यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

घायलको तरही मुसायरा-१९

सुचना ! सुचना !! सुचना !! 
अब देखि घायलको तरही मुसायरा ब्लगमा मुसायरा संचालन नहुनेकुरा पनि यसै सूचनाबाट जानकारी गराउदछु र त्यसमा पोस्ट नगर्नु हुने हार्दिक अनुरोध छ !

सम्पूर्ण आदरणीय गज़ल प्रेमी अग्रज तथा मित्रहरु ! हामीले आज फेरी एक फड्को अगाडी बढाएका छौं । अब देखि 'घायलको तरही मुसायरा' ले स्थाई आफ्नै साइट पाएकोछ ! जुन आफैमा एउटा फड्को हो अब हामी यस साइटमा तरही मुसायरा मात्र नभएर साहित्यका अन्य बिबिध बिधासाँग रमाउन पाउनेछौं ! तपाइले पोस्ट गरेको गज़ल सिधै तपाइको फेसबुक वालमा पनि प्रकासित हुनेछ यसले हामीलाई दुइतिर पोस्ट गरिरहनु पर्ने झन्झटबाट पनि मुक्ति मिल्नेछ भन्ने अपेक्षा गरेकोछु ! प्राबिधिक रुपमा पोस्ट गर्न केहि समस्या आएमा मलाइ इमेल मार्फत पनि गज़ल पठाउँन सक्नु हुनेछ : info@literatureofnepali.com तपाईंहरुको सिर्जना आइपुग्ने छ र म त्यसलाई पोस्ट गर्नेछु ! आशा छ यो वेबसाइटले तपाइहरुलाई साहित्यको मिठो स्वाद बाँड्न सफल हुनेछ ! धन्यवाद !

अरबी, फारसी, उर्दु गजलमा लोकप्रिय 'तरही मुसायरा' एक शास्त्रिय परम्परा हो जसले शायरहरुमा इन्धन (शक्ती) भर्दछ । ठूला-ठुला मुसायराहरुमा तत्कालै कुनै पनि गजलको 'मिसरा-ए-सानी'दिएर गजल कथ्ने र त्यसरी कथेको गजल वाचन गरिन्छ अनी ति मध्यबाट उत्कृष्ट गजललाई पुरस्क्रित गरिन्छ । यस्तो मुसायराले गजलकारहरुले आफुलाई अरुसँग दाँज्ने र सिक्ने अवसर पनि पाउँदछन् ।

आज मैले (दलबीर सिंह बराइली 'घायल्') मेरो आफ्नै गजलको यो मिसरा-ए-सानी 'म बिना के तिमी एक्लै बाँच्न चाहन्छौ' लाइ 'घायलको तरही मुसायरा-१९' मा तरहको रुपमा दिएको छु ! आशा छा आगामी अंकहरुको लागि यसभन्दा अगाडि तरहमा आफ्नो गजल नपारेका मित्रहरुले गजल पठाउनु हुनेछ ! माथी उल्लेखित मिसराको आधारमा एक पूर्ण गज़ल लेखि फेसबुक, www.literatureofnepali.com वा info@literatureofnepali.com पोस्ट/इमेल गर्नु हुन हार्दिक अनुरोध गर्दछु !

गजल पोस्ट गरिसक्नु पर्ने अन्तिम दिन बिहीवार २९ सेप्टेम्बर,२०११ रातको १२:०० बजे (युएई समय+४ अनुसार)

गजल:  दलबीर सिंह बराइली 'घायल'
मिसरा: म बिना के तिमी एक्लै बाँच्न चाहन्छौ
काफिया:बाँच्न
रदिफ: चाहन्छौ
लय: म बिना के/ तिमी एक्लै/ बाँच्न/ चाहन्छौ
लय - ४+४+२+३=१३

तरही मुसायरा-१९ मा दिएको मिसराको पूर्ण गज़ल यस प्रकार छ:

फुलको त्यो डाली किन भाँच्न चाहन्छौ
म बिना के तिमी एक्लै बाँच्न चाहन्छौ

आइ सुन धड्कनमा धुन बज्दैछ
तिमी त्यहाँ बेसुरमा नाँच्न चाहन्छौ

कलिलो यो बैंस मैले सबै सुम्पिएँ
त्यो जवानी कस्को लागि साँच्न चाहन्छौ

सुन चाँदी जस्तै सँधै कसी लगायौ
भन किन मेरो माया जाँच्न चाहन्छौ

स्वर्गबाट झरेको म परी होईन
तिमी खाली उनैसँग दाँज्न चाहन्छौ


घायलको तरही मुसायराका सहभागीले पालना गर्नु पर्ने नियमहरु
(क) प्रत्येक सहभागीले दिईएको 'मिसरा-ए-सानी'कै आधारमा र त्यो मिसरालाई गजलमा समावेश गरी गजल लेख्नु पर्नेछ । अन्यथा मुसायरामा समावेश गराइने छैन ।
(ख) एक भन्दा बढी गजल पोस्ट गर्न पाइने छैन । गरेमा सबै अमान्य हुँनेछ ।
(ग) गजल तोकिएको अवधिभित्र नै फेसबुकमा वा ब्लगमा पोस्ट गर्नु पर्नेछ । म्याद सकेपछी आएको गजललाई छनौटमा सहभागी गराइने छैन ।
(घ) अगाडि अरुले पोस्ट गरेको गजलको हुबहु नक्कल गरेको गजल मान्य हुँनेछैन ।
(ङ) गजल अनिवार्य पाँच शेरको हुनुपर्ने छ ।
(छ) गजलको संरचनामा मिलेको हुनु पर्नेछ ।
(ज) गजलमा अस्लील वा सामाजिक सद्भावमा असर पुग्ने शब्द प्रयोग गर्न पाइने छैन .
(झ) आफ्नै संस्क्रिती,परम्परा,जीवनशैली,भेषभुषा आदी झल्काइएको/समेटिएको गजललाई प्राथमिकता दिईनेछ ।
(ञ) तरही मुसायरामा प्रकासित गजललाई अन्य ठाउँमा प्रकाशन वा प्रसारण गर्नु परेमा स्रोत ,सन्दर्भ वा मुख्य सर्जकको नाम उल्लेख गर्नु अनिवार्य छ ।
(ट) तल दिएको मिसरा-ए-सानी लाई गजलको मतलामा नभै अन्य कुनै शेरमा समावेश गर्नु पर्ने छ  ।
(ठ) अब देखी 'घायलको तरही मुसायरा'फेसबुक, www.literatureofnepali.com संचालन हुँने भएकोले info@literatureofnepali.com इमेल वा पोस्ट गरेको सबै गजललाई मान्यता दिईनेछ ।

Posted by Unknown on 12:39 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for घायलको तरही मुसायरा-१९

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011