यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

घायलको तरही मुसायरा-८

इन्दिरा खतिवडा "प्रयास"
तरही मुसायरा प्रेमी सम्पुर्ण सर्जक ज्युहरुमा साहित्यिक अभिवादन ! यहाँहरु समक्ष 'घायलको तरही मुसायरा-८' पेश गरेको छु । अवस्य एक पटक मेरो ब्लगमा भिजिट गर्नु होला साथै सँधै झैं यहाँहरुको सक्रिय सहभागिताको अपेक्षा पनि गर्दछु । धन्यवाद !



आदर्णीय अग्रज ज्यु समकालिन मित्र तथा पाठकहरु यहाँहरुलाई अवगत भएकै कुरा हो की हाल 'घायलको तरही मुसायरा' आफ्नै ब्लगमा संचालन हुँदै आएको छ । गत श्रीङ्खलाहरुमा बिबिध प्राबिधिक कठिनाइको वाबजुद पनि यहाँहरुको उल्लेख्य सहभागिताले मलाइ निक्कै खुशि बनाएकोछ । समग्रमा भन्नु पर्दा यो गजलको बिकासमा अर्को एक फड्को हो । यसको श्रेया यहाँहरुलाई नै जान्छ र म भित्री हृदयदेखि नै आभार सहित धन्यबाद् ज्ञापन गर्दछु । यसरी नै यहाँहरुको निरन्तर साथ पाइरहने अपेक्षा पनि गर्दछु । साथै यस ब्लगमा दिईएको मत सर्वेक्षणमा सहभागीता जनाएर आफ्नो धारणा राख्नु हुन हार्दिक अनुरोध गर्दछु ।

अरबी, फारसी, उर्दु गजलमा लोकप्रिय 'तरही मुसायरा' एक शास्त्रिय परम्परा हो जसले शायरहरुमा इन्धन (शक्ती) भर्दछ । ठूला-ठुला मुसायराहरुमा तत्कालै कुनै पनि गजलको 'मिसरा-ए-सानी'दिएर गजल कथ्ने र त्यसरी कथेको गजल वाचन गरिन्छ अनी ति मध्यबाट उत्कृष्ट गजललाई पुरस्क्रित गरिन्छ । यस्तो मुसायराले गजलकारहरुले आफुलाई अरुसँग दाँज्ने र सिक्ने अवसर पनि पाउँदछन् ।

'घायलको तरही मुसायरा-८' यहाँहरुको सामु छ । 'घायलको तरही मुसायरा'ले अर्को छलाङ्ग मारेको कुरा यहाँहरुलाई अवगत नै छ । घायलको तरही मुसायरा आफ्नै ब्लगमा सफलता पुर्वक संचालन भईरहेकोछ । संख्यात्मक रुपमा सहभागीता काम देखिएपनी गुनात्मकरुपमा उत्कृष्ट गजलहरु प्राप्त भएकाछन् । यसैगरी यहाँहरुको न्यानो साथ रहने नै छ भन्ने आशा गरेकोछु । सँधै झैं हरेक श्रीङ्खलाहरुमा अलग अलग गजलकारहरुको गजलको मिसरा-ए-सानी दिंदै जानेछु । अझ खुशीको कुरा ! हरेक श्रीङ्खलामा यहाँहरुले पोस्ट गर्नु भएको गजल मध्यबाट उत्कृष्ट ३ गजल छनौट गरेर
संग्रह प्रकाशन गर्ने संकल्प र योजना आफ्नो ठाउँमा छाँदै छ । यहाँहरुलाई अवगत भएकै कुरा हो कि मैले हप्ताको एक श्रीङ्खला आउँछ । आशा छ समय अभावले मैले भाग लिन पाइन भन्ने गुनासो रहने छैन । यहाँहरुले गजललाई राम्रोसँग केलाएर उत्कृष्ट बनाउँन पनि प्रयाप्त समय मिल्नेछ । यहाँहरुसँग म यो बिनम्र अनुरोध गर्दछु कि गजल पोस्ट गर्न हतार नगर्नु होला । तल उल्लेखित नियमको परीधिभित्र रहेर सबैले सहभागीता जनाउँन सक्नु हुनेछ ।

