'घायलको तरही मुसयारा' पुन: संचालन गर्नु ठिक होला कि नहोला ?

'घायलको तरही मुसायरा' कुनै बेला यहाँहरु बीच निक्कै लोकप्रिय थियो ! बिबिध कारणबस मैले त्यसलाई निरन्तरता दिन सकिन ! ३८ सौं भाग सम्म चला...

07 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु | बाँकी अंश »

घायलको तरही मुसायरा-३८

अलिकति परदेशको कामको समय परिवर्तन अनि घर जाने हुटहुटीले गर्दा हिजो राती नै राख्नु पर्ने अंक-३८ केही ढिला भयो त्यसको लागि माफी चाहन्छु ! शाय...

02 मार्च 2012 | 0 प्रातिक्रियाहरु | बाँकी अंश »

घायलको तरही मुसायरा-३७

परदेश होस् या घरदेशको जिन्दगी त्यति सजिलो कसैको पनि हुन्न .....विभिन्न कठिनाइको बाबजुद पनि यहाँहरुको उत्साहजनक सहभागिताले मलाइ निक्कै हौसला...

23 फेब्रुअरी 2012 | 49 प्रातिक्रियाहरु | बाँकी अंश »

घायलको तरही मुसायरा-३६

हिजै जस्तो लाग्छ मैले फेसबुक मार्फत तरही मुसायरा संचालन गर्ने सोच बनाएको .... । थाहा नै नपाइ यो ३५सौं र पुरानो ८ औँ समेत गर्दा ४३ भाग...

16 फेब्रुअरी 2012 | 31 प्रातिक्रियाहरु | बाँकी अंश »

आखिर किन ताराले आत्महत्या गर्यो ?

सत्यकथा  -दलबीर सिंह बराइली 'घायल' पोहोर साल यसै बेला छुट्टी गएको थिएँ र यस पटक पनि जाने तयारी गर्दैछु । तर यो साल देखि काठ्मा...

08 सेप्टेम्बर 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

"बेवारिसे डायरी" पाना पल्टाएर त हेर्नुस्

कथा आचार्य सुविसुधा एकदिन बिहानै ओच्छ्यानमा ढल्किरहेको बेलामा कसैले ढोकामा टकटक गरेको आवाज आयो । म आफूले ओढेको कम्मल पन...

10 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

कथा: “नुर”

कुमार श्रेष्ठ "यात्री" साउदीका हरेक पत्र-पत्रिकामा नुरको आत्महत्याको खबरले म आश्चर्यमा परेँ । म अफिस भित्रैको एउटा क्याबिनमा कम्यु...

10 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

चेलीको पीडा

कथा By कल्पना पौडेल “जिज्ञासु” दुर्गम जिल्लाको विकट गाउँमा एक निम्न वर्गीय परिवारमा जन्मिएकी थिइन् । मिना कान्छो भाइ गर्भमा हुँदा...

09 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

बिदेशमा हराएकी आमा * कथा

इन्द्रेणी शर्मा “जलद“   ऊ आफ्ना लाला बालालाइ छोडेर हिडेको पनि ५ बर्ष पुगेछ , लोग्नेसंग  राम्रो सम्बन्ध नभएपछि , कान...

29 अप्रिल 2013 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

कथा - ठूलो रुख I

विपुल सिजापति  झ्याल खोल्ने बित्तिकै त्यो हाँगा झ्यालमा अलिकति ठोक्किएर हल्लन्थ्यो । कोपीला लागेका फूलका केहि सेता पत्रहरु त...

02 अक्टोबर 2012 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

(लघु कथा)"पुर्ख्यौली पेशारुपी सेवा"I

आचार्य प्रभा  म न्युरोडको एक छेउमा हिँडीरहेको थिएँ । धुलो र धुँवाले गर्दा मुख छोप्नु कर नै थियो । यसो बाटोको छेउमा एउटा सानो तन्...

02 अक्टोबर 2012 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

यो ब्लग हेर्नेको संख्या

75456

पन्चे बाजा जन्तीहरु.......

literatureofnepali.com

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

पुस्तक समिक्षा: "खोलीबिनाको बगर र म प्यासी पाठक"

म गजल भन्ने शब्दहरू सुन्थे रेडियॊमा, पढ्थे बिभिन्न पत्र पत्रिकामा, २००७ ताका प्रवासिए पछि कम्प्युटरसंग परिचित भएँ र नयाँ साइनो जोडे...

