नियात्रा---दीप्स शाह
१८ अक्टोबर २०११
पूर्वतिर छ्याङ्गै आकाश खुलेकोछ मानौँ निलो च्यादर अनन्त फैलिएकोछ। जस्तो मेरो घर माथिको द्यौरालीबाट देखिन्थ्यो बिशुद्द नेपाली आकाश। अक्टोबर महिनाको आकाश, धर्ती, फूलपात, हावाको बयली, भुल्काभुल्की बादल सबै सबै मलाई असाध्यै मन पर्छ। यही चुल्बुले मौसममा मैले धर्तिमा पाइला टेकेको भएर पनि होलाशायद । मन फुर्फुर गर्दैछ चटारोले उतिकै चेपेकोछ ।केही दिने जेरुसलेम घुम्डुल्को तयारी जो गर्नुथियो। 'एरुसलायम सेल जहाब'(सुनको जेरुसलेम) भनेर सम्पूर्ण याहूदीहरुले हृदयनत प्रार्थनागर्नेठाउँ, संसारका तीन ठुला धर्म उत्पती र बिकास भएको अपूर्ब पवित्रस्थल जहाँ दुनियाँका हरेक मान्छे जीवनमा एकपटक पुग्ने अभिलाषा राख्छन् यस्तो अदभूत ठाउँमा संयोगले पटकपटक पुगिसकेको छु तैपनी यो पटक केही खास छ जो केही दिने लामो बसाइ त्यही अदभूत रमणिय जेरुसलेमको छातीमा हुनेभएकोछ।
इजरायली बिहानको १०:१५ तिर कारले मोनोसोनको सानो बस्तीलाई पछाडि छोडेर मिजराखतिर(पूर्ब)हुइंकियो। 'ओद मेया मितरिम पोने स्मोला'(अबको सय मिटरपछी देब्रे मोड) भन्दै फत्फताइरहेको अत्याधुनिक आदेशकर्ता(जी पि एस्)को अनुसरण गर्दै रामी एकसुरले कार हाँकिरहेकोछ भने चिपोरा उत्सुक मुद्रामा तर शान्त बसिरहेकोछिन अगाडिको सिटमा । म भने बानिअनुसार कानमा एम्पिथ्रीको एअरफोन कोचेर पछील्लो सिटमा खाँदिएको छु तर हातैमा सानो डायरी र कलम भने खडीखडाउछन् नयाँ कुरो देख्नेबितिक्कै टिप्न भनेर।
 |
| याहूदी प्रार्थनाघरभित्रको एक झलक |
अलिक यता त आकाशमा बादलका अनेक बिम्ब देखिन थाले। कुशल कलाकारले कुँदेर राखेका आकृतिजस्ता लाग्ने कन्चन् सेता बादलका भुल्काभुल्की नियाल्दै सम्झनाको भन्ज्याङ तरेर म खुत्रुक्क आफ्नै धादिङ्गको थाक्रे पुगेछु वालवयमा चुल्बुलिन। दसैं तिहार ताकको कन्चन् आकाश नियाल्दै घण्टौँ बिताउंथेँ आकाशमा फिर्फिराइरहेका बादललाई मनमनै अनेक आकृतिमा ढाल्दै कल्पनागरेर। कतिपटक त बेसुरी केटी कती कामचोर हुनेभै ! भनेर आमाले कपाल उखेलिदिनुभएको सम्झना अझैपनी छ ।
रामजोर(रातो बत्ति) मा घ्याच्च कारले झट्का दिएपछी पो बिगतको भर्र्याङ्ग झरेर आजैको यथार्थमा टुप्लुक्किएँ। चिपोराको लम्बेतन गफ अगी सुरु भैसकेको छ। रामी सही थाप्दैछ। कारले गती लिएको लियै छ। वरीपरी स-साना थुम्के पहाडले जेरुसलेमा नजिकिन लागेको संकेत गर्दैछ। हामी ३५ मिनेट गुडिसकेकाछौँ। यसपालीको घुमाइमा सक्दो मज्जा लुट्ने मेरो धोको जो छ। इजरायली वर्क ल अनुसार बिदेशी कामदारले कानुनत: भिसा रिन्यु गर्न पाउने तोकिएको ४ बर्ष ३ महिनाको अवधी पारगरिसकेको छु। अबको इजरायली बसाइ भनेको चिपोराले मायागरुन्जेल र साच्चै भनुभने चिपोराले श्वास फेरुन्जेल हो। किनकी माया त उनले मलाई बिछट्टै गर्छिन भन्ने त थाहा छ नै। यस्तो कतिखेर कुम्लो बोकेर एअरपोर्ट हानिनुपर्ने हो भन्ने संत्रासी समयमा जतिसक्दो धेरै रमाइला ठाउँहरु घुमिसक्ने रहर हुनु अस्वाभाबिक पनि त होइन। सानै भएपनी बेहुली जस्तो चिरिच्याट परेको सुबिधासम्पन्न मुलुक इजरायलमा यस्ता मनोमुग्धकारी स्थान फेरी कती हुन् कती!
 |
| फास्ट ट्रेन |
इजरायलकै नामिमध्यको एक पांचतारे होटल 'मालोन एच जाइत' (दि ओलिभ ट्री होटेल')हाम्रो गुँड रहनेछ यो घुमाइको अवधिभरी जो चिपोराले केही हप्ता पहिलेबाट बुक गरिराखेको थिइन। दिनको १२ बजेतिर कारले हामीलाई होटलको ढोकामा पुर्यायो। चाडबाडको बेला परेको छ होटल पनि असाध्यै खचाखच रहेछ। आधाघण्टा त चेकइन मै लाग्यो। भब्य शानदार ओलिभ ट्री होटेल वास्तबमा एक ऐतिहासिक नमुनापनी रहेछ।### ईतिहास अनुसार करीब २००० बर्ष पहिले याहूदी राजा किङ्ग दबिद समयसमयमा त्यही ओलिभको रुखमुनी टहल्थे रे। पछी समयको अन्तराल पछी पनि उसैगरी समयचक्रको उतारचढाब हेर्दै उभीइराखेको त्यही ओलिभको रुखलाई ओरिपरिबाट घेरेर होटल बनाइएको रे। त्यसबेला देखी होटलको नाम पनि उही रुखकै नामले राखिएको रहेछ। अहिले त नयाँ अत्याधुनिक बिल्डिङ्ग छ नै तर स्थापनाकालको पिल्लर र भित्तो एकपट्टी अझै जस्ताकोतस्तै देखियो। र त्यही २००० बर्ष पुरानो ओलिभको रुखपनी उसैगरी ठिङ्ग उभिएर मलाईनै हेरिरहेझैँ लाग्थ्यो। यस्तो ईतिहासे ओलिभको रुख, होटल र अन्य धेरै जानकारी एकैछिनमा होटेलका म्यानेजर मिस्टर मेहेर बाट लिना भ्याइहालेँ।### हंसिला मिजासिला मेहेरले अरुपनी निकै रमाइला प्रसंग बताए र मेरो देशबारे जान चाहे। 'नेपाल' भन्ने बितिक्कै फुरुङ्ग पर्दै भन्न भ्याए कि अहिले सम्म उनी नेपाल पुगेका छैनन रे तर निकट भबिस्यमै जाने सोच छ रे। साह्रै सारै सुन्दर देश है नेपाल त! भनेर मेहेरले भनिरहँदा म भित्रभित्रै जलिरहेकोछु पीडाले कि मेरो सुन्दर देश नेपालको अनुहारभरी चोटैचोट छ देशमारा नेताहरुले कोपरेर चिथोरेर। जती यिनिहरु विश्वमानचित्रमा गुगल सर्च गरेर नेपाल सुन्दर देख्छन त्यो यथार्थमा ईतिहास हुनलागिसक्यो। मेरो नेपाल त कुरुप बनिसकेकोछ, दुखिरहेकोछ भग्न अनुहार लिएर हिमाली फेदिमा। यि सबै तिक्त यथार्थ मुटुको एक कुनामा थन्क्याउँदै मेहेरको हात समातेरै धन्यवाद भनेँ र मेरो सुन्दर शान्त नेपाल एकपटक होइन पटकपटक आउन आग्रह गर्दै आफ्नो रुम तिर लाग्यौँ।
 |
| १९६८ को ६ दिने युद्धमा प्रयोग भएको ट्यान्कर |
अगी काउण्टरबाट दिइएको कार्ड सुँघाइदिएपछी चुइँक्क गर्दै ढोका खुल्यो। आफु फ्रेस हुन्जेल हातेब्यागलाई लडाईंदिएँ सुकिलो बिस्तारामा। प्रतिक ढकाल दाइले भन्नुभएझैँ पैसो तिरेको बिस्तारामा आफुले नभ्याउंदा झोला ले नै पनि आराम गरोस् न हैन त ! एकैछिनमा तयार भएर लाग्यौँ यहुदिहरुको पुराना मध्यको एक प्रार्थनाघर हेर्न। ८० किलोको भारी ज्यान ठस्ठस पार्दै ढोकैनेर पुर्याएँ चिपोरालाई तर भित्र पो पस्न दिएनन् दुइजाना दारिवालहरुले। धर्ममा विश्वाश गरेपनी केही बेकारका अन्धबिश्वास म संधै नकार्छु तर यस्तो त मेरो धर्ममा मात्रै नभएर अरुमा पनि हुनेरहेछ। कट्टर यहुदिहरुका अनुसार मुलप्रार्थनाघर छिर्नको लागि महिला र पुरुषका लागि अलगअलग ढोका रहेछ हामी पुरुषका तिर पुगेछौँ। "असुर असुर! बिख्लाल लो याखोला। तिल्खि ले देलेत निसिम"(पाप लाग्छ! महिलाको ढोकाबाट जाउ!") भन्दै दारिवालले हप्काएपछी लुरुक्क हामी फर्कियौँ अर्को बाटो। आखिर विश्वाश र कट्टरताको नाममा अतिबाद त जहापनी लागुहुनेरहेछ चाहे त्यो बिकशित मुलुक होस् या अबिकशित।
आहा! सुनैसुनको मोलम्बाजस्तो के के हो भित्र त! कती भब्य कती शानदार! कती खर्छ गर्न सकेका! अती मनोरम प्रार्थनाघरको द्रिश्यावलोकन गरिसकेपछी लाग्यौँ जेरुसलेम ओल्ड सिटी तिर।
