घायलको तरही मुसायरा-१५
सम्पूर्ण सहभागी मित्रहरुलाई हृदयदेखि नै धेरै धन्यवाद ! यहाँहरुको निरन्तर साथले यो मुसायरा दिनदिनै लोकप्रिय हुँदै गएको छ र यसरी नै यहाँहरुको निरन्तर साथको अपेक्षा गर्दछु ! मैले खासै केहि दिन सक्दिन धन्यवाद बाहेक तर भोलि कुनै दिनमा नेपाली गज़ल साहित्यले यहाँहरुको योगदानलाई अवस्य पनि उच्च मुल्यांकन गर्नेछ ! गज़ल प्रेमी सम्पूर्ण अग्रज, मित्र तथा शुभचिन्तकहरुको लागि अबदेखि 'घायलको तरही मुसायरा' पुन:फेसबुक र ब्लगमा पनि यथावत: संचालन भैरहेको सबैलाई जानकारी गराउँदछु । यहाँलाई जहाँ सजिलो लाग्छ त्यहाँ आफ्नो सिर्जना पोस्ट गर्नु सक्नु हुँनेछ ।
अरबी, फारसी, उर्दु गजलमा लोकप्रिय 'तरही मुसायरा' एक शास्त्रिय परम्परा हो जसले शायरहरुमा इन्धन (शक्ती) भर्दछ । ठूला-ठुला मुसायराहरुमा तत्कालै कुनै पनि गजलको 'मिसरा-ए-सानी'दिएर गजल कथ्ने र त्यसरी कथेको गजल वाचन गरिन्छ अनी ति मध्यबाट उत्कृष्ट गजललाई पुरस्क्रित गरिन्छ । यस्तो मुसायराले गजलकारहरुले आफुलाई अरुसँग दाँज्ने र सिक्ने अवसर पनि पाउँदछन् ।
अज्ञात पाल्पाली जीको जन्म पाल्पामा भएको हो र हाल रोजगारी को शिलसिला मा दक्षिण कोरियामा हुनु हुन्छ ! उहाँको साह्त्यिमा स्कुल जीवन देखि नै रुची थियो र अहिले आएर गजल ,गीत , कविता , मुक्तक , हाईकू ,सेन्र्यू विधामा कलम चलाई रहनु भएकोछ । उहाँका हालसालै एक कविता र गीत संग्रह " भावना मनको " प्रकाशित भएको छ ! साथै उहाँका धेरै जसो रचनाहरु अनलाईन, फेश बूक र आफ्नै ब्लगमा प्रकासित भएका छन । उही प्रतिभाशाली सर्जकको गज़लको यो मिसरा-ए-सानी 'पराइको खुशी संगै नाँच्न पनि मानेन मन' लाइ 'घायलको तरही मुसायरा-१५' मा तरहको रुपमा दिएको छु ! यहि मिसराको आधारमा एक पूर्ण गज़ल लेखि फेसबुक तथा ब्लगमा पोस्ट गर्नु हुन हार्दिक अनुरोध गर्दछु !
गजल: अज्ञात पाल्पाली
मिसरा: पराइको खुशी संगै नाँच्न पनि मानेन मन
काफिया - नाँच्न
रदिफ - पनि मानेन मनलय: पराइको /खुशी संगै //नाँच्न पनि /मानेन मन
लय - ४+४+४+५=१७
अज्ञात पाल्पाली जीको यहि गज़लको आधारमा मैले मिसरा-ए-तरह दिएको थिएँ प्रस्तुत छ यहाँको गज़ल !छोडी गयौ एक्लै पारी हाँस्न पनि मानेन मन
पराइको खुशी संगै नाँच्न पनि मानेन मन
रोपें फूल फुल्ला भनी काँडा बनी पलाई दियौ
आफै रोपी आफै डाली भाँच्न पनि मानेन मन
आफु जस्तो उस्तै सम्झें जाली रै'छौ आखिर तिमी
