यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

हिमशैल सम्झनामा


हिमाल तिमी,
हिम आँचल ओढेर
हरपल मुस्कुराउँछौ
नभ भेटुँलाझैं गरी
बादल छोएर शर्माउँछौअ
म आँखाले अँगालेर


असिम अनुभुतिहरु संगै 
हिमानी यादमा डुबिरहन्छु
हिमशैल सम्झेर टोलाइरहन्छु ।

सेताम्य सुतेको श्रिंखलाभरी  
चाँद किन्सिरी हेरेर
दिनहरु घर्किदै छन्
सधैं हिमानी छुने रहरमा
अभिलाषाहरु वेसक्याम्पमा उभ्याएर 
शिखर टहल्दा-टहल्दै
मनभरी हिमस्नेह पग्लिएपछी
मुटुभरी हिमताल छचल्किएर
नशा-नशामा अविरल बगेझैं लाग्छ
सद्भभावको निश्चल हिमनदी । 

बदलिँदो युगहरुमा पनि
तन्दुरुस्त दिव्य स्वरुप फेरिने छैन     
युग-युगान्तर सम्मको स्वच्छन्दता
त्यो चुनौतिपूर्ण स्वाभिमानी हाँसो
कहिं,कतै,कोही परायाबाट चोरीन सक्दैन     
त्यसैले त,                            
अनश्वर चाँदकवच देखेर
निसंकोच यो मन मुस्कुराउँछ 
असीमित हिमयादहरु सुम्सुम्याउँदै      
हिमशैल सम्झनामा रमाउँदै
हिमशिखरमा स्वाभिमान चम्किने  
यो प्यारो हिमाली देशमा,
स-गर्व बाँचिरहेछु ।

नैना निरझरा 
धादिंग, नेपाल
हाल: काठमाडौ 

Posted by Masti Entertainment on 8:42 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for हिमशैल सम्झनामा

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011