पश्चिम जेरुसलेममा अवस्थित यो बजारमा लग्भग सबै मुस्लिम ब्यापारी छ्न् \ उसोर याहूदीहरुको सबाथ(शनिबारे धार्मिक छुट्टी)मा पनि यो बजार खुलानै रहन्छ। अन्यथा याहूदिहरु सबाथमा काम ठप्प गर्छन्। बजार, अफिस यहाँसम्मकी सार्वजनिक सवारी साधन समेत सबाथअवधिभरी खुल्दैनन्। यो ओल्ड सिटीको अवस्थिती हेर्दा मलाई हाम्रो भ्रिकुटीमण्डपको झल्को आयो। उस्तै लम्बेतन कतकता लमतन्न पसारिएको बजार। खुल्ला गरेर समान यताउता झुण्ड्याएर चिच्याइ चिच्याइ ग्राहकलाई बोलाइरहेका पसलेहरु अनी सामानको भाउपनी भ्रिकुटी मण्डपकै जस्तो सुरुमा चौबर भन्ने अनी बार्गेनिङ गर्दै दोबर या कहिले त एकरसम्म पनि झरेर बेच्ने।
घुम्दैगर्दा भाउगरीगरी बल्ल दुइओटा बाला किनेँ मैलेपनी भोली नेपाल गएपछी सारीचोलिमा लगाउँला भनेर। भोक लागिहाल्यो । घुमेर हेरेर आँखाले भोक नटर्ने फेरी। केही चारो त हाल्नै पर्यो । सानो पसलमा खाजा खाँदैगर्दा चिपोरा झन्डै त्यहीँ ननीदाएकी। बुढाबुढी मान्छे त्यतिको हिँड्दा नथाक्ने त कुरै भएन । अनी उनिलाई होटेलमा लगेर छोडेर हामी निस्कियौँ 'रकेभेत काला'(फास्ट ट्रेन) हेर्न जो केही महिना पहिले मात्रै इजरायलमै प्रथमपटक सुरु गरिएकोछ र अहिलेसम्म निशुल्क यात्रा गर्न पाइने रहेछ।
तलचाही रेलकै जस्तै मसिना दुईओटा लिकमा घस्रिने अनी माथिचाही पहिलेपहिले हाम्रोमा भएको ट्रली बसको जस्तो तारमा झुण्डिएर बिजुली बेगमा हुइंकिने बसमा चढेपछी रमाइलो लाग्यो। अब हाम्रोमा भएको ट्रलिबसलाई 'उहिलेउहिलेको' नै त भन्नुपर्यो नि! आफुले गर्नु त छैन छिमेकीले उपहार दिएको संरचना समेत कुत्ताले बिष्टा भेटेझैँ हसुरेर सिध्याइहाले देशमाराहरुले। अब त ट्रलिबस हाम्रैलागी त ईतिहास भैसक्यो भने हाम्रा छोरानातीका लागि त नेन्डरथल मानवजातिको अस्तिपञ्जर भन्दापनी दुर्लभ हुनेनै भयो । के गर्नु! पिछडिएको देशको नागरिकको तक्दिर है! भाग्यले केही राम्रा कुरा देख्न मिल्दापनी उही आफ्नो देशको भलिभाँडसँग तुलना गर्दै मन अमिलो भैहाल्ने! मजालिनु त कता हो कता! आफ्नो देशको हविगत सम्झेर चुक्चुकाउनुपर्ने!
 |
| होटेल ओलिभ ट्री |
### चिप्लेकिरो जस्तै लामो तर टकल्ल टल्किएको फास्ट ट्रेनले आवाज समेत नगरिकन कतिखेर हामीलाई पूर्बी जेरुसलेमको जाफ्फा'याफ्फो' सिटिमा पुर्याइसकेछ। 'एम लेस वण्डरिङ्गग' भनेजस्तो बिनाकाम बिना गन्तब्य उही फास्ट ट्रेन हेर्नका लागि बत्तिएका हामी समय कटाउन एउटा ठिकैको कफिशपमा पस्यौँ। ढोकैमा एउटा जर्मन जस्तो देखिने बुढो मान्छे गीतार बजाउँदै हात थापिरहेको रहेछ। उफ्फ! मगन्तेहरुको भिडबाट उम्किएर यता आयको 'म' लाई यताका मगन्ते देख्दा अचम्म त लाग्दैन तर मनमनै भन्छु मगन्ते भनेको सबैदेशको गहना पो हुन कि क्याहो! आखिर सबैतिर हुनेरहेछन् बा! तर बिकसित देशको आधुनिक मगन्ते क्या! सुकिला र राम्रा लुगा जुत्ता लगाएर महङ्गै देखिने गीतार बजाइरहेको सभ्य मगन्ते! एक सेकेलेको ढ्याक दिउँ कि भनेको रामीले छेक्यो। गरिखाने हात खुट्टा भएकालाई किन दिनु! उस्कओ तर्क गलत थिएन ,मैले सेकेल खल्तिमै फर्काएँ।
साँझ ओर्लिन लागेछ होटल फर्किँदा। हतारहतार गरेर डाइनिङ्गहलको कार्यक्रम सकेपछी फेरी लागियो 'मिग्दाल दबिद'(डेबिड टावर)मुन्तिरको ऐतिहासिक भग्न पर्खालमा साँझ थपक्क ओर्लिएपछी देखाइने बिशेष ऐतिहासिक जानकारीबारेको शो' ओर भे कोली' (उज्यालो र आवाज) हेर्न।### प्रचिन याहूदी राजा डेबिडकै पालको मानिने एक भग्न टावर मुनिको भित्तोमा साँझपछी बिभिन्न बिधुतिय प्रकाश ठोकाइएर आवाज सहित याहूदिराज्य इजरायलको प्राचिन ईतिहासदेखी इजिप्सियन, रोमन, जोर्डनियन, टर्किस, ब्रिटिश लगायतले पटक पटक हमलागरेर आधिपत्य जमाउँदै कसरी इजरायलले उतारचढाब भोग्दै आजको इजरायल हामीमाझ छ भन्ने दर्शाउने महत्वपूर्ण यो शो हेर्न दैनिक ठुलो सङ्ख्यामा देशीबिदेशीहरुको घुँइचो लाग्दोरहेछ। यसबाट सबैलाई ऐतिहासिक जानकारी पनि हुने भयो। हर एक इजरायली तथा यहुदी साना नानीहरुले पनि उक्त शो हेरेर आफ्नो पुर्खाको बलिदान र आफ्नो माटोको महत्व मनन गर्न सक्छन भनेर पनि इजरायलीहरुले यस्तो काम प्रसस्तै गरेको देख्न पाईन्छ । यिनिहरु ईतिहासका हरएक घटना, चिजबिज र सम्झना बचाइराख्छन् भोलिसम्म गौरब गर्न, खबरदारी गर्न र देशप्रतिको माया अटुट राख्न। हाम्रोमा झैँ नितान्त निजी स्वार्थ पुरागर्न मन्दिरको मुर्ती देखी हावाइजहाजको टायर् समेत खर्लप्पै निल्ने यहाँँ पटक्कै गरिँदैन र त ६३ बर्षे ईतिहासमा इजरायल संसारको बिकशित् मध्यको मुलुकमा गनिदोरहेछ। हाम्रो दरिद्रताले यसरी हामीलाई पाइलाइपिच्छे खाडलमा जाक्दै इर्श्यामा जलाउँदोरहेछ पराइको सम्पन्न रस्तिबस्ती देखेको हरेक पटक। जो म पाइलाइपिच्छे अनुभुत गर्दै खरानी बनिरहेछु यतिबेला डेबिड टावरको मुन्तिर।
होटल फर्किंदा रातको १० नाघिसकेछ। चिपोरा त अघिनै लखतरान भएकिथीइन। एक एक कप ग्रीन टि सुर्क्याएर सबै आ-आफ्नो बिस्तारामा ढल्कियौँ । म भने प्रतिक ढकाल दाजु को प्रसिद्द पुस्तक 'चिनको विचित्र चित्र' मा एकछिन हराएँ। तर एकैछिन मात्रै हो है! अचार झैँ पुर्याइपुर्याइ पढ्नुपर्छ नेपाली पुस्तक यो कहरको बिदेशमा। चार पेज जती पढेर शिरानीमुनी थन्क्याएर निन्द्रादेबीकोमा प्रस्थान गरेछु छिट्टै नै।
 |
| करीब २००० बर्ष पुरानो ओलिभ ट्री |
१० अक्टोबर
बिहान अलिक अबेरै आँखा खुलेछ। हतारोमा खाजा भकुरेर लागियो 'अम्युनिशन हिल' तिर। ### सन् १९३० को पूर्वार्धतिर ब्रिटिशले इजरायलमाथी आधिपत्य जमाएको समयमा उत्तरी इजरायलको यही स्थानमा आफ्नो प्रहरी एकेडेमी खोलेको रहेछ र यस् ठाउँको न्वारन गरेको रहेछ 'अम्युनिशन हिल' भनेर। तर अहिलेका इजरायलिले यो ठाउलाई यतिको श्रद्दा र महत्व गर्नुको कारण भने त्यतिनै महत्वपूर्ण रहेछ। त्यो के भने अन्तिमपटक ब्रिटिश उपनिबेश बाट मुक्त हुन सन् १९४७-१९४८ मा भएको स्वतन्त्र संग्राम पछी इजरायल त स्वतन्त्र देश भएछ तर उत्तरी जेरुसलेमको हालको अम्युनिशन हिल लगायतको भुभाग जोर्डनले कब्जागरेछ सन् १९६७ सम्म। यसरी ईतिहासको त्यो कालखण्डमा २० बर्षसम्मा जेरुसलेम आधा इजरायली आधा जोर्डनियन भएर रहेछ। त्यसपछी सन् १९६७ जुन महिनामा छेडिएको ६ दिने युद्दमा १८२ बहादुर इजरायली सुरक्षाकर्मी तथा सर्बसाधारणले प्राण बलिदान दिएर र कैयौँ क्षत्बिक्षत भएर त्यो गुमेको आधा जेरुसलेम फिर्ता लिएका रहेछन्। उक्त १८२ जनाले ज्यान गुमाएकै स्थानमा १८२ वटै जैतुनका बिरुवा रोपेर लडाईंँसमयको भौगोलिक रुपरेखालाई जस्ताकोतस्तै राखेका रहेछन इजरायलिहरुले राष्ट्रिय मेमोरियल साइटको रुपमा। कतिसम्म भने त्यही स्थानमा सैनिक म्युजियम समेत बनाएर त्यो युद्दका अनेक सम्झना जस्ताकोतस्तै राखेकारहेछन बडो श्रद्दा गरेर। र हरेक बर्ष जेरुसलेम डे सेरेमोनी पनि यही स्थानमा मनाइँदोरहेछ राष्ट्रिय सम्मानका साथ्।