15 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

‎'ममताको आँचल' नियाल्दा

- डा. बमबहादुर थापा 'जिताली' १. परिचय कवयित्री सुमित्रा पौडेल नेपाली गीति कविताको फाँटमा उदाएकी उज्ज्वल उषाकालीन प्रतिभा हुन् । उनका कवित...

12 नोभेम्बर 2011 | 1 प्रातिक्रियाहरु| बाँकी अंश »

थोपा-थोपाका भित्र बाहिर

मेरो लेखनको सुरुवाती दिनहरु सम्झदा केही विस्रनै नसक्ने कुराहरु छन् । एकातिर रमाइलो वाल्यकाल अर्कोतिर त्यही वाल ह्रदयलाई गहिरो प्रभाव पार्न...

06 नोभेम्बर 2011 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

कबि मुकेश राइेको 'अनुभूतिका रंगहरु'सँग केहीक्षण रंगिँदा

(पुस्तक बिचार)   आचार्य प्रभा                            भनिन्छ...

26 सेप्टेम्बर 2011 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गज़ल: यत्ति बुझ्नू यो धर्तिमा तिमी पनि करारमा छौ I

दलबीर सिंह बराइली 'घायल' खोलालाई सोधि हेर कहाँ पुग्ने बिचारमा छौ?समयलाई पनि सोध किन तिमी हतारमा छौ? खरिद बिक्रि हुन्छन् मान्छे नपत...

24 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गज़ल: मेरो बारे झुठा हल्ला, फिजाएझै लाग्छ

रिता रोकादेउराली ४ गोर्खा मेरो बारे झुठा हल्ला, फिजाएझै लाग्छमखमलि माया पनि, बिझाएझै लाग्छ। मेरो हरेक हर्कत, चासो राखी कसैलेकतै क...

22 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गज़ल:पाप आउँछ घाँटी रेट्न सत्य टाढा जाँदा I

पाप आउँछ घाँटी रेट्न सत्य टाढा जाँदा  मान्छे हुन्छ दिशाहिन लक्ष्य टाढा जाँदा । हतास हुँदै दौड धुप गरिरहन्छ मान्छेआफूबाट कालो ...

22 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गजल: आज भोलि अरिंगल हाम्रो राना भएको छ ।

जिन्दगीको कथाहरु सयौं पाना भएको छजे जे लेखें सबै साँक्षी यो जमाना भएको छ । प्रकृतिले चोट माथि अझै चोट थप्दै गा'छघरबाट बेघर छौं आकास छ...

10 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »
नेपाली गजल बाचनहरु -:

आधा दर्जन रुपक गेडी

-टेकेन्द्र अधिकारी(१) गेडी लेखौँ साथी हो, विधा नयाँ साहित्य छोटो मीठो भावना, खुल्छ खुबै लालित्य पाल्पाली, ढाकाटोपी, शीरै नेपाली । (२) सम्व...

14 फेब्रुअरी 2012 | बाँकी अंश »

पाँच मुक्तक

मुक्तक By बोज़ राज  १, खडेरीमा पात झर्दा, रेखदेख गर्ने चाहियो,असिना, तुषारो पर्दा, रेखदेख गर्ने चाहियो,फूले 'सी आहा भन्दै, टिप्ने त...

10 अप्रिल 2014 | बाँकी अंश »

जेरुसलेमको अबिस्मरणिय सम्झना

नियात्रा---दीप्स शाह १८ अक्टोबर २०११पूर्वतिर छ्याङ्गै आकाश खुलेकोछ मानौँ निलो च्यादर अनन्त फैलिएकोछ। जस्तो मेरो घर माथिको द्यौरालीबाट...

12 नोभेम्बर 2011 | बाँकी अंश »

'गणतन्त्र र हामी'I

-दलबीर सिंह बराइली 'घायल' 'गणतन्त्र र हामी' पृथ्वीनारायणले टुक्रा टुक्रा देशलाई नेपाल बनाएउसलाई साम्राज्यवादी भन्यौं ।राणाहरूले ...