(१)घायलको तरही मुसायराका सहभागीले पालना गर्नु पर्ने नियमहरु

(क) प्रत्येक सहभागीले दिईएको 'मिसरा-ए-सानी'कै आधारमा र त्यो मिसरालाई गजलमा समावेश गरी गजल लेख्नु पर्नेछ । अन्यथा मुसायरामा समावेश गराइने छैन ।
(ख) एक भन्दा बढी गजल पोस्ट गर्न पाइने छैन । गरेमा सबै अमान्य हुँनेछ ।
(ग) गजल तोकिएको अवधिभित्र नै ब्लगमा पोस्ट गर्नु पर्नेछ । म्याद सकेपछी आएको गजललाई छनौटमा सहभागी गराइने छैन ।
(घ) अगाडि अरुले पोस्ट गरेको गजलको हुबहु नक्कल गरेको गजल मान्य हुँनेछैन ।
(ङ) गजल अनिवार्य पाँच शेरको हुनुपर्ने छ ।
(छ) गजलको संरचनामा मिलेको हुनु पर्नेछ ।
(ज) गजलमा अस्लील वा सामाजिक सद्भावमा असर पुग्ने शब्द प्रयोग गर्न पाइने छैन .
(झ) आफ्नै संस्क्रिती,परम्परा,जीवनशैली,भेषभुषा आदी झल्काइएको/समेटिएको गजललाई प्राथमिकता दिईनेछ ।
(ञ) तरही मुसायरामा प्रकासित गजललाई अन्य ठाउँमा प्रकाशन वा प्रसारण गर्नु परेमा स्रोत ,सन्दर्भ वा मुख्य सर्जकको नाम उल्लेख गर्नु अनिवार्य छ ।
(ट) तल दिएको मिसरा-ए-सानी लाई गजलको मतलामा नभै अन्य कुनै शेरमा समावेश गर्नु पर्ने छ  ।
(ठ) अब देखी 'घायलको तरही मुसायरा' ब्लगमा संचालन हुँने भएकोले ब्लगमा पोस्ट गरेको गजललाई मात्रै मान्यता दिईनेछ ।

राधिका माध्यमिक बिद्यालय उर्लाबारी मोरङमा एक जेहेन्दार विध्यार्थीको रुपमा उहाँलाई सबैले चिन्थे  किनकी उहाँ स्कुलको हरेक क्रियाकलपहरुमा उत्कृष्ट नतिजा ल्याउँनु हुन्थ्यो । स्कुल तथा क्याम्पस जिवन देखि नै साहित्यमा रुची राख्नु हुने उहाँका सिर्जनाहरु बिभिन्न पत्रपत्रिकाहरुमा पनि प्रकासित भएका छन् । दमक-८ झापाको स्थाइ बासिन्दा हाल बनेपामा बस्नु हुन्छ अनी रोजगारीको सिलसिलामा इस्राएलमा हुनु हुन्छ । फेसबुकमा निक्कै उत्कृष्ट गजलहरु पस्किंदै आउँनु हुने सर्जकको नाम हो 'इन्दिरा खतिवडा "प्रयास"' आजको घायलको तरही मुसायरा-८' मा मैले उहाँ कै गजलको यो मिसरा-ए-सानी 'संविधान लेख्ने मिती किन सार्छौ पर नेता' लाई मिसराको रुपमा दिएको छु । यहाँहरु सबैले यो मिसराको आधारमा एक पूर्ण गजल लेखि यहि ब्लगमा पोस्ट गर्नु होला ।

जल: इन्दिरा खतिवडा "प्रयास" 
मिसरा: संविधान लेख्ने मिती किन सार्छौ पर नेता
काफिया: पर
रदिफ: नेता
लय: संविधान /लेख्ने मिती //किन सार्छौ /पर नेता
४+४+४+४=१६ 

इन्दिरा प्रयास जीको यहि गजल अनुसार यहाँहरुलाई तरह दिएको थिएँ । गजल कस्तो लाग्यो वाचन गर्नु होला धन्यवाद !