यिनले जती नै ईतिहासमा हामीले हण्डर ठक्कर नखाएपनी लडाईंं हाम्रोमा पनि भएको थियो। स्वाधिनता कायम राख्न हाम्रा पूर्खापनी यसैगरी लडेका थिए र शहादत प्राप्त गरेका थिए। फरक यती हो यिनिहरु ति बहादुरहरुले रगत बगाएर जोगाएको आफ्नो माटोको कण कणलाई प्राणभन्दा प्यारो मान्छन र ति बहादुरहरुलाई सदा हृदय रित्याएर श्रद्दा गर्छन्। हामी ईतिहास बिर्सन्छौँ, शहिदको बलिदानिलाई सम्झना समेत गर्दैनौँ र निहित स्वार्थको निमित्त आफ्नै देशको टुक्राटुक्रा बिक्री गर्छौं। जम्माजम्मी ६३ बर्षे इजरायल र अनन्त ईतिहास बोकेको नेपाल बिचको कल्पनाइ गर्न नसकिने असमानताको अनेक कारण मध्य यहिनै ठुलो कारण मैले अणुभब गरेँ हामी पिछडिनुमा। अम्युनिशन हिलको अवलोकन गरुन्जेल यस्तैयस्तै कुराले मलाई बिथोलिरह्यो।
चिपोरा बिचरी भसक्कै थाकिन् । लन्च पनी बहिरै भ्यायौँ । ति आर्मिका बंकर र ट्रेन्च घुम्दा त लखतरान पो भैएछ ! सिधै रुम फर्केर डङ्रङ्गै बिस्तारामा पछार्यौँ आफुलाई। निदाएछु पो म त भुसुक्कै। ओहो! साँझ परिसकेछ ,यतिबेला सम्म सुतेछु! डाइनिङ्ग हलमा निकैबेर गफिंदै खाना खाएपछी रुममा एक कप ग्रीन टि नसक्दै फेरी घुस्रिएँ बिस्तारामै।
 |
| पवित्र बाइबल राखिएको सिमेण्ट तुम्बो |
२० अक्टोबर
आज त छिट्टै आँखा खुल्यो। ब्रेकफास्ट सकेर झोला तुम्बी बांध्यौँ। आज दिनको ३ बजेसम्म होटेल बाट चेकआउट हुनुपर्नेछ। आ! को फेरी घुमेर यतै फर्कियोस् ,,बरु अहिलेनै झिटिगुम्टी बोकेर होटेललाई बाइ भन्ने भनेर बाटो लागियो केही दिन बसेको एक प्रशिद्द इजरायली ऐतिहासिक होटेललाई छोडेर। बिहानको १० बज्यो। हामी यतिबेला इजरायली सबैभन्दा ठुलो म्युजियममा छौँ। म्युजियम यसैपनी ज्ञानर्वर्धक स्थल हो। झन यो म्युजियम त ईतिहासको विश्वाबिद्यालय जतिकै रहेछ। ओहो कती अचम्म लाग्दा चिजबिज !! तेर्हौँ शताब्दिमा मुर्दा राखिने कफिन जो ठ्याकै मान्छेकै स्वरुप जस्तो देखेर कम्ती अचम्म लागेन। पन्ध्रौं शताब्दीमा आबिस्कार गरिएको शिशाको सामान देख्दा कतिकक्षामा हो शिशा बन्न चाहिने तत्व(silica+soda+lime)सरले पढाएको सम्झिएँ।प्रथम शाताब्दीतिरका भाँडाकुँडा, चिजबिज र रहनसहनको अनेक भौगर्भिक सरसामानहरु बओड गहिरो खोज र अनुसन्धान गरी जतनले सजाइेको रहेछ। जहाँ सिङ्गो सृस्टिको आध्योपान्त जानकारी पाउन सकिने। दुर्भाग्य भनौँ यि सबैथोक हेर्न यहीँ आउनै पर्ने रहेछ। किनकी भित्र पस्दैगर्दा 'तस्बिर खिच्न सख्त मनाहिछ" भनेर उर्दी जारी भएको थियो। म्युजियम भित्रैपनी ठाउठाउंमा म्युजियम सुरक्षाकर्मी तैनात छन् एसो मोबाइल झिक्यो कि बन्द गराउन आइपुग्छन्। मोबाइल क्यामेरा केही पनि प्रयोग गर्न नपाईने रे पुरै म्युजियम भित्र। ६५००० बर्ष पहिलेका हाम्रा पुर्खा नेन्डरथल जातिका अस्थिपञ्जर देख्दा विश्वासै लागेन सुरुमा त। घुम्दैजाँदा बार्हौँ शताब्दिका बुद्दको प्रतिमा देख्दा झ्वाट्ट फेरी नेपाल र नेपालीको गौरब सम्झेँ। यो प्रतिमा इजरायली सरकारलाई जापानले उपलब्ध गराएकोरहेछ । निकै पटक ओहोरदोहोर गर्दै म्युजियमको केही भाग घुम्दैगर्दा चिपोरा थाकिन\उनको अनुसार यती बिशाल म्युजियम हेर्नकै लागिमात्रै चाँही एक दिनको समय काफी हो तर बुझ्नको लागि एक दिन पर्याप्त होइन भनेर घोषणा गरेपछी बहिरियौँ। चिपोरालाई बाहिरै शितलमा बसाएर हामी लाग्यौँ अर्कोतिर। ### फुलाइएको बेलुन जस्तो बडेमान सिमेन्टको तुम्बोमा चारैतिरबाट पानीको फोहोरा हानिराखेको देख्दा अचम्म लाग्यो। त्यसो त यो फोहोराले यसैगरी यो सिमेन्टे तुम्बोलाई चौबिसै घण्टा पखालिराख्छरे। किन त! तुम्बोको अर्को तिरबाट अन्डर्ग्राउण्ड पस्यौँ। भित्र त जलेका, च्यातिएका, पानीले धुमिल भएका अनेक टुक्राटुक्री किताबका पाना बडो जतन गरी शिशाका केशमा सजाइएको रहेछ।
प्रमाणिक हिसाबले पनि हिब्रु भाषा संसारकै पुरानो भाषा हो। हिब्रु ग्रन्थ 'बाइबल' बाटै संसारभरी भाषा छरिँदै बिकशित् भएको मानिन्छ। यसरी संसारको सबैभन्दा माउ भाषाका सबसे पुराना अस्तित्व अनेक खोज र अनुसन्धान गरी यहाँ ल्याएर सुरक्षित राखिएको रहेछ। र याहूदी धार्मिक मान्यता अनुसार उनिहरुकालागी सृस्टिको सबैभन्दा पवित्र चिज उनिहरुका धार्मिक ग्रन्थ हुन् र यिनिहरु भगवानko अराधाना गर्दा यिनै ग्रन्थलाई पूजा गर्छन्\। त्यसैले यस्तो पवित्र चिजलाई हरसमय पवित्रनै राखिराख्नुपर्छ भन्ने मान्यता अनुसार उक्त बडेमानको सिमेन्टे तुम्बोलाई बाहिरबाट चौबिसै घण्टा पानीको फोहोराले धोएका रहेछन्। र भित्र चाँही पवित्र मानिएका ग्रन्थहरु राखिएको रहेछ। म सोचको भुल्को टेक्दै नेपाल पुगेंछु फेरी। हाम्रोमा टुप्पोबाट पलाएकाहरु आधुनिक भनाउने नाममा धर्म र संस्कार हुनुहुँदैन यो त अन्धताको ध्योतक हो भनेर कुर्लिन्छन्। यि! धर्मका नाममा केही निस्चित मान्यता र विश्वाश यहाँँ पनि त छ! जबकी संसारको बिकशित मध्यको एक मुलुक इजरायल आँफैँ हो। सत्य त यो हो कि धर्म संस्कार र केही निस्चित मान्यता संसारका हरेक सभ्य प्राणीले अवलम्बन गर्नैपर्छ किनकी मौलिक पहिचान भनेकै आफ्नो अलग धार्मिक, साँस्कृतिक मान्यता न हो।र दुनियाँका हरेक सभ्य र बिकशित् मानवसमाजले आफ्नोपहिचान कायम राख्नका लागि आफ्नो धर्मको निस्चित मान्यता, संस्कार र आस्थालाई अटुट राख्छन् यो यिनै मध्यको एक उदाहरण हो। हामी नेपाली यो अहिले बुझ्दैनौँ। देखासिकिको खोल ओढ्नु नै आधुनिकता र सभ्यता हो भन्दै हामी यतिबेला अन्धतामा कुदिरहेकाछौँ। समयले लामो फट्को मारेर धेरै पछाडि हामीलाई छोडेर हुइँकिसकेपछी एक समय हाम्रा चेत खुलेका बेला हामी पछुताउनेछौं आफ्नै हातले आफ्नो धार्मिक, संस्कारीक मान्यता र पहिचान नामेट गरेकोमा। त्यस बखत हामी त रहंदैनौँ तर हाम्रा भाबी सन्ततीले हाम्रो अन्धनक्कललाई दुत्कार्नेछन्। सिमेण्टे तुम्बो भित्रका सुरक्षित धार्मिक ग्रन्थ र बाहिरबाट त्यसलाई हरघडी पखालिरहेका पानीका फोहोरा नियाल्दैगर्दा यतिबेला मित्र गणेश खड्का लाई सम्झेकोछु। जो कुराकानीको शिल्शिलमा पटकपटक भन्नुहुन्छ,"दीप्स जी! हामीले जतिनै कराएर ढोंग गरेपनी सही मानेमा समाजले कोल्टे फेर्नको लागि साँस्कृतिक क्रान्ति नै हुनुपर्छ न कि संस्क्रिती भुलेर हामी सभ्य बन्नेछौँ।" गणेश जी! तपाईं कै जस्तो सबै नेपाली युवाको स्वच्छ सोच हुनेहो भने त सम्भब छ त्यो सार्थक क्रान्ति! तर त्यसो हुन अझै कती शताब्दी पर्खिनुपर्ने हो नेपालआमाले है!
