यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

बिदेश र बाध्यता


राजु दाहाल 
राम बहादुर शहरमा मज्जासँग चलिरहेको जुत्ता पसल छोडेर शहरमा जोडेको घडेरी तीन लाखमा बेचेर त्यही पैसाले बिदेशिन्छ । काखमा खेल्ने बामे सर्दै गरेको छोरो र अँगालो भरिको स्वास्नीलाई बिरानो शहरको सानो कोठामा निःसहाय छोडेर ।
एकछिन पनि ओझेल पर्दा संसारै हराएजस्तो लाग्ने जिबनसाथी र मुटुको टुक्रा भन्दा प्यारो लाग्ने राम्रोसँग तोते बोली पनि नफुटेको छोरा छोड्नुको पिडामा बिदेश जाने तयारीका केहि
महिना उ सोचेरै भक्कानिन्थ्यो । धेरै बेरपछि काठमाडौँमा घर, मोटरगाडी, आफ्नो राम्रो ब्यबसाय, छोरा र जिबनसंगीनीको खुशी यस्तै–यस्तै सम्झेर सम्हालिन्थ्यो ।
एकदिन राम बहादुर सबै चटक्क छोडेर बिदेशियो । जाने दिन जिवन संगीनीको अँगालो र छोराको हात छुटाउदाँ उस्ले आफुलाई संसारकै सबैभन्दा अभागी महशुस गर्‍यो । कालो चश्मामा भिजेका आँखा लुकाएर खल्तीभित्र कसेको मुठी अझै बलियो पारेर जसोतसो बिदा भयो उ ।
राम बहादुर चार बर्षको कष्टकर जिवन काटेर फर्क्यो आफ्नै देशमा । उस्को भागको खुशि धेरै लुटिईसकेको थियो, छोराको बालापन, जीवन संगीनीको यौवन माया ईत्यादि जुन उ पैसामा किन्न सक्दैनथ्यो । आफ्नो कमाईमा उ खुशि नै थियो किनकी उस्ले बितेको चार बर्षमा पन्ध्र लाख कमाईसकेको थियो । त्यो पैसाले सानो घरघडेरी जोडेर एउटा ईलम गर्दै आफ्नै देशमा बस्ने सोच बनायो राम बहादुरले ।
तर, समयको फड्को सँगै आफुले कमाएर ल्याएको रुपैँयाले आफुले बेचेको घडेरीको आधा टुक्रा पनि नआउने देखेपछि आजकल रन्थनिएर फेरि बिदेश जाने तयारी गर्दैछ रे उ ......................।।

Posted by Masti Entertainment on 4:58 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for बिदेश र बाध्यता

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011