हामी सबै अन्योल छौं छिटो काम गर नेता
संविधान लेख्ने मिती किन सार्छौ पर नेता

थोरै बोली धेरै सोचि निर्णयमा पुग्नु पर्छ
अल्छि बनि नबस भो,अब अघि सर नेता

सधैं तिम्रो बिश्वासमा बाटो हेरि पर्खि रह्यौं 
हामीलाई तिम्ले न'दे कस्ले दिन्छ भर नेता

सुम्पी दियौं खाली पाना अधिकार कोर्न भनि
संबिधान लेखि देशको,युगौं बाँची मर नेता

परिक्षा हो तिम्रो यहि सफल हुनै पर्छ तिमी
प्रयास गर्दै जाऊ तिमी नमानी क्यै डर नेता



गजल पोस्ट गरिसक्नु पर्ने अन्तिम दिन बिहीवार ०५ मे,२०११ रातको १२:०० बजे (युएई समय अनुसार)

ब्लगमा आफ्नो सिर्जना वा प्रतिकृया पोस्ट गर्न असजिलो भएमा तल उल्लेखित तरिका अप्नाउँनु भयो भने सजिलै पोस्ट गर्न सक्नुहुनेछ ।

1) तपाईंले आफ्नो प्रतिक्रिया लेख्न चाहेको श्रीङ्खला वा रचनालाई खोल्नुहोस्
2) त्यसको तल हेर्नुहोस् जहाँ पोस्ट अ कमेन्ट (Post a comment) लेखिएको छ त्यसमा क्लिक गर्नुहोस्
3) एउटा बक्स आउँछ त्यहाँ आफ्नो प्रतिक्रिया वा सिर्जना पेस्ट गर्नुहोस्
4) त्यहाँ आफ्नो परिचयको लागि अप्सन छनौट गर्नुस्
5) Name/URL मा क्लिक गर्नुहोस्
6) त्यसको तल आफ्नो नाम लेख्नुहोस्
7) तपाईंले क्याप्स (बाङ्गो टिङ्गो अक्षर र अंकहरु)आउँछ त्यो देखाएको बक्समा टाइप गर्नुहोस्
8) त्यसको मुनि (Publish your comment) पब्लिस योर कमेन्ट्समा क्लिक गर्नुहोस् अनी प्रकशित हुने प्रतिक्षा गर्नुहोस्

नोट: यदि तपाईं यो ब्लगको सदस्य बनी सक्नु भएको छ भने मात्रै साइन इन गरेर आफ्नो रचना वा प्रतिक्रिया पोस्ट गर्न सक्नु हुनेछ । त्यसैले यहाँहरु सबै सदस्य बनिदिनु होला । धन्यवाद !

Posted by Masti Entertainment on 2:34 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

12 comments for घायलको तरही मुसायरा-८

  1. acharya prabha

    ( गजल ) आचार्य प्रभा

    छाडिदेउ भात खान घाँस पातमा चर नेता
    दौरा सुरवाल त्यागी देउ लंगौटी नै धर नेता।

    कुर्सी मोह माया मार बनबास लाग बरु
    पाप कुण्ड पखाल्नलाई सँग्लो नदी तर नेता ।

    देशलाई खोक्र्याएर आफ्नै पेट कती भर्छौ ?
    कुना कुनी खाल्डो खाल्डी निस्वार्थले भर नेता ।

    कती चड्छौ स्वार्थी बनी लोभको लिस्नो अझै पनि
    दया गरी जनता सामु निँहुरेर झर नेता ।

    निरीह भइे जनता अझै कुरिरा'छन् परिवर्तन्
    संबिधान लेख्ने मिती किन सार्छौ पर नेता ।

    देश डुब्यो जनता मरे तर पनि निर्धक्क छौ
    यदी मान्छे हुँदा हौ त राख्थ्यौ होला डर नेता ।

    ( रचना /अप्रिल/ २९/ २०११ अमेरिकी समय दिनको ४ बजे )