02 अगस्त 2015 | बाँकी अंश »

केही हाइकुहरु

राम थापा हरियो फुल्यो चराहरुको डेरा मनोहर नि चौतारीभित्र ... छाँया अस्ताउंदछ छहारि मनि डाँडा पर्कन्छ हृदयभरि राप निष्ठुरी बर्षा नागी पर्व...

07 जनवरी 2012 | बाँकी अंश »

अर्काको मति जुँगाको खति (व्यंग्य)

रवि रोषीदोहा कतार “काँसो रुघाले, दाई सारै छिप्पेको दारी जुँगाले ।” एक खेप किशोरअवस्थामा रिढीको“रुरु”क्षेत्रमा मकर संक्रान्तिको मेला भर्...

07 नोभेम्बर 2011 | बाँकी अंश »

न्वागी संस्कृति र रैनादेवी

—शिवहरि ज्ञवाली  पृष्ठभूमिकृषिसँग गाँसिएका हाम्रा अनेकौं सामाजिक संस्कार हाम्रो लोकजीवनको अभित्र संस्कृतिकै रूपमा विकसित हुँदै आएका छ...

09 नोभेम्बर 2011 | बाँकी अंश »

रेखा घिमिरेको 'खुशी' भिडियो

भुँवरीमा भिखम (निवन्ध)