### बाहिर मुखैमा अर्कोपट्टी रहेछ 'देगेम सेल यासान बेतमिग्दास' भनेको (पुरानो प्रार्थनाघरको नमुना)। चारैतिर भिमकाय पर्खालले घेरीएको सानो क्षेत्रफलमा एउटा शहर, त्यसको मध्य भागमा एक भब्य प्रार्थनाघर को जस्ताको तस्तै नमुना बनाइएको रहेछ। ईतिहास अनुसार प्रथम शताब्दी ताका जेरुसलेममाथी रोमनहरुले कब्जागर्दा बेबिलोनियनले ध्वस्त पारेर पुन:निर्मित प्रार्थनाघर फेरी रोमनहरुबाट ध्वस्त गरिएको रहेछ जुन प्रार्थनाघर हालको जेरुसलेम ओल्ड सिटीमा अवस्थित सुनको छानो रहेको मुस्लिम मस्जिद उभिएकै स्थानमा थियो रे। जब प्रथम शताब्दिमा त्यो प्रार्थनाघर रोमनहरुबाट ध्वस्त भयो त्यसपछी देखी हालसम्म नै जेरुसलेमको छातीमा याहूदीहरुको मुख्य प्रार्थनघर बनेकोछैन। उनिहरु विश्वाश राख्दारहेछन् कि सही समय आएपछी एलोहिम (भगवान) को दूत आउनेछन् र उनैले रोमन बाट ध्वस्त मुख्य मन्दिर निर्माण गर्नेछन्। यो याहूदिहरुको अत्यन्त मार्मिक र अचम्मको विश्वाश रहेछ नत्र त संसारमै चमत्कार गर्न सक्ने यतिका सम्पन्न याहूदीहरुले जतिसुकै पैसा खर्च गरेर अर्को मन्दिर बनाउन सक्थे नै। तर संसारको एक अटुट आस्था भनेकै धर्मप्रतिको आस्था रहेछ र त प्रथम शताब्दीमा ध्वस्त भएको आफ्नो प्रमुख प्रार्थनाघर आज २१औँ शताब्दीसम्म पनि पुनर्निर्माण गरेकाछैनन् तर त्यो मन्दिर कस्तो थियो त भनेर सम्झना गरिराख्नको लागि ठ्याक्कै त्यही समयको मन्दिर, बजार र पर्खाल झल्काउने नमुना यहाँ म्युजियम नजिक बनाएर राखेका रहेछन्। त्यसैबेला देखी उही प्रार्थघरको सम्झना र श्रद्दामा त्यसैबेलाको आस्था बोकेको मानिने पर्खाल (हाल कोतेल भनेर चिनिन्छ) तिर फर्केर संसार भरिका याहूदिहरु श्रदानत: शिर निहुराएर प्रार्थना गर्नेगर्छन र अन्य धर्मावलम्बिहरुपनी आफुले वरदान मागेको कुरो कागजमा लेखेर यो पर्खालमा कतै घुसारेर छोड्यो भने त्यो प्राप्त हुन्छ भन्ने मान्यताले दिनहुँ हजारौँ श्रद्दालुहरुको भिड लाग्नेगर्दोरहेछ। ओहो यो सबै हेरिसक्दा त म पनि पो थाकेछु बहरगोरु दाएको जस्तोगरी। तैपनी समय संधै आफ्नो पातोमा हुन्छ र भन्या! पाएको मौकामा घुम्नुपर्छ नि हौ! लखतरान जिउ बोकेरै पनि लम्किएको छु यतिबेला 'हा गान पेसेल'( मुर्तिको बगैँचा) तिर। आहा कती राम्रा कलात्मक ढुंगे आकृतिहरु! रामी कुन्नी कता लागेछ। एक्लै पो परेछु। यती राम्रो मुर्तीअगाडी उभिएर एउटा फोटो त खिच्नै पर्यो।### भोली सबैलाई देखाउनु जो छ! मुर्ती नियाल्दै गरेका एक जोडी इजरायली चुम्मा साट्दैरहेछन् मायापिर्ती बढाउनलाई होला। मस्किँदै गर्दा बोलाइदिएं," स्लिखा! आतेम याखोलिम् तिचलेम एखात इत्मुना सेली इम पेसेल!" (माफ गर्नुस्! के तपाईंहरुले यो मुर्तीसङै मेरो एउटा फोटो लिइदिन सक्नुहुन्छ!") ," एन बाया" (नो प्रोब्लम) भन्दै ठिटो चाहिले मेरो पुन्टे क्यामेरा बाट दुई स्न्याप फोटो हान्दियो। धन्यवाद दिएर कुदेँ । रामी र चिपोरा गफिँदै मलाई पर्खिँदै रहेछन्। ओहो भोकले अगिबाटै गलाएको हो। कार स्रररर कुद्यो। मैले फर्केर अन्तिम पटक नियालेँ त्यो बडेमानको सिमेन्टे तुम्बोलाई। के थाहा जीवनमा फेरी कहिल्यै यो तुम्बोसङ्ग भेट होला या नहोला कहिल्यै।++++

आजको एकाईसौ शताब्दी सुचना सञ्चार प्रविधिको जमाना भएको छ सुचना प्रविधिले गर्दा मानिसलाई विश्वका कुना कुनामा रहेका बसेका बिच एकै छिनमा भेटघाट, सुचनाहरु आदान प्रदान गर्ने सजिलो भएको छ जसकारण अहिले नयाँ युवा जमात जो साहित्यमा रुची राख्न चाही रहेका छन उनीहरुलाई आफ्ना सृजना इन्टरनेट सँजाल बाट ब्यक्त गर्न सजिलो बनाइदिएको छ साथै साहित्यका अग्रजहरु लाई पनि समन्वय गर्न सजिलो भएको छ ।
कुनै देश जति नै शिष्ट, सभ्य र समृद्ध होस् त्यस देशको भाषामा आफ्नो साहित्य छैन भने त्यो देशमा कुनै मौलीकता सँस्कृती आदरणीय, वन्दनीय हुन सम्क्तैन । प्रत्येक देशको शोभा,सम्पदा,परम्मरा,मान मर्यादा सहित्यमा जीवन्त रहेको हुन्छ । साहित्य जीवनको अँग अँगमा फुल्ने कलकलाउँदो फुल हो, जसमा भावको रड. चढ्दछ, कल्पना उड्दछ, कलाको सरसता आउँछ, प्राकृतिक छटाले कोमल रुप लिन्छ ।
जसरी शरीर र आत्माको घनिष्ट सम्वन्ध छ, त्यसरी नै जीवन र साहित्यको अन्योन्य सम्वन्ध छ, दुवैको एकाकार सम्बन्ध छ । साहित्यमा जीवनको तरगं तरगींछ भने जीवनमा साहित्यको प्रकाश प्रकाशिन्छ । दुवै एक लहर बनेर विश्वमा लहरिन्छ । जव साहित्यकारलाई चारैतिरको परिवेशले घचघच्याउँछ, झकझकाउँछ,जीवनको सुख दुःख, हर्ष विस्मात, जन्म मरण, घाम पानी आदी परिस्थितिले ऊ अत्यन्त आकुल व्याकुल हुन्छ, तब ऊ ब्युझेर सजग रहन्छ, ह्दय पग्लन्छ, भावना फुर्दछ, कल्पना उड्दछ, घटना पल्टाउदछ, प्रेम मगमगाउँछ, अनि उसले आफ्नो मनोभाव व्यक्त गर्न साहित्यको रचना गर्दछ । तिनको ह्दय सहज भाषा, भाव र शैलीमा मुटुको धडकन बनेर व्यक्त भएको छ । साहित्य मानव प्रकृतिको विम्व हो, जुन महान् छ, विशाल छ, उज्ज्वल त्यही भाब घटना,प्रेमहरु काव्यात्मक रुपमा अनुभुतिहरु अभिव्यक्ति हुन्छ ।
फुलको बोट माटोबाट उम्रन्छ, समयमा सानो गिर्खामा सुन्दर फुल फुल्छ, वैलन्छ, झर्दछ, आखिरमा माटोमा मिल्दछ । साहित्यफुल न वैलन्छ, न मर्दछ,यो फुलेर सदैव हाँसिरहन्छ, वास्ना दिइरह्न्छ,। यो अमर वसन्तको फुल सदैव मृदुल, मधुर र सुन्दर हुन्छ । यसको मुहारमा परमानन्दको आभास झल्कन्छ, ।,यसको सौरभ हावाले उडाएर दुर दुरसम्म फैलन्छ र विश्रमा र मानव मानसमा रोमान्च पैदा गर्दछ, मनमा जिज्ञासा दिन्छ । यसले मानवलाई आफुतिर खिचिरहन्छ र आफ्ना भावना पस्फुरीत हदै यसले साहित्यमा रुची राख्ने र यसलाई माया गर्ने बिच न्यानो मिठो घरसँसार भित्र समेटेर राखेको हुन्छ ।
सायद मानिस आमाको कोखमा हुर्कने देखि नै आमाले सुनेको साहित्य, संगीत ले उसलाई पनि प्रभाव पारेको हुन्छ भनिन्छ । साहित्य र संगीत बिना मानिस अपागं हुन्छ दुख पर्दा, सुख पर्दा साहित्यले खुसाएको छ, रुवाएको छ र हँसाएको छ । अहिले साहित्य सिर्जनामा रुचि राख्ने युवा जमातलाई त झन इन्टरनेट को माध्यमबाट आफ्ना रचनाहरु प्रकाशन गर्न पाएका छन, विश्वको जुन कुनामा भएपनि आफुले रचेको रचनाहरु विभिन्न साहित्य सञ्जाल खोलिएको वेव प्रोटोकल बाट प्रकाशन गरी आफ्नो प्रतिभा देखाउन पाएका छन । आज साहित्य जमातहरुलाई आफ्नो सिर्जना प्रस्तुत गर्न किताव(वुक) निकाल्नु पर्ने आवश्यकता भएको छैन, भन्छन साहित्यमा लाग्ने मानिसको आर्थिक अवस्था कमजोर हुन्छ तर अहिले त यो पनि लागु हुने वाला छैन देश विदेश, रोजगारको वृद्धिले गर्दा ? जसकारण आफ्ना रचना गित गजल कविता प्रकाशन भई राखेका छन भने इन्टरनेट बाट झन सुलभ तरिकामा आफ्ना प्रतिभा निखारन पाएका छन ।
