हाँसी खुसी बाँच्नु तिमी म छिट्टै नै मरेपनि
![]() |
सुबास श्रेष्ठ |
गीत
हाँसी खुसी बाँच्नु तिमी म छिट्टै नै मरेपनि
हाम्रो प्रेम निशानी त्यो फुल्न नपाई झरेपनि।
हाम्रो माया यस्तै भयो लेखान्तमै थिएन की
दैवले नै हाम्रो रहर पूरा हुन दिएन की।
यस्तो लाग्छ दैव पनि पक्षपाती भयो कि त
हाम्रो जोडी लेख्ने बेला अन्तै छुट्न गयो कि त।
आफ्नो भाग्य आफैले नै लेख्न पनि सकिएन
बिछोडका दिन कैले आए देख्न पनि सकिएन।
टाढै बाट भए पनि तिम्रो मनमा बास पाए
त्यसैमा नै खुसी हुन्छु बाँच्ने थोरै आश पाए।
हाँसी खुसी बाँच्नु तिमी म छिट्टै नै मरेपनि
हाम्रो प्रेम निशानी त्यो फुल्न नपाई झरेपनि।