- युवराज नयाँघरे

विमानस्थलको भीडमा छ भिखम !
उसले कहिल्यै घर छोडेन । छोड्ने परिस्थिति नि पर्दै – परेन । आज ऊ जाँदैछ बाहिर । बाहिर भनेको मकाउ ।
उसको सानैदेखिको रहर – आकाशमा उड्ने ।
आकाशको सम्मोहनले उसलाई तान्छ घरी – घरी । भिखम तराईमा जन्म्यो, हुक्र्याे र बढ्यो । अक्षरसम्म चिन्यो ।
‘एइ बौवा, कि छे ?’
भिखमसँग ठट्टा गर्नेहरुले उसलाई जिस्काउँथे र कुस्ती खेल्न आमन्त्रण गर्ने । आमन्त्रण उसका निम्ति जति रुचिकर थियो, प्रिय थियो र हुँकारयुक्त थियो – त्यत्तिकै समयकटनीका निम्ति सजिलो पनि ।
भिखम गाई चराउँथ्यो । घाँस काटेर आलीमा राख्दै सोच्थ्यो – ‘म पनि गाउँ छोड्छु !’
गाउँबाट विदेश जानेहरुको सख्या केही यता बढेथ्यो ह्वात्तै । दिन दुगुना र रात चौगुना बढेको थियो । रामलखन, चन्दर, लालबाबु, रामखेलावनहरु गइसके ।
भिखमलाई तिनको ख्याल आउँछ ।
गर्मी चढेपछि खुब पौडी खेलिन्थ्यो । रातु नदीमा धेरै पटक खेलेर मस्ती लिएको छ उसले ।
भिखमलाई लालबाबुले सिकाएको हो – पौडी खेल्न । सुरुमा खुट्टा चलाउने, हात फाल्ने र सास चलाउने कुरा बगरमा सिकायो लालबाबुले । पछि किनारमा छप्लाङछुप्लुङ ।
अनि भुँवरीमा छत्लाङ्ङ !
पछि त निकै गजब हुन थाल्यो । लालबाबुलाई नै हराइदियो भिखमले । एकपटक हैन – निकै–निकै पटक हराइदियो ।
सोनपुरमा हल्ला हुन्थ्यो – भिखमलाई जे कुरा सिकाऊ – पछि त उसले सबैलाई हराउँछ । सिकाउने गुरु नै हार्छ । भिखमले लालबाबुलाई पौडी सँगै कुस्तीमा पनि हरायो मज्जैले ।
भिखम विमानस्थलमा छ ।
केही पछि नै ऊ उड्दै छ आकाशमा । केही समयपछि नै यो धर्ती यतै थन्काएर भिखम बेगिने छ बेतोडले । धर्ती कहिले नछोडेको उसलाई यस कुराले मनभरी निकै खल्बली पारेको छ, छ ।
एयरपोर्टमा पुलिसका हातमा काला घँगारुका लठ्ठी देखिरहेछ ऊ । भिखमले पुरानो कुरा सम्झियो ।
यस्तै चार कक्षामा पढ्दाको कुरो मास्टरजी कडा थिए । रुखमुनि पढ्नु पथ्र्याे । एकदिन मास्टरजीको लामो लट्ठी लिएर भिखमले ढुक्कुरका बच्चा झार्यो । हनुमान सिंह, मानक र रामभरोस जस्ता साथीहरु मिलेर ढुक्कुर पोलेर खाए ।
भोलिपल्ट त्यसको गाइँगुइँ सबैका कानमा पुगिगो ।
अनि मास्टरजीले भिखमलाई अह्राए – ‘यो लठ्ठी पुरानो भो । अर्काे राम्रो लट्ठी बनाएर ल्याउनु !’
भिखमले कटबाँसको लौरो खुब मज्जाको बनायो । खुर्कीखार्की गरेर, तेल दलेर, आगोमा सेकाएर लट्ठी तयार पा¥यो । अनि आफ्नो पौरख देखाउन स्कुल जान हतारियो ।
अरु दिन भन्दा चाँडै स्कुल पुग्यो ऊ । मास्टरजीलाई प्रमाण गर्दै लट्ठी अर्पण ग¥यो भिखमले ।
‘ठिक छ !’
मास्टरजीले भने । मुसुक्क हाँस्यो भिखम ।
उसलाई लाग्यो – निकै मिहिनेत गरेको फल पायो उसले । साह्ै मन रमायो उसको । मास्टरजीलाई लट्ठी दिएर उसले आफ्नो पौरख देखाउने मौका पायो मज्जैले ।
‘हाफ टाइममा भेट्नु !’
भिखमले जाने बेलामा गुरु वाणी सुन्यो ।
हल्लाखल्ला बीच कक्षा चलिरह्यो । ऊ दङ्ग थियो । आज मध्यान्हमा केही राम्रै पुरस्कार पाइनेछ । मनमनै रमाइरहेको थियो भिखम ।
हाफटाइमको घण्टीसँगै ऊ दगु¥यो टहरोतिर । जहाँबाट आइरहेका थिए मास्टरजी ।
‘हिजो तैँ होइनस् – मेरो लट्ठीले ढुक्कुरको गँुड झार्ने !’
त्यतिन्जेलमा भिखमले एक स्वाँठ खाइसकेको थियो । लामो लट्ठी भाँच्यो माझैमा । भाँचिएको लट्ठीले फेरि बजाए मास्टरले । फेदपट्टि कालो र ध्वाँसोले टलक्क टल्केथ्यो लौरो ।
अनि ऊ त्यस मास्टरको सामु कहिल्यै परेन । बिस्तारै ऊ स्कुलको आँखी हुँदै गयो । रुख, भैंसी, खेत, पोखरीमा बिताएर भिखम घर फर्कन थाल्यो । टाढियो ऊ बिद्यालयबाट !
बिमानस्थल वरपर अनौठा – अनौठा कुरा देखिरहेछ ऊ ।