हरेक मानिस जब अलि अलि बुझ्ने हुन्छ तब देखिनै साहित्य र संगीतमा चाहना राख्छ भने युवा हृदयमा त झन भन्नै परेन जब मानिस भावमा तरँिगत हुन्छन साहित्य बाटनै आफुले भोगेको अनुभुति, प्रयास,संर्घष भावी सन्तति प्रस्तुत गर्दछ । सुचना प्रविधिले गर्दा अहिलेको युवा जमातमा साहित्यको भेलबाढी आएको छ यसरी साहित्यमा युवा जमातको आर्कषण हुनु भनेको यसको सायद सामाजिक चेतना अझ बढ्नु हो अझ साहित्यमा लागेकालाई साहित्यका अंग्रजहरुले भर्खर भर्खर साहित्यमा रुचि राखेका र उनीहरुले ब्यक्त गरेका साहित्य रचना वाचन गरि कमि कमजोरी पत्ता लगाईदिनु अंग्रजको वृद्धिमता हो जस्तो लाग्छ मलाई जसकारण नयाँ जमातलाई अझै खारिन मा सहयोग पुर्याउदछ ।
आज मानिस विश्व जनजाल बाट मुक्त नहुँदा इज्रायल, दुवै, अमेरिका, युरोप युके प्रोतुगल, बेल्जियम संसारका सवै ठाँउमा साहित्य संजाल खोलिएका छन ।जसले गर्दा युवा साहित्यकार बिच समन्वय गर्न सजिलो भएको छ । मेरो विचारमा साहित्य सृजना सरल मिठो भाषामा लेख्नु पर्दछ । साहित्यमा एउटा शब्दले धेरै बोल्नु पर्छ भनिन्छ तर त्यो शब्दका अर्थ पाठकले बुझ्न सकेन भने साहित्य प्रति रुचि राख्ने पाठकहरुको बिर्कषण हुन जान्छ । साहित्यमा राम्रा शब्दलिनु पर्छ दरिला खारिला भरिला तर हाम्रो पढ्ने पाठकको बुझाई प्रति ध्यान दिनु पर्दछ जसकी साहित्यमा लागेका दिगवज हरुले मात्र पढेर त पक्कै पुग्दैन होला ?
हामि साहित्यमा ईच्छा राख्ने पाठक सम्म सरल मिठास भावयुक्त भावनामा उहाँहरुलाई भावना पस्कीएर साहित्यमा डोराउदै एउटा असल पाठक बनाउन सकियो भने त अवश्य पनि फेरि साहित्यमा प्रोफेसनालीजम आइहाल्छ हामी साहित्यमा रुचि राख्नेले पनि कुनै लेखको कविता, गजल, गित दुई चार चोटी पढ्नु पर्दछ भने रुची राख्ने पाठक लाई त अल्छी लाग्न सक्छ जसकारण हाम्रा रचनाहरु दिगो हुन सकेका छैनन् मलाई लाग्छ यो यर्थाथ हो कि साहित्यमा लाग्ने ले आफ्ना लेखले आफ्नो र परिवारको जोहाँ गर्न सक्नु पर्छ । नत्र यो क्षेत्र रुचिको मात्र बिषय मात्र हुन्छ प्रोफेशनालिजम हुदैन जब कुनै पनि पेशामा प्रोफेशनालिजम हुदैन त्यहाँ प्रतिश्पर्धा हुदैन जब प्रतिश्पर्धा हुदैन अनि हाम्रो साहित्य सञ्चार फस्टाउदैन जसकारण पाठक मुखी हुनु पर्दछ । रचना मिठा सरल भएर नै होला गुरु प्रसाद मैनालीको हरेक कथामा मन छुने आन्नद लाग्ने छन सायद ज जस्ले पढनु भएको छ उहाँहरुलाई त्यो कथा झलझली याद पनि होला, जिब्रोमा झुन्डीएको पनि होला ।
अन्तमा म के भन्न चाहन्छु भने यो साहित्य सञ्चार क्षेत्रमा अरुको काँध टेकेर आफु माथि बस्ने नसोचौ सधै हामी एक सन्तानका परिवार हौ र साहित्यमा लाग्नेले अरुको रचना कपी नगरौ अनि अंग्रजका गित, कविता, कथा, गजल, लेख बाट ज्ञान प्राप्त गरी नयाँ सिर्जना गरौ नयाँ साहित्यको युग सिर्जना गरौ नयाँ युवा जमातमा साहित्यको महिमा सिर्जना गरि समाजको चेतना फैलाऊ ।
आज हामी धेरै लेख रचना गित, गजल, कविता, गरीने व्यंग्यहरुले गर्दा हामी साहित्यमा लाग्ने पक्का पनि नेता होइनौ तर हामी नेतालाई गाली गछौ देश लाई बिगारे देश जरजर अवस्था बनाए एकचोटी हामी अझै सोच्ने की हामीले नै जिताएर पठाएका हौ र हामीले कस्ता नेता पठाएर कस्तो आस गर्ने, अझै कति बर्ष सम्म परिवर्तनको आाश गदै बस्ने हो यो साहित्यमा लाग्ने वर्ग भनेको बुर्जक बर्ग हो साहित्य बाट नै हामीले सामाजिक क्रान्ती आर्थिक क्रान्ती सस्कृतीक क्रान्ती नेपालको कुना काप्चा सम्म फैलाउर्द अब नयाँ नेतृत्व गर्न सक्ने वर्ग खोजी हामीले देश निर्माण गर्न सहयोग र्पुयाउनु पर्दछ र समाज परिवर्तन गर्न सक्नु पर्दछ ।
दिलीप कुमार मल्ल (प्रीन्स)
म्याग्दी हाल काठमाण्डौ
- लीला लुइटेल
१. असम क्षेत्रको परिचय
प्राचीन कालमा कामरूप नामले प्रसिद्ध क्षेत्र अहिले असमका नामबाट परिचित छ । यसलाई आसाम पनि भनिएको पाइन्छ । भारतमा अङ्ग्रेजी उपनिवेश सुरु भएपछि असम ब्रिटिस शासनअन्तर्गत चल्न थाल्यो । सम्पूर्ण भारतको ७.७ प्रतिशत भूमि ओगटेको मानिने असम सन् १९४७ मा भारत स्वतन्त्र भएपछि एउटा राज्यका रूपमा स्थापित भयो र यसको राजधानी सिलाङ बनाइयो । सन् १९५७ देखि असम राज्य टुक्रिएर विभिन्न राज्यमा विभाजित हुने क्रम सुरु भयो । सन् १९५७ मा मणिपुर असमबाट छुट्टिएर बेग्लै राज्य बन्यो भने १९६३ मा नागाल्यान्डले पनि छुट्टै राज्यको अस्तित्व प्राप्त ग¥यो । यसपछि मेघालय, त्रिपुरा, अरुणाचल, मिजोरमजस्ता राज्यहरू पनि क्रमशः असमबाट अलग भई स्वतन्त्र राज्यका रूपमा स्थापित भए । यसरी पहिले एउटै राज्यका रूपमा रहेको असम राज्यमा हाल असम, मेघालय, नागाल्यान्ड, मणिपुर, अरुणाचल, त्रिपुरा र मिजोरम गरी सात राज्य रहेका छन् । अहिले यी सात राज्यको समूहलाई उत्तरपूर्वी भारत पनि भन्ने गरेको पाइन्छ । प्रस्तुत लेखमा असम भन्नाले प्रशासनिक दृष्टिले विभाजित वर्तमान असम राज्य नभएर उत्तरपूर्वी भारतमा अवस्थित सम्पूर्ण राज्यको समूहलाई समेटिएको छ ।
असम र नेपालको सम्बन्ध प्राचीन कालदेखि नै रहेको पाइन्छ । भारतमा अङ्ग्रेजी शासन सुरु भएपछि अङ््गे्रजहरूले नेपाली युवाहरूलाई सेनामा भर्ती गर्न थाले र विश्वयुद्धमा संलग्न गरिएका नेपालीहरूलाई युद्धको समाप्तिपछि भारतका विभिन्न क्षेत्रमा बसोबास गराइयो । सुगौली सन्धिपछि नेपाली भूभाग मेची र महाकालीको सिमानामा सीमित भएकाले यस क्षेत्रका नेपालीहरू स्वतः भारतीय हुन पुगे । यीबाहेक काम र मामको खोजीमा असम क्षेत्रमा प्रवेश गरेका नेपालीहरू पनि जङ्गल फाँडेर खेती तथा पशुपालन गर्दै त्यतै बस्न थाले । यसरी विभिन्न कारणबाट यस क्षेत्रमा नेपालीहरूले बसोबास बढ्दै गयो । हाल यस क्षेत्रमा निकै ठूलो सङ्ख्यामा नेपालीहरूको बसोबास रहेको छ । यस क्षेत्रका अधिकांश ठाउँमा नेपाली भाषालाई प्रमुख भारतीय भाषाको रूपमा मान्यता दिई यसैका माध्यमबाट पठनपाठन हुने गरेको पाइन्छ । यसका अतिरिक्त हाल गौहाटी विश्वविद्यालयमा दूर शिक्षाअन्तर्गत नेपाली विषयमा एम्.ए. स्तरको कार्यक्रम पनि सञ्चालन गरिएको छ । यस क्षेत्रका विभिन्न स्थानमा नेपाली भाषासाहित्यसम्बन्धी गतिविधि निकै सक्रिय रूपमा सञ्चालन भइरहेका छन् भने नेपाली भाषामा प्रशस्त साहित्य सिर्जना र पत्रपत्रिकाको प्रकाशन हुने क्रम पनि निरन्तर चलिरहेको छ । त्यस क्षेत्रमा विभिन्न महिला साहित्यकारहरुले पनि विभिन्न विधाका साहित्यिक कृतिको रचना गरेका छन् ।