जाँच्नु पर्ने तिम्रो बानी जाँच्न पनि मानेन मन
बगी गए आँशु सबै तिमी लाई सम्झिदै रुँदा
हर्ष लाई भन्दै आँशु साँच्न पनि मानेन मन
तड्पिएर बाँचु कति सधैं भरि घायल सरि
मर्छु होला अब म त बाँच्न पनि मानेन मन
पराइको खुशी संगै नाँच्न पनि मानेन मन
रोपें फूल फुल्ला भनी काँडा बनी पलाई दियौ
आफै रोपी आफै डाली भाँच्न पनि मानेन मन
आफु जस्तो उस्तै सम्झें जाली रै'छौ आखिर तिमी
जाँच्नु पर्ने तिम्रो बानी जाँच्न पनि मानेन मन
बगी गए आँशु सबै तिमी लाई सम्झिदै रुँदा
हर्ष लाई भन्दै आँशु साँच्न पनि मानेन मन
तड्पिएर बाँचु कति सधैं भरि घायल सरि
मर्छु होला अब म त बाँच्न पनि मानेन मन
गजल पोस्ट गरिसक्नु पर्ने अन्तिम दिन बिहीवार २३ जुन,२०११ रातको १२:०० बजे (युएई समय+४ अनुसार)
घायलको तरही मुसायराका सहभागीले पालना गर्नु पर्ने नियमहरु
(क) प्रत्येक सहभागीले दिईएको 'मिसरा-ए-सानी'कै आधारमा र त्यो मिसरालाई गजलमा समावेश गरी गजल लेख्नु पर्नेछ । अन्यथा मुसायरामा समावेश गराइने छैन ।
(ख) एक भन्दा बढी गजल पोस्ट गर्न पाइने छैन । गरेमा सबै अमान्य हुँनेछ ।
(ग) गजल तोकिएको अवधिभित्र नै फेसबुकमा वा ब्लगमा पोस्ट गर्नु पर्नेछ । म्याद सकेपछी आएको गजललाई छनौटमा सहभागी गराइने छैन ।
(घ) अगाडि अरुले पोस्ट गरेको गजलको हुबहु नक्कल गरेको गजल मान्य हुँनेछैन ।
(ङ) गजल अनिवार्य पाँच शेरको हुनुपर्ने छ ।
(छ) गजलको संरचनामा मिलेको हुनु पर्नेछ ।
(ज) गजलमा अस्लील वा सामाजिक सद्भावमा असर पुग्ने शब्द प्रयोग गर्न पाइने छैन .
(झ) आफ्नै संस्क्रिती,परम्परा,जीवनशैली,भेषभुषा आदी झल्काइएको/समेटिएको गजललाई प्राथमिकता दिईनेछ ।
(ञ) तरही मुसायरामा प्रकासित गजललाई अन्य ठाउँमा प्रकाशन वा प्रसारण गर्नु परेमा स्रोत ,सन्दर्भ वा मुख्य सर्जकको नाम उल्लेख गर्नु अनिवार्य छ ।
(ट) तल दिएको मिसरा-ए-सानी लाई गजलको मतलामा नभै अन्य कुनै शेरमा समावेश गर्नु पर्ने छ ।
(ठ) अब देखी 'घायलको तरही मुसायरा'फेसबुक र ब्लग दुवैमा संचालन हुँने भएकोले दुबैमा पोस्ट गरेको गजललाई मान्यता दिईनेछ ।
ब्लगमा आफ्नो सिर्जना पोस्ट गर्न असजिलो भएमा तल उल्लेखित तरिका अप्नाउँनु भयो भने सजिलै पोस्ट गर्न सक्नुहुनेछ ।
अबदेखी तपाईंको सिर्जना र प्रतिक्रिया सिधै वालमा प्रकाशन हुन्छ त्यसैले ढुक्क भएर मर्यादित रुपमा आफ्नो रचना पोस्ट गर्नु हुन हार्दिक अनुरोध गर्दछु धन्यवाद !