  2. Buddhi Moktan

    घायलको तरही मुसायरा -८

    गजल: इन्दिरा खतिवडा "प्रयास"
    मिसरा: संविधान लेख्ने मिती किन सार्छौ पर नेता
    काफिया: पर
    रदिफ: नेता
    लय: संविधान /लेख्ने मिती //किन सार्छौ /पर नेता
    ४+४+४+४=१६

    ---------------------------------

    ज्ञान बुद्धि नयाँ चिज देशै भरि छर नेता
    जनता साथ हुन्जेल किन मान्छौ डर नेता

    राजनीति त्यस्तै त हो सत्ता माथी जानु पर्छ
    नपुगे नी ठीकै छ नी आफ्नै बस्ती झर नेता ।

    गाली मात्र छैन पो त ताली पनि तिम्रै न हो
    जनताकै मन जित्ने त्यस्तो काम गर नेता ।

    देश तान्छौ दुर-दर्शी सु-बुद्धिले अघि भन्ने
    बिस्वासको ठूलै दीप गरेकाछौ भर नेता ।

    हुन्छ गर्छौ भन्ने अठोट् कहाँनिर चुक्यो कुन्नी!
    संबिधान लेख्ने मिती किन सार्छौ पर नेता ?

    -बुद्धि मोक्तान'योद्धा '
    २०११/०४/३०

  3. इन्दिरा जी ! लाई धन्यबाद अनि घायलको तरही मुसायराको सफलताको कामना गर्दै भाग -८ को लगि मेरो गजल यसरी लेखेँ
    गजल: इन्दिरा खतिवडा "प्रयास"
    मिसरा: संविधान लेख्ने मिती किन सार्छौ पर नेता
    काफिया: पर
    रदिफ: नेता
    लय: संविधान /लेख्ने मिती //किन सार्छौ /पर नेता
    ४+४+४+४=१६

    महलको बास छोडी झुपडी मा झर नेता
    गरिबी को पीडा सही अनुभब गर नेता

    भोट माग्ने बेला भने ठुला ठुला बाँचा गर्छौ
    कति पर्ने सधैं हामी तिमी माथी भर नेता

    बोल्छौ यौटा गर्छौ अर्कै धोका दिने तिम्रो चाल
    यस्तै चाल गर्छौ भने मान्दै गर डर नेता

    जनताको चाहाना मा खेलवाड गर्छौ किन
    संबिधान लेख्ने मिती किन सार्छौ पर नेता

    जेष्ठ चौध सम्म पनि संबिधान नबनेमा
    केही काम छैन अब तिमीहरु मर नेता

    अज्ञात पाल्पाली

  4. Anonymous

    यहाँको अभियानमा सहभागी हुन पाउँदा खुसी लाग्यो । विभिन्न कारणले गर्दा ढिलै भएपनि घायलको तरही मुसायरा-८ का लागि गजल कोर्ने प्रयास गरेको छु । धन्यवाद ।

    गजल: इन्दिरा खतिवडा "प्रयास"
    मिसरा: संविधान लेख्ने मिति किन सार्छौ पर नेता
    काफिया: पर
    रदिफ: नेता
    लयस् संविधान/लेख्ने मिति/किन सार्छौ/पर नेता
    ४+४+४+४=१६

    घायलको तरही मुसायरा-८ का लागि गजलः

    बिना काम ढलिमली किन मार्छौ तर नेता
    लोकतन्त्र हितकारी केही काम गर नेता

    शान्ति जप्ने माला भयो, हरायो संविधान
    आपसको अविश्वास विश्वासले भर नेता

    वर्षमाथि वर्ष थप्छौ, काम जहाँको तहीँ हुन्छ
    संविधान लेख्ने मिति किन सार्छौ पर नेता

    अन्योल र त्रास बढ्यो, महँगी झन् चुलिँदैछ
    सामाजिक सुरक्षाको प्रत्याभूति छर नेता

    हामी मिले देश बन्छ, माटोले त्यही भन्छ
    सहमति, सहकार्य एकताको घर नेता

    नेपाल रहे हामी हुन्छौँ, यही हो मूलमन्त्र
    सद्भावको शंखघोष गर्न अघि सर नेता

    टेकेन्द्र अधिकारी
    विराटनगर, नेपाल

  5. इन्दिरा खतिवडा "प्रयास" को तरह~
    संबिधान लेख्ने मिती किन सार्छौ पर नेता

    कति सोच्छौ आफ्नु मात्र बरु तिमि मर नेता !
    खुन मात्रै नचुस न देशको लागि गर नेता !!

