लघुकथा / सुखद मृत्यु
---नारायण तिवारी
– मृत्यु सुखद पनि हुन सक्छ !
– कस्तो विचित्र कुरा...!
मदनको घरकलहलाई मैले नजिकबाट महसुस गरेको हँु । उसकी स्वास्नीका फाटेका वस्त्र...! केटाकेटीको रुग्ण लालनपालन– मैले बारम्बार प्रत्यक्ष देख्दै आएको हुँ ।
तर अचानक सबैथोक बदलिएछ । मीठो गरी बदलिएछ भनौं सबैथोक कि नमीठो गरी...? आजकाल केटाकेटीका आँखामा आँसु छैनन् । उसकी श्रीमतीको आङमा फाटेको वस्त्र छैन । मानौँ खुसी छन् सबै ...! तर भित्रभित्र नमीठो पीडा त सबैलाई हुँदो हो. किनभने मदनको अनुपस्थिति पनि छ त्यहाँ । यद्यपि सधँैको घरझगडा पनि छैन । चकमन्नता छ । शान्ति छ ।
मदन हवाईजहाजको दुर्घटनामा परेर मृत्युलाई वरण गर्न पुग्यो । तथापि स्वास्नी, छोराछोरीका निमित्त ‘जीवन’ छाडिदिएर ...। बीस हजार डलरको जीवन । कस्तो सुखद मृत्यु ...! बीस हजार डलर अर्थात् आजको खरिद दरले ने.रु.चौध लाख तेह्र हजार ...!
मदनको घर–परिवार, व्यवहार, अवस्था आदिप्रति म अलि बढी नै आकर्षित भएँछु । सायद यस कारणले पनि कि मेरी पनि श्रीमतीका आङ फाटेका छन् । मेरा पनि केटाकेटीका आँखामा विपन्नताका आँसु छन् ।
मानिसहरू हवाइजहाज चढ्दा डराउँछन् । तर यस बेला म हवाईजहाजभित्र छु र मलाई कुनै डर छैन । म कामना गरिरहेको छु – प्लेन दुर्घटनाग्रस्त भइहालोस् । तथापि म भित्रभित्रै भने भक्कानो फुटिरहेकै छ – सधँै यो छैन, त्यो छैन भन्ने छुच्ची श्रीमतीको टीठलाग्दो अनुहार सम्झेर ! मृत्युवरण गरियो नै भने, मायालाग्दा छोराछोरीले बाबालाई नपाउँदा कतिबेरसम्म हिक्का छाडेर रोइरहने हुन् – म कल्पीकल्पी सोचिरहेको छु ...!
जेहोस ! मृत्यु सुखद हुनेछ, डलर हुनेछ र फाटेको वर्तमान हुनेछैन । छोराछोरीको भविष्य हुनेछ; प्रिये ! तिम्रो आँखामा आँसु हुनेछैन ...मसितको सधैँको झगडा पनि हुनेछैन ...!
मेरा आँखामा रहँदै–वस्दै, आँसु भरिँदै खस्दैछन् र प्लेन उडिरहेको छ – माथिमाथि धेरै माथि ...!

Posted by Unknown
on 2:26 AM.
Filed under
कथा/ लघुकथा
.
You can follow any responses to this entry through the RSS 2.0