1) तपाईंले आफ्नो प्रतिक्रिया लेख्न चाहेको श्रीङ्खला वा रचनालाई खोल्नुहोस्
2) त्यसको तल हेर्नुहोस् जहाँ पोस्ट अ कमेन्ट (Post a comment) लेखिएको छ त्यसमा क्लिक गर्नुहोस्
3) एउटा बक्स आउँछ त्यहाँ आफ्नो प्रतिक्रिया वा सिर्जना पेस्ट गर्नुहोस्
4) त्यहाँ आफ्नो परिचयको लागि अप्सन छनौट गर्नुस्
5) Name/URL मा क्लिक गर्नुहोस्
6) त्यसको तल आफ्नो नाम लेख्नुहोस्
7) तपाईंले क्याप्स (बाङ्गो टिङ्गो अक्षर र अंकहरु)आउँछ त्यो देखाएको बक्समा टाइप गर्नुहोस्
8) त्यसको मुनि (Publish your comment) पब्लिस योर कमेन्ट्समा क्लिक गर्नुहोस् । तपाईंको सिर्जना र प्रतिक्रिया तुरुन्तै ब्लगमा प्रकासित हुनेछ ।
नोट: यदि तपाईं यो ब्लगको सदस्य बनी सक्नु भएको छ भने साइन इन गरेर आफ्नो रचना वा प्रतिक्रिया पोस्ट गर्न सक्नु हुनेछ । त्यसैले यहाँहरु सबै सदस्य बनिदिनु होला । धन्यवाद
फेसबुकको लागि तलको लिंक हेर्नु होला



( गजल ) आचार्य प्रभा
घर छाडी पाखा लाग्दा हाँस्न पनि मानेन मन
अतितका यादहरु साँच्न पनि मानेन मन ।
झुप्रो भित्र रम्दै थिएँ अझ खुशी बटुल्न खोजें
सोँचे जस्तो कहाँ हुन्छ? बाँच्न पनि मानेन मन ।
सबको साथ त्यागेँ मैले नयाँ जूनी पाउँला भनी
पराइेको खुशी सँगै नाँच्न पनि मानेन मन ।
पर्देशिंदा आशिष् टिको ललाटमा टाँसिए थ्यो
भुइँभरी झर्न लाग्दा टाँस्न पनि मानेन मन ।
भाग्यमा जे लेखिएको त्यही आखिर हुँदो नै रैछ
पलाएको आशालाइे भाँच्न पनि जानेन मन ।
( रचना जुन /१७ /२०११ )
तिमीबाट टाढा भई हाँस्न पनि मानेन मन !
बिबशता अंगालेर बाँच्न पनि मानेन मन !!
बगैंचामा जाँदा हिजो काँडाले त दुखाए पनि !
तिम्रै झल्को आयो अनि भाँच्न पनि मानेन मन !!
खुशी ब्यक्त गर्छ सँधै उसले जाँदा आँउदा तर !
पराइको खुशी संगै नाँच्न पनि मानेन मन !!
थियो हाम्रो पिरतीमा बाटिएको एउटा डोरी !
चुडाएर गए पछी गाँस्न पनि मानेन मन !!
जिन्दगीको यात्राभरी आँशु संगै बाँच्न बिवश !
भेटिएका केहि खुशी साँच्न पनि मानेन मन !!
हिरु शर्मा ..
बिराटनगर
प्रथमत: पाल्पाली सरको मिसरा यो तरही मुसायरामा पाउदा हृदय बाटै खुशी हुँदै घायलको तरही मुसायरा सफलताको सिढिमा एक इटा थप्न चाहन्छु भने तरही मुसायराको पूर्ण सफलताको कामना सहित पाल्पाली सरलाई हार्दिक बधाइ /धन्यबाद
गजल: अज्ञात पाल्पाली
मिसरा: पराइको खुशी संगै नाँच्न पनि मानेन मन
(गजल)
आँशु झारी रोए सधै साँच्न पनि मानेन मन
थेग्नै गार्हो थियो पल बाँच्न पनि मानेन मन
चट्ट बिर्सी दिउ भने छाडी जाने बैगुनी लाइ
मायाँ फेरि गोगन् डाली भाँच्न पनि मानेन मन
सोध्यौ किन फूलदानी फुट्यो यो त जिवन संगै
अर्थ छैन डुल्नु बाग हाँस्न पनि मानेन मन
खुशी ब्यक्त हाँसो बग्यो मेरै आँशु त्रिवेणी भइ
पराइको खुशी सगै नाँच्न पनि मानेन मन
बिस्वासले चाख्छु भन्थे चुही गयो रसिलो प्रेम
दुध पानी के थ्यो होला जाँच्न पनि मानेन मन
बुद्धि मोक्तान
२०११/०६/१९
सुस संग्रौला जीले फेसबुकमा प्रेषित गर्नु भएको गज़ल यहाँ प्रस्तुत छ !
