यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

भाईटिकामा मेरो चेली



भाईटिकामा मेरो चेली नहेर्नु है बाटो ।
यस्पालिनी टेक्न देन दलानको माटो ।।

झिलिमिली बस्ती होला बारीभरी फुल ।
भात्किएछ दिदी मेरो घर आउने पुल ।।
मेरो निधार खालीहुँदा दुख्छ देब्रे पाटो ।
गरीबिले चेप्दा दिदी भयो हाम्रो फाटो ।।

सप्तरंगी टिका अनी सेल रोटी सम्झे ।
परदेशको जन्जिरमा योपालिनी अल्झे ।।
मखमलिको माला उन्दै नहेर्नु है बाटो ।
यस्पालिनी टेक्न देन आगनिको माटो ।।

यस्तै भईगो दिदी घर छिर्न सकिन म ।
आफ्नो छुट्टी कट्टाहुँदा फिर्न सकिन म ।।
हाँसि खुसी मान्नु चाड दु:खीहुनु साटो ।
आँशुखसाई साझ बिहान नहेर्नु है बाटो ।।

भाईटिकामा मेरो चेली नहेर्नु है बाटो ।
यस्पालिनी टेक्न देन दलानको माटो ।।

झुत्रेजेठा
हाल- यु ए ई
20-Oct-2011

Posted by Bikash Shah (Ghayal) on 11:09 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for भाईटिकामा मेरो चेली

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011