    केहि झुठा आस्वासनले पुग्ने छैन अब हेर !
    जनताको आँशु देखि अब तिमि डर नेता !!

    तिम्रो भर पर्दा पर्दै आशा गर्नै छोडिसके !
    संबिधान लेख्ने मिती किन सार्छौ पर नेता !!

    विश्वले नै कुनै दिन शान्तिभूमि भन्ने गर्थ्यो !
    यो पबित्र भुमि किन द्वन्दको भो घर नेता !!

    हामी भनें दुख गर्ने तिम्रो देख्छौ कृष्णलीला !
    हाम्रो पैसा तिम्रो मोज ,बिदेशमै चर नेता !!

    हिरु शर्मा ,,बिराटनगर
    नेपाल ....

  6. sanajaya

    सबैमित्रहरुमा मेरो नमस्कार अनी मेरो गजल पडेर सल्ल्ह र सुझाब राख्नु होला /



    गर्नुपर्ने काम थियो किन सर्छौ पर नेता ,

    हिम्मत राखेरनै केहिन केहित गर नेता ।।



    सबै नेता भन्छन् मेरो पार्टी धेरै राम्रो हो ,

    राम्रो काममा सबैले सहमती गर नेता ।।



    सबैलाई चहिएको छा सेना समयोजन ,

    संबिधान लेख्ने तिमी किन सार्छौ पर नेता ।।



    शान्ति आउनेनै आशामा छन सबै जनता,

    शान्ति नल्याउनेभए सदन छाडी झर नेता ।।



    संबिधान बन्नेछ भन्दा भन्दै अहिलेसम्म,

    संबिधान लेख्ने कुरा आजैबाट गर नेता ।।

    सञ्जय कुमार खड्का

    हाल :- साउदिअरब

  7. sanajaya

    सबै मित्रहरु मेरो पहिला को गजल हतार हतार म बनाएको ले केही त्रुटी हुन गएछ अहिले सच्यार पेश गरेको छु /

    गर्नै पर्ने काम थियो किन गर्छौ देर नेता ,
    हिम्मत राखेरनै केहिन केहित गर नेता ।।



    सबै नेता भन्छन् मेरो पार्टी धेरै राम्रो हो ,
    राम्रो कर्म सबैजना सहमती गर नेता ।।



    सबैलाई चहिएको छा सेना समयोजन ,
    संबिधान लेख्ने तिमी किन सार्छौ पर नेता ।।



    शान्ति आउनेनै आशामा छन सबै जनता,
    किन बस्छौ आँखा तरी सदन छाडी झर नेता ।।



    संबिधान बन्नेछ भन्दा भन्दै अहिलेसम्म,
    सबै मिली सहमती आजैबाट गर नेता ।।

    सञ्जय कुमार खड्का

    हाल :- साउदिअरब

  8. जनताको ईच्छा केहो बुझ्ने चेष्टा गर नेता
    केही दिन नसके नि नबिगार्नु तर नेता।

    देश बासी बसेका छौ तिम्रै आशा भरोषामा
    संविधान लेख्ने मिती किन सार्छौ पर नेता।

    छोड अब बिदेशीको चाकरी र पाउ पर्न
    हामी आफै सक्षम छौ उठ अघि सर नेता।

    जनताको धैर्य टुटे कस्तो हुन्छ थाहै होला
    यो नेपाली जनताको शक्ति सँग डर नेता।

    नेपाल नै नरहेमा कहाँ हुन्छ तिम्रो घर
    त्यसैले त पैले देश अनि बनाउ घर नेता।


    सुवास श्रेष्ठ गोरखा नेपाल।

  9. राजेन्द्र

    गजल: इन्दिरा खतिवडा "प्रयास"
    मिसरा: संविधान लेख्ने मिती किन सार्छौ पर नेता
    काफिया: पर
    रदिफ: नेता
    लय: संविधान /लेख्ने मिती //किन सार्छौ /पर नेता
    ४+४+४+४=१६