अगाडी ठूलो टेलिभिजनमा अक्षर कुदिरहेछन् । जहाज आउने र जाने सूची हो त्यो ।
‘देख्–देख् !’
नन्दनले अलि – अलि अक्षर फुटाएर भन्यो – ‘टेलिभिजनमा जहाज आउने र जाने कुरा आउँछ, त्यो पढ् !’
भिखमले पढ्ने कोसिस गरिरा’छ । तर असम्भव छ त्यो स्थिति ।
सी ए टी – क्याट । क्याट माने बिरालो । एम ए एन जी ओ – म्याङगो । म्याङ्गो माने आँप । भिखमले सिकेको अंग्रेजी यै हो ।
त्यस्तो सजिलो अंग्रजी यहाँ छैन ।
उसलाई थकथकी लागिरहेको छ । बेलामा पढिएन – बडा नकाम गरिएछ नि !
बिमानस्थलमा खुब भीड छ ।
त्यो भीड देखेर उसलाई गाउँको हाटको ख्याल आइरहेको छ । ऊ बासँग बजार जान्थ्यो । बा ले बयलगाडा हाँक्थे । त्यो गाडा उनीहरुको थिएन । मुनिम काकाले ‘पहाडिया महाजन’ को राइस मिलमा बालाई काम दिलाइदिएका ।
बा टायरवाला गाडा चलाउँथे ।
एक दिनको धानको भुस्सा लोड गर्दै थिए गाडामा । गाडी उत्तानो भएर सबै बोरा बाको टाउकोमा थुप्रियो । अनि बोरै बोराले पुरिएछन् भिखमका बा ।
बिहान कालो सर्ट लगाएर गएका बा लाई दिउँसो सेतो कपडाले ढाकेर खोलातिर लगेको देख्यो भिखमले । ऊ डराई – डराई हुलमा दगु¥यो ।
घाटमा पुगेपछि बा लाई आगो लगाउन उसकै हातमा दनदनी बलिरहेको पुल्ठो थमाए मुनिम काकाले । जे – जे भने त्यै – त्यै ग¥यो भिखमले ।
घर आउँदा आँगनभरि मान्छेको भीड ।
यो विमानस्थलको भीड देखेर उसले त्यो दिन फेरि सम्झियो । उसलाई अगाडीको बादलु आकाशमा बा ले हेरिरहेका छन् जस्तो पनि लाग्यो ।
केही समयपछि नै त्यै बादल भरिएको आकाशतिर उड्ने छ भिखम ।
गाउँमा भीड अरु दुई कारणले हुन्थ्यो – भाषण र भजन ।
नेताहरुको आगमनसँगै भीड खुब हुने गर्दथ्यो । एक पटक भीड जम्मा गर्दा भिखमले दुई सय रुपिया पाएको थियो । जति धेरै मान्छे बटुल्यो त्यति नोट पाइने । एक हप्ता खटेपछि उसले गब्बर सिंहको पार्टीलाई मान्छे बटुल्न सकेको थियो ।
तर अर्काे हप्ता माइकालालको पार्टीवालाहरुले भिखमलाई मज्जाले भकुरे र भने – ‘तँ जता पनि लाग्छस् । पैसा खाएर मान्द्धे बटुल्छस् । कि हाम्रो पार्टीमा लाग् कि उता लाग् । पैसा खाएर दलाली काम नगर ।’
त्यै दिनदेखि पानी समात्यो भिखमले र निर्णय ग¥यो – ‘साला पार्टीवालाको काम गर्दै गर्दिन । बरु भुखै मर्छु !’
एयरपोर्टमा आइसक्रिम चुसिरहेकी युवतीको ठूलो पोस्टर उसले देख्यो । भिखमले पोस्तर नजिकै गएर हे¥यो र ओठ चाटयो ।
ऊ सानैदेखि बरफको सोखिन । बरफ चुस्न पाएको दिन खब फुरुङ्ग पथ्र्याे भिखम । एकदिन बेच्न लगेको एक बाल्टिन दूध उसले दस वटा बरफसँग साटेको थियो । तर दुईवटा चुसिनसक्दै अरु आठवटा पग्लिएर गइसकेका थिए बरफहरु ।
दूधको हिसाब देखाउन नसक्दा राति राम्रै धुलाइ भएथ्यो भिखमको ।
एअरपोर्टमा अचम्म लाग्दा अरु कुरा छन् । भिखमलाई ती अनौठा दृश्यहरुले खुब चिमोटीरहेका छन् । आँखै नझिम्क्याई हेरिरहेछ ऊ – अचम्म र छक्क लाग्दा मान्छे र परिवेश । अचम्मका भुमरीमा छ भिखम ।
प्लास्टिकका खोलमा मकैका प्याकेट सजाइएका देखेपछि भिखमलाई लाग्यो – ‘जहाज चढ्नेहरु नि मकै खाँदा रहेछन् !’
भीडमा छ भीखम ! आँखा च्याती च्याती विमानस्थलको होहल्ला हेर्दैछ ऊ निरन्तर । बाँसघारीमा बास बस्न लागेका सारौं कराएको लाग्दैछ उसलाई ।
मेनपावरले दिएको पासपोर्ट र टिकट एक पटक फेरि हे¥यो भिखमले ।

साभार:समकालिन साहित्य
http://www.samakalinsahitya.com/reloaded.php?show=detail&art_id=3490

Posted by Masti Entertainment on 4:41 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for भुँवरीमा भिखम (निवन्ध)

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011