ
जता जता पारीलो घाम त्यतै त्यतै बास तिम्रो
तिम्रोनै त यो मुटु भनी दुनियाँमा सेक्न थालेछौ
मटु भन्दै तिमी फेरी अन्तै पत्र लेख्न थालेछौ
बिश्वास घात गरी नजर अन्तै फेक्न थालेछौ
"दिलिपकुमार मल्ल "(प्रिन्स)