    सक्छौ भने हुन सिक पिपलु र बर नेता ।
    त्यो भन्दा नि असल त झुपडीको खर नेता ॥

    निती तिम्ले लेख्‍नु पर्ने हाम्रै लागी हो नी हैन?
    सम्विधान लेख्‍ने मिति किन सार्छौ पर नेता ॥

    सोझालाई पाखा लाउँछौ गुण्डालाई काखाँ राख्छौ ।
    भन्न मन लाग्छ तिम्लाई तिम्रो बुद्दि छ'र? नेता ॥

    रातो हुन्छ सबको रगत तिम्रो पनि रातै होला ।
    काटी हेर्छौं भन्छन् अब बिष खाइ मर नेता ॥

    सक्छौ गर राम्रो यहाँ नराम्रो चैं किन गर्छौ ?
    पिडा जान्ने मन भए आउ हाम्रै घर नेता ॥

    राजेन्द्र मल्ल
    बैशाष २२, २०६८

  10. Sumitra poudel

    साहित्य प्रेमी सम्पूर्ण मित्रहरुमा साहित्यिक अभिबादन टक्राउँदै घायलको तरही मुसायराको सफलताको कामना गर्दछु !! भाग -८ को लागि जानी नजानी सहभागिता जनाउँने प्रयास गरे !
    कार्य व्यस्तताले ढिला हुन गएकोमा माफी चाहन्छु ! गजल: इन्दिरा खतिवडा "प्रयास"
    मिसरा: संविधान लेख्ने मिती किन सार्छौ पर नेता
    काफिया: पर
    रदिफ: नेता
    लय: संविधान /लेख्ने मिती //किन सार्छौ /पर नेता

    गजल ----

    बिलम्ब भो अब हेर सहकार्य गर नेता
    जनताको धैरे टुट्ला शक्तिसँग डर नेता

    किन स्वार्थी बन्यौं आज देशैलाई बिर्सिएर
    सहिदको रगत् सम्झि एक हुन सर नेता

    लोकतन्त्र भन्छौ अझै छैन हक अधिकार
    संबिधान लेख्ने तिमी किन सार्छौ पर नेता

    देश भन्दा कुर्ची माथि माया मोह बढ्यो तिम्रो
    सत्य बाटो लिएनौ नि अब के को भर नेता

    आफ्नो देश बनाउँन आफै अघि सर्नु पर्छ
    दुब्ला देश किन पर्छौं बिदेशको भर नेता

    बिश्व सामु नझुकोस् है नेपालको उच्च शिर
    आफ्नो माटो समाएर अझै बाचा गर नेता !!

    सुमित्रा पौडेल भरतपुर चितवन
    हाल -- इजरायल

  11. sabina siru

    गजल: इन्दिरा खतिवडा "प्रयास"
    मिसरा: संविधान लेख्ने मिती किन सार्छौ पर नेता
    काफिया: पर
    रदिफ: नेता
    लय: संविधान लेख्ने मिती किन सार्छौ पर नेता
    ४+४+४+४=१६


    गजल

    जनताको चाहनाको कदर अब गर नेता
    मनोभाव बुझीकन माया मनमा भर नेता ।

    कति घस्छौ चिप्लो मात्र काम गरी देखाउदै
    चिप्लो बाटो आजै छाडी गोरेटोमा झर नेता ।

    महलमा मात्र हैन झुपडीको दियो बनी
    गरिबीको साथी हुँदै अब गाँउ सर नेता ।

    दिएकै हो समय त फेरि किन ढिलो गर्ने
    संबिधान लेख्ने मिती किन सार्छौ पर नेता ।

    रगत हाम्रो एउटै हो सबै हामी नेपाली हौं
    सिरु फूल्ने बगरमा सदभावना छर नेता ||

  12. राजेन्द्र

    प्रयास जीको गजल मिठो लाग्यो । धन्यवाद !

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011