गजल :खाली हात आयौं हामी खाली हातै जान्छौं भोली
खाली हात आयौं हामी खाली हातै जान्छौं भोली
बाँचुन्जेल खुशी रहौं मरी के पो लान्छौं भोली
जालझेल भ्रष्टचार गरी के नै थुपार्नु छ
मर्नेबेला त्यो सबैको पश्चाताप मान्छौं भोली
मानिस हौं मान्छे जस्तै सुधारऔं ति बानीलाई
नसुधारे त्यै बानीले नर्कतिर तान्छौं भोली
समाजमा राम्रो काम आजैबाट गर्नु पर्छ
बैंस ढल्दै गएपछी झनै हरेस् खान्छौं भोली
सम्झौं सँधै पुर्खाको त्यो ईज्जत र नामलाई
पुर्खाको झैं काम गरे भाग्यमानी ठान्छौं भोली
दलबीर सिंह बराइली 'घायल'
गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधबी,युएई
14/09/2011