२. विषयविस्तार ः असमेली महिला साहित्यकार
असमका विभिन्न क्षेत्रमा बसोबास गर्ने नेपाली महिलाहरू अहिले शिक्षा, समाजसेवा, राजनीति, प्रशासन आदि विभिन्न माध्यमबाट आप्mनो पहिचान प्रस्तुत गर्न सक्रिय रहेका देखिन्छन् । आप्mनो परिचय प्रस्तुत गर्ने क्रममा असम क्षेत्रका कतिपय नेपाली महिलाले साहित्य सिर्जनालाई पनि माध्यम बनाएका छन् । यस क्षेत्रमा बसोबास गर्ने नेपाली महिलाले साहित्यका विभिन्न विधामा कलम चलाएको पाइन्छ । यस क्षेत्रका महिला साहित्यकारको कलम नेपाली भाषामा मात्र नभई असमिया, हिन्दीजस्ता अन्य भाषामा पनि सक्रिय रूपले चलेको देखिन्छ । यसै क्षेत्रमा बसोबास गरी नेपाली भाषामा कलम चलाएर कम्तीमा एउटा पुस्तक प्रकाशित भएका महिला साहित्यकारको विवरणमूलक परिचय वर्णानुक्रमका आधारमा यस लेखमा प्रस्तुत गरिएको छ ।
अनामिका
अनामिका राईको जन्म सन् १९६२ मे ११ मा दार्जिलिङमा भएको हो । यिनले एम्.ए., बी.एड्. सम्मको शिक्षा हासिल गरेकी छन् । केही समय दार्जिलिङ सरकारी महाविद्यालयमा शिक्षण गरेकी अनामिकाले पछिल्लो समयमा मेघालयको मदान लवान नेपाली स्कुलमा अध्यापन गरेको जानकारी पाइन्छ । विभिन्न समयमा आयोजित निबन्ध प्रतियोगितामा दुईपटक पुरस्कृत भएकी यिनले सिक्किममा आयोजित कथा लेखन प्रतियोगितामा तेस्रो पुरस्कार पनि प्राप्त गरेकी हुन् ।
अनामिका राईका अन्तद्र्वन्द्व (सन् २०००) र नीलकण्ठ (सन् २००१) गरी दुईवटा कविता सङ्ग्रह प्रकाशित छन् भने कथायात्रा (सन् २००२) शीर्षकको कथा सङ्ग्रह पनि प्रकाशित छ । युगीन विकृति, विसङ्गतिप्रति व्यङ्ग्य प्रहार गरिएका अनामिकाका कवितामा वर्तमान समयमा मानवीय मूल्य खस्किँदै गएकोमा चिन्ता प्रकट गरिएको छ । वर्तमान विश्वमा व्याप्त हत्या, आतङ्क तथा युद्धको विरुद्धमा आवाज उठाइएका यिनका कवितामा शान्तिको चाहना मुखरित छ । नारीका विविध रूपको चर्चा गर्दै उनीहरूप्रति श्रद्धाभावको प्रकटीकरण पाइने यिनका कवितामा नारी अस्मिताको खोजी पनि गरिएको छ । पूर्ववर्ती साहित्यकारप्रति सम्मान भाव प्रकट गरिएका यिनका कवितामा भानुभक्त, लेखनाथ, देवकोटा, सम, विक्रमवीर थापा, अगमसिंह गिरी आदि अग्रज साहित्यकारप्रति श्रद्धाभाव अभिव्यञ्जित छ । अझ भानुभक्तलाई आलम्बन बनाएर लेखिएका यिनका थुप्रै कविताम युगीन बेथिति, विकृति आदिलाई हास्यव्यङ्ग्यात्मक पाराले प्रस्तुत गरिएको छ ।
आशारानी राई
आशारानी राईको जन्म सन् १९३५ जुलाई १३ मा मणिपुरको इम्फालमा भएको हो । बी.ए. सम्मको शिक्षा हासिल गरी आसाम राइफल्समा अध्यापन कार्यमा संलग्न राई भारतीय नेपाली भाषा सङ्ग्रामीका बीच ‘मणिपुरकी दिदी’ का नामबाट परिचित थिइन् । अखिल भारतीय नेपाली भाषा समितिको केन्द्रीय उपाध्यक्ष, मणिपुर राज्य नेपाली भाषा समितिको सभापति, भारतीय नेपाली राष्ट्रिय परिषद्को वरिष्ठ प्रतिनिधि सदस्य, मणिपुर नेपाली महिला सङ्घको सञ्चालक, मणिपुर नेपाली छात्र सङ्घको उपदेष्टा आदि विभिन्न सङ्घसंस्थामा सक्रिय रहेकी राईका रचनाहरू २०२० को दशकदेखि नै पत्रपत्रिकामा प्रकाशित हुन थालेका हुन् । यिनको यम द्वितीया (सन् १९९९) नामक कथा सङ्ग्रह प्रकाशित छ । यसका अतिरिक्ति यिनले ‘विराटसभा’ शीर्षकको एकाङ्की पनि लेखेको जानकारी पाइन्छ ।
नारीको सहनशील प्रवृत्ति, त्याग, अगाध पतिभक्तिको प्रस्तुति पाइने आशारानी राईका कथामा पुरुषको दम्भी, हठी र स्वेच्छाचारी प्रवृत्तिको विरोध गरिएको छ । समाजमा व्याप्त अन्धविश्वास र जातीय विभेदको अन्त्य तथा समाज सुधार र जातीय सम्मानको जगेर्ना गर्नुपर्ने भावना मुखरित भएका यिनका कतिपय कथामा आदर्शवादी स्वर पनि अभिव्यञ्जित छ । भारतको सुदूरपूर्व माणिपुरको सेरोफेरोमा लेखिएका यिनका कथामा प्रयुक्त भाषामा कहीँकहीँ व्याकरणगत त्रुटि पनि पाइन्छ ।
इन्दु प्रभादेवी
इन्दुप्रभादेवील सन् १९६९ अप्रिल १ का दिन सोनितपुर, असममा जन्मेकी हुन् । यिनले असमियामा एम्.ए. गरी पी्एच्.डी. उपाधि पनि हासिल गरेकी छन् । १९९८ देखि बी. बरुवा कलेज असममा असमिया भाषासाहित्य प्राध्यापनरत यिनी असम लेखिका साहित्य परिषद्को सदस्यका साथै रहेकी साहित्य भारतीमा पनि संलग्न देखिन्छिन् । आÇनो साहित्य यात्रमा हरिभक्त कटुवाल स्मृति पुरस्कारद्वारा पुरस्कृत एवं सम्मानित यिनको सपनाको जरो पहिल्याउँदै (२००७) शीर्षक कविता कृति प्रकाशित छ । यसका अतिरिक्ति यिनले चौधौँ शताब्दीका असमिया कवि माधव कडाँलिजको रामायण (अयोध्याकाण्ड) को अनुवाद पनि गरेकी छन् ।
छोटाछोटा संरचनाका कविता सिर्जनामा रुचि राख्ने इन्दुप्रभादेवीका कवितामा मातृत्वको महिमागान गरिएको छ । नारीका विविध रूपले भोग्नुपर्ने पीडाको प्रस्तुति पाइने यिनका कवितामा नारी शोषण र उत्पीडनको विरोध व्यङ्ग्यात्मक पाराले गरिएको छ । जीवन र मृत्युको दोसाँधमा सङ्घर्षरत मान्छेको निरीहपनलाई प्रस्तुत गरिएका यिनका कवितामा प्रकृति र मानवका बीचको अन्तर्सम्बन्धलाई पनि केलाइएको छ । असमिया जनजीवनको परिवेश चित्रित यिनका कवितामा असमेली संस्कृति, लोककथा, दन्त्यकथा, लोकोक्ति आदि सन्दर्भहरू यिनका कवितामा प्रत्यक्ष रूपमा अभिव्यक्त भएका छन् ।
गीता उपाध्याय
सन् १९३९ फेब्रुअरी १४ मा असमको शोणितपुरमा जन्मिएकी गीता उपाध्यायले राजनीति शास्त्रमा एम्.ए. गरेकी छन् । लामो समयसम्म शिवसागर कलेज, असममा प्राध्यापन सेवामा संलग्न यिनले नेपाली साहित्य परिषद्, असमको अध्यक्ष पदमा रहेर कार्य गरिसकेकी छन् । असमिया लेखिका संस्थाको अध्यक्ष, भारतीय गोर्खा परिसङ्घ, असम शाखाको अध्यक्ष, असम साहित्य सभाको सदस्यजस्ता पदमा रहेर यिनले यिनले साहित्यको सेवामा आपूmलाई सक्रिय राखेकी छन् । यसका साथै यिनी असमिया भाषाको प्रगतिशील महिला पत्रिकाको जोनाको काटको आजीवन सदस्य पनि रहेकी छन् । साहित्यिक संस्थाबाहेक सर्वभारतीय राजनीति विज्ञान, सेवा साधना, हरिहर धाम उन्नयन समिति आदि गैरसाहित्यिक संस्थाहरूमा पनि यिनको सक्रियता उत्तिकै रूपमा देखिएको छ ।