मुटु भरि पिडा बेाकी दिन पनि रात भएछ ।
प्ररदेशी समाजमा हाँस्न पनि मानेन मन ।।
छैन आज आफुसंग मुटु पनि धरियगनैं ।
चरक्रियेा छाति मेरेा गाँस्न पनि मानेन मन ।।
अनायसै आँसुझरी रात पनि विताइरैछु ।
जिन्दगीकेा एक्लै यहाँ बाच्न पनि मानेन मन ।।
माया गरी कति वेाल्नु प्रवासमा प्रदेशिलाइं ।
पराइकेा खुशीसंग नाच्न पनि मानेन मन ।।
तिमी सँग छुट्नु पर्दा हाँस्न पनि मानेन मन
फेरी अन्तै नयाँ नाता गाँस्न पनि मानेन मन।
साथीसङ्गी सबैजना हाँस्दै नाँच्दै रमाउँदै छन्
पराइको खुशी संगै नाँच्न पनि मानेन मन ।
एक्लो हुदाँ साथ दिने त्यही आँसु एउटा थियो
जोगाएर राख्छु भन्दा साँच्न पनि मानेन मन।
घर छेउ यौटा फूल रोपेको थे तिम्रो नाममा
याद आई सताउँदा भाँच्न पनि मानेन मन।
टुक्रा टुक्रा हुन्छ मन तिम्रो याद आउँदा खेरी
सङ्गालेर जोड्छु भन्दा गाँस्न पनि मानेन मन।
सुवास श्रेष्ठ गोरखा नेपाल।
गजल: अज्ञात पाल्पाली
मिसरा: पराइको खुशी संगै नाँच्न पनि मानेन मन
काफिया - नाँच्न
रदिफ - पनि मानेन मन
लय: पराइको /खुशी संगै //नाँच्न पनि /मानेन मन
लय - ४+४+४+५=१७
गजल
मुटुमाथि ढुङ्गा राखी हाँस्न पनि मानेन मन ||
पीडासँगै बग्यो आँशु साँच्न पनि मानेन मन ||
चिठीसँगै उन्को निम्तो नियतिको चुनौती पाएँ
मरौं भने शत्रु हाँस्लान् बाँच्न पनि मानेन मन ||
पन्चेबाजा घोडी डोली उन्को घर रौनक हुँदा
पराइको खुशी संगै नाँच्न पनि मानेन मन ||
गईन् उनी एक चिम्टी सिन्दुरले सिउँदो भरी
पिरतीमा हार जित जाँच्न पनि मानेन मन ||
तड्पिएर बाँचीरा'छु सारा खुशी दाइजो गरी
जिन्दगीमा अन्तै नाता गाँस्न पनि मानेन मन||
-सन्दीप ढकाल'दीप'
साउदी अरेबिया
तरही मुसायराको सफलताको कामना गर्दै जानी नजानी दिईएको मिसरा अनुसार आफ्नो गजल यसरी प्रस्तुत गरेको छु , धन्यबाद !
गजलः अज्ञात पाल्पाली
मिसराः पराईको खुशी सँगै नाँच्न पनि मानेन मन
काफियाः नाँच्न
रदिफः पनि मानेन मन
लयः पराईको/खुशी सँगै//नाँच्न पनि/मानेन मन
लयः ४+४+४+५=१७
गजल ;;---
बिछोडको बेदनाले हाँस्न पनि मानेन मन
पर्देशमा बग्छ आँशु साँच्न पनि मानेन मन
संघर्ष हो सफलता जीवनको चुनौती पनि
कर्म होकी भाग्य भन्दै जाँच्न पनि मानेन मन
उनीसँग बाँचा गरे जुनी जुनी जीउँला भनी
पिरतीको सुन्दर् फूल भाँच्न पनि मानेन मन
एकान्तमा तड्पदा नि प्यारो नै छ जुनेली रात
पराईको खुशीसँग नाँच्न पनि मानेन मन
दाँया बाँया उनै देख्छु तन टाढा भएर पनि
आफ्नु छाडी अन्तै नाता गाँस्न पनि मानेन मन
सुमित्रा पौडेल भरतपुर चितवन
हाल ;;-- इजरायल
योजन वित्यास तिम्रेा लागि अब हामी केही रहेनैा ए - सानी
यस्तै रहेछ भाग्य तिम्रेा नरेाउ अब ए - सानी
तिमीलाइृ जेागाउन धेरै रक्षक बनाए थियैां
लुट्नु लुटे तिमीलाइृ माफ गर है ए - सानी
कानून दिन तिमीलाइृ भनी धेरैलाइृ चुनेका थियैां
खेले कुकुर झैं गरी कागज भनी ए - सानी
कुल्ङ्घार छेारा रहेछन् तिमीलाइ अामा भन्न
बुझ्न सक्छैां तिम्रेा ब्यथा टाढा भयैां ए - सानी
नडराउ तिमी अब सबकेा ज्येाति बलिसक्येा
जगाउन तिमीलाइृ अावाज दिन्छैां ए - सानी
........................काँध दिन्छैां ए - सानी ।