के दशैं भन्नु रिणमा लौन गालेर गयो नि
के दशैं भन्नु रिणमा लौन गालेर गयो नि
निभेको बत्ति पिडाको फेरि बालेर गयो नि
हाँसे'नि सबै म भने झनै दुख्दै छु हजुर
बर्सौ नै घोच्ने मुटुमै झिर हालेर गयो नि
कमाई धन ठाटेको मैले स्वप्नाको महल
का'हुन्थ्यो पूरा एले त झनै ढालेर गयो नि
लाला र बाला रुदै छन् कठै दुखी छ जहान
दैबले दु:ख दरिद्री माथी फालेर गयो नि
पोहोर पनि दुखेरै बित्यो परार रोएर
यो साल हास्ने ति सारा ईच्छा पालेर गयो नि
स्याङ्जाली रमेश
मरुभुमीको छाती बाट