लामो समयदेखि सिर्जना तथा अनुवादका क्षेत्रबाट साहित्य साधनामा लागिरहेकी गीता उपाध्याय विभिन्न पुरस्कार एवं सम्मानबाट पुरस्कृत तथा सम्मानित पनि भएकी छन् । पद्मप्रसाद ढुङ्गाना साहित्य पुरस्कार (२००१) बाट पुरस्कृत यिनी १५ अगस्ट २००३ देखि असम सरकारद्वारा साहित्यिक पेन्सन प्राप्त व्यक्तित्व हुन् । यसका साथै सिक्किम अकादमीको सम्मानीय सदस्य (२००७) का रूपमा मनोनीत यिनी पारिजात स्मृति साहित्य मितेरी सम्मान (२००७), फुलचन्द्र खण्डेलवाल संहति पुरस्कार (२००९), डा. नीलिमादत्त स्मृति अनुवाद पुरस्कार (२००९), महाकवि देवकोटा शताब्दी सम्मान (२०१०), लालमान सञ्चरानी स्मृति साहित्यिक पुरस्कार (२०१०) जस्ता विभिन्न पुरस्कारबाट पुरस्कृत एवं सम्मानित पनि भएकी छन् । लामो समयदेखि साहित्य साधनामा लागेकी गीता उपाध्यायको हालसम्म आख्यान अन्तर्गत कथाञ्जली (सन् २००५) शीर्षक कथा सङ्ग्रह र आमा म फास्ट भएँ (सन् १९९८) शीर्षक, बालउपन्यास प्रकाशित भएको पाइन्छ । यिनका मन्दाकिनी र अलकनन्दाको तीरैतीर केदार बद्रीसम्म (सन् २००३, यात्रा संस्मरण), महापुरुष शङ्करदेव जीवन र कर्म (सन् २००३) एन फ्रेन्क बाल्यकालमा (सन् २००९) नामक कृति पनि प्रकाशित भएका छन् । सिर्जनात्मक लेखनका अतिरिक्त यिनी अनुवाद कार्यमा यिनको सक्रियता रहेको पाइन्छ । यिनले एन फ्रेन्कको डायरी (सन् १९७२), दरबारकी सुसारे (सन् २००८), अभियात्री (सन् २०१०) जस्ता विभिन्न भाषाका कृतिलाई नेपाली भाषामा अनुवाद गरेकी छन् । यसका अतिरिक्त यिनले असमिया नारी कविका असमिया कविता (सन् २००३) तथा टङ्कनाथ उपाध्यायको मौलिक रचनाजस्ता कृतिको सम्पादन पनि गरेकी छन् । माथि उल्लेख गरिएबाहेक गीता उपाध्यायका असमिया भाषामा विभिन्न विधाका एघारवटा पुस्तक प्रकाशित भएको जानकारी पाइन्छ ।
यिनको आमा म फास्ट भएँ सन्तुलित भोजनका विषयमा बालबालिकालाई जानकारी गराउने उद्देश्यद्वारा अभिप्रेरित कृति हो । यिनको यात्रा संस्मरण मन्दाकिनी र अलकनन्दाको तीरैतीर केदार बद्रीसम्ममा नेपाल, भारत र अन्य देशमा गरिएको संस्मरणलाई समेटिएको छ । पारिवारिक तथा सामाजिक क्षेत्रमा देखापर्ने सन्दर्भहरूलाई प्रस्तुत गरिएका यिनका कथामा मनोविज्ञानको स्पर्श पनि पाइन्छ । असमको सहरिया परिवेशको चित्रण पाइने यिनका कथामा तत्सम शब्दका साथै असमिया शब्दको प्रयोग सहज रूपमा गरिएको छ ।
गीता लिम्बू
गीता लिम्बूको १४ अप्रिल १९६४ मा असमको गोलाघाट भन्ने ठाउँमा भएको हो । बी.ए. सम्मको शिक्षा हासिल गरेकी यिनका बिहानी (सन् २००८) कविता सङ्ग्रह तथा बुढाबाको छाता (सन् २००३) शीर्षक कथा सङ्ग्रह प्रकाशित भएका छन् । सन्तानको आमाप्रति आदर र आमाको सन्तानप्रतिको ममताको प्रस्तुति पाइने यिनका कथामा पुरुषको स्वेच्छाचारिताको विरोध र नारीको सहनशीलताको प्रशंसा गरिएको पाइन्छ । नारीको सकारात्मक चरित्रलाई मात्र प्रस्तुत नगरी नकारात्मक एवं व्यभिचारिणी रूपलाई पनि देखाइएका यिनका कथामा आदर्श समाजको परिकल्पना गरिएको छ । धार्मिक सङ्कीर्णताको जालोभित्र चेपिएर रहन बाध्य मानसिकताको प्रस्तुति पाइने यिनका कथामा जस्तोसकै निराशाका क्षणमा पनि जीवनप्रति सकारात्मक एवं आशावादी दृष्टिकोण राख्नु पर्ने भाव अभिव्यञ्जित छ । जातीय विभेदका विरोधमा आवाज उठाइएका यिनका कथामा प्राकृतिक सम्पदा र प्रतिभाको दुरुपयोग नगरी सदुपयोग गर्नुपर्ने दृष्टिकोण अगि सारिएको छ । असम क्षेत्रमा बोलिने भाषाको प्रयोग पाइने यिनका कथामा भाषिक कसरमसर पनि पाइन्छ ।
गोमा शर्मा
सन् १९४२ मे २४ मा असमको गुवाहाटीमा गोमा शर्माको जन्म भएको हो । असम गोर्खा सम्मेलनको केन्द्रीय सदस्य तथा नेपाली सङ्गीत बिन्दु, उजान बजारको परिचालकको रूपमा रहेर काम गरेकी यिनी कटुवाल स्मृति ग्रन्थ प्रकाशन समिति एवं अखिल भारतीय नेपाली भाषा समितिको राज्यिक समितिको उपसभानेत्री पनि भएकी हुन् । नेपाली मन्दिर प्रबन्धक समितिको सभानेत्रीका साथै अजन्ता आर्ट एसोसिएसन, गुवाहाटीको केन्द्रीय सदस्यका रूपमा सक्रिय यिनी असमिया महिला समिति उजानबजारको उपसभानेत्री तथा गुवाहाटी बिहु सन्मिलनको केन्द्रीय सदस्य पनि भएकी थिइन् । नेपाली साहित्य परिषद् असमको केन्द्रीय सदस्य, असम नेपाली साहित्य सभाको उपसभानेत्रीजस्ता पदमा रहेर पनि काम गर्नुका अतिरिक्त यिनले नेपाली साहित्य कला निकेतन र नेपाली साहित्य परिषद्को उपसभानेत्री भएर आप्mनो जिम्मेवारी निर्वाह गरेको पाइन्छ । भारतीय गोर्खा परिसङ्घ, असमको महिला प्रकोष्ठको अध्यक्ष शर्मा भाग्योदय नेपाली चलचित्र निर्देशिका सिलिगुढीको प्रतिनिधि सदस्य पनि रहेकी हुन् । लामो समयदेखि गीत लेखन तथा गायनमा संलग्न यिनका तिम्रो निम्ति (१९८६) कविता सङ्ग्रह तथा तिम्रो प्रेरणाले (१९८६) गीत सङ्ग्रह प्रकाशित छ । यसका अतिरिक्ति भानुस्मृति ग्रन्थ (१९९३) को सम्पादनमा पनि यिनको विशेष सक्रियता रहेको देखिन्छ भने असमिया भाषामा प्रकाशित ब्र≈मपुत्रर परा बाग्मतीलोई (१९९७) पनि यिनले सम्पादन गरेकी छन् । सुभद्राकुमारी चौहान जन्मशताब्दी सम्मान, भारतीय नेपाली राष्ट्रिय परिषद्द्वारा भाषा सेनानी सम्मान, गुञ्जन परिवार (काठमाडौं), नेपाली साहित्य परिषद् (विराटनगर) ब्रहन्तर गुवाहाटी भानु जयन्ती समारोह समिति, नेपाली साहित्य परिषद् (असम), नेपाली साहित्य कला निकेतन (गुवाहाटी), नेपाली मन्दिर प्रबन्ध समिति, अजन्ता आर्ट एसोसिएसन, नेपाली साहित्य कला निकेतन, असमी बिहु समिति (गुवाहाटी), महाकवि देवकोटा शताब्दी सम्मान (काठमाडौं), मितेरी स्वागत सम्मान (काठमाडौं), वाणी पुरस्कार (विराटनगर) जस्ता नेपाल र भारत दुवैतर्पmका विभिन्न सङ्घसंस्थाबाट यिनी सम्मानित एवं अभिनन्दित पनि छन् ।
चन्द्रकला नेवार
वि.सं. १९९९ पौष १६ गते, डिगबोई, असममा जन्मेकी चन्द्रकला नेवारले आई.ए. अध्ययन पूरा गरेकी छन् । ए.ओ.सी.स्वmुल, डिगबोइमा केही समय अध्यापन गरेकी यिनले अल इन्डिया रेडियोमा प्रशस्त गीतहरू पनि गाएकी हुन् । युथ काङ्ग्रेस डिगबोई शाखाको ज्वाइन्ट सेक्रेटरीको कार्यभार सम्हालेकी यिनी नेपाली भाषा आन्दोलनमा अत्यन्त सक्रिय रूपले लागेकी व्यक्तित्व हुन् । भारतीय जननाट्य संस्थाको सेक्रेटरीसम्म रहेकी यिनी हाल नेपालमा बसोबास गरिरहेकी छन् । यिनी मितेरी नेपालको अध्यक्ष, वाशुशशि प्रतिष्ठानको कार्यकारी समितिको सदस्य, डक्टर्स वाइभ्स एसोसिएसनको सदस्य हुनाका साथै गुञ्जनको संस्थापक उपाध्यक्ष पनि भएकी हुन् । अखिल भारतीय नेपाली सङ्घबाट आयोजित कथा प्रतियोगितामा ममता कथामा प्रथम पुरस्कार प्राप्त गरेकी चन्द्रकाला नेवार असम प्रगतिशील साहित्य कला संगमद्वारा सम्मानित पनि भएकी छन् । यसका अतिरिक्त यिनी लोकप्रिया पुरस्कारबाट पुरस्कृत यिनी विभिन्न सङ्घसंस्थाद्वारा सम्मानित एवं अभिनन्दित पनि भइसकेकी छन् ।
नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने चन्द्रकला नेवारका ममता (वि.सं.२०२२) र साँघुरो धरातल (वि.सं.२०६२) गरी दुई कथा सङ्ग्रह प्रकाशित छ भने चक्रव्युह (वि.सं.२०५०) र याशिलालाई मेरो आज (वि.सं.२०६२) शीर्षक दुई कविता सङ्ग्रहका साथै तृष्णाको लहरी (वि.सं.२०६२) गीत सङ्ग्रह पनि प्रकाशित छ । यिनका सीताको वनवास र नेपाली जीवन नामक रेडियोबाट प्रसारित हुनुका साथै एउटा गीति एल्बम पनि सार्वजनिक भएको जानकारी पाइन्छ ।
लेखनयात्राको पूर्वार्धमा असममा बसोबास गरेकी र पछि नेपाल आएर साहित्य सिर्जनालाई निरन्तरता दिइरहेकी हुनाले चन्द्रकला नेवारलाई भारतीय नेपाली र नेपाली दुवैतिरका साहित्यमा चर्चा गरिएको पाइन्छ । यिनका कथामा मूलतः नारीमाथि पुरुषले गर्ने अन्याय, अत्याचार, दुराचार, शोषण आदिलाई विषयवस्तु बनाइएको छ । विधवामाथि गिद्देदृष्टि राखेर यौनशोषण गर्ने तथा नारीलाई भोगको साधन मात्र ठान्ने पुरुषको स्वार्थी, आडम्बरी र पाखण्डी चरित्रलाई यिनका कथामा स्वाभाविक ढङ्गमा देखाइएको छ । यिनका कथामा नारीका दुरवस्था, पीडा, असन्तुष्टि, विवशता आदिको प्रस्तुतिका क्रममा पुरुषको प्रतिवूmल चरित्रलाई प्रस्तुत गरिएको छ । नारीभित्र रहेको शाश्वत चीज मातृत्वको चित्रण पनि चन्द्रकलाका कथामा पाइन्छ । सन्तानविहीन नारीप्रतिको सामाजिक दृष्टिकोणलाई प्रस्तुत गरिएका यिनका कथामा पुरुषका वासनाको परिणतिले गर्दा आमा बन्न पुगेकी पीडित नारीको चित्कार र तनावलाई पनि देखाइएको छ । यसरी नारीले भोग्नुपर्ने विविध प्रकारका पीडालाई प्रस्तुत गरिएका आÇना कथाहरूमा यिनले पीडाबाट आहत भएका नारीहरूको चेतन तथा अवचेतन मनको विश्लेषण गरेकी छन् । नारी मनोविश्लेषणका क्रममा यिनले प्रवृmतिको सहारा लिई अर्थात् प्रवृmतिचित्रण गरी कथालाई थप मार्मिक, प्रभावकारी र जीवन्त तुल्याएकी छन् । यस क्रममा यिनले आÇना कतिपय कथामा जीवनसम्बन्धी आत्मदृष्टिकोणसमेत प्रस्तुत गरेकी छन् ।
चन्द्रकला नेवारका कथामा नारीका पीडा मात्र नभई प्रेमिकाको मृत्युबाट आहत युवकको व्यथालाई प्रस्तुतिका साथै पत्नीबाट पीडित पतिको पनि चित्रण मार्मिक ढङ्गले गरिएको छ । यिनका सुरुका कथामा असमेली नेपाली जनजीवनको परिवेश चित्रित छ भने पछिल्लो समयका कथामा काठमाडौको परिवेश चित्रित छ । मुख्यतः पुरुषको अत्याचार भोगेर पीडायुक्त जीवन बाँच्न विवश नारीका कारुणिक यथार्थलाई प्रस्तुत गर्ने उद्देश्यबाट यिनका कथा अभिप्रेरित देखिन्छन् । परम्परित शैलीमा कथा लेख्ने नेवारका कथाको भाषाशैलीय विन्यास कतिपय ठाउँमा व्याकरणिक दृष्टिले त्रुटिपूर्ण भए पनि सरल छ ।
दैवकीदेवी तिमसिना
रौता, असममा जन्मेकी दैवकी देवीले नेपाली साहित्यमा स्नातकोत्तर गरेकी छन् । त्रि.वि. मा अध्ययनरत रहँदा भारतीय विद्यार्थी सङ्घको कोषाध्यक्ष भएकी यिनी असम नेपाली विद्यार्थी सङ्घ दरङ जिल्ला शाखाको सभानेत्री पनि भएकी हुन् । सतिया महाविद्यालय शोणितपुरको नेपाली विभागमा प्रवक्ताका रूपमा कार्यरत यिनी सेवा साधना संस्था चाँदमारीको सदस्य, नारी साहित्य संस्कृति विकास मञ्च चाँदमारी शाखाको कार्यकारी अध्यक्ष, नेपाली साहित्य परिषद् तेजपुर शाखाको उपाध्यक्ष, नेपाली संस्कृति सुरक्षा परिषद्, असमको साहित्य सचिव पनि भइसकेकी छन् । योग प्रशिक्षकका रूपमा पनि परिचित यिनले संस्कृति सुषमाको सम्पादन पनि गरेकी छन् । वि.सं. २०६६ को मितेरी सम्मानबाट सम्मानित यिनको तिम्रो स्थान कहाँ छ ? (सन् २०१०) शीर्षक कविता सङ्ग्रह प्रकाशित छ ।
नया देवी
नया देवीको जन्म सन् १९४२ मे १ मा बिहाली, असममा भएको हो । यिनले बी.ए. सम्मको शिक्षा हासिल गरेकी छन् । लामो समयसम्म बिहाली हाई स्कुल तथा तेजपुर सरकारी उच्चतर माध्यमिक बालिका विद्यालयमा अध्यापन कार्यमा संलग्न यिनी हाल सेवानिवृत्त जीवन यापन गरिरहेकी छन् । पुष्पलाल अध्ययन गोष्ठी तथा महिला समिति नेपालीपट्टि तथा विष्णुलाल उपाध्याय स्मृतिग्रन्थ प्रणयन समितिमा यिनको विशेष सक्रियता रहेको पाइन्छ । यिनका युगसन्धि (सन् २००२) तथा कौसल्या (सन् २००६) नामक दुईवटा औपन्यासिक कृति प्रकाशित छन् भने अन्नपूर्णा शीर्षक कृति पनि प्रकाशित छ । यसका अतिरिक्त यिनका फुटकर कथाहरू विभिन्न पत्रपत्रिकामा छरिएर रहेका छन् ।
पारिवारिक वृत्तमा लेखिएका नया देवीका उपन्यासमा असमझदारीका कारण हुने पारिवारिक विघटनलाई देखाइएको छ । पारिवारिक समझदारीले परिवार र समाज सुखद र आनन्ददायी हुन्छ र असमझादारीले दुर्घटना हुन गई परिवार पतनको खाडलमा जाकिएर अत्यन्त दुखद र त्रासद स्थितिको सिर्जना हुन्छ भन्ने धारणा अभिव्यक्त यिनका उपन्यासमा नारी शिक्षाको आवश्यकतालाई पनि प्रस्तुत गरिएको छ ।
मूल रूपमा अनुकूल सहभागीको समावेश पाइने नया देवीका उपन्यासमा प्रतिकूल सहभागीहरू पतनको खाडलमा परेर आÇनो बर्बादी भोग्न पुगेका छन् । वर्गीय सहभागीको उपस्थिति पाइने यिनका उपन्यासमा असमेली ग्रामीण परिवेश चित्रित छ । निम्न मध्यमवर्गीय पारिवारिक वृत्तमा घुमेका यिनका उपन्यासमा दुखान्त र सुखान्त दुवै वातावरणको प्रस्तुति पाइन्छ । असमझदारी तथा मनमुटावको अन्त्य गर्दै सुखी र आदर्श पारिवारिक वातावरणको चाहनाका साथ नारी शिक्षाको आवश्यकतालाई देखाउनु यिनको औपन्यासिक अभीष्ट हो । तृतीयपुरुष दृष्टिबिन्दु र वर्णनात्मक शैलीमा संरचित यिनका उपन्यासको भाषा सरल तथा असमेली नेपाली भाषिकाबाट प्रभावित रहेको छ ।
निरु शर्मा पराजुली
सन् १९६८ अप्रिल १५ मा जन्मेकी निरु शर्मा पराजुलीले असमिया भाषासाहित्यमा एम्.ए. तथा एल्.एल्.बी. गरेकी छन् । गौहाटी हाइकोर्टमा अधिवक्ता तथा गौहाटी उच्च न्यायालयमा कानुन व्यवसायी तथा बार एसोसिएसनको सदस्य शर्मा असम लेखिका संस्थाको आजीवन सदस्य तथा सहायक महासचिव, नेपाली साहित्य सभाको आजीवन सदस्य एवं सहसचिव पनि भएकी छन् । यिनले असम गोर्खा सम्मेलनको सचिव तथा महासचिव, गौहाटी लेखिका संस्था तथा साहित्य भारती केन्द्रीय समितिको ज्वाइन्ट सेक्रेटरी को पदमा रहेर कार्य गरेको पाइन्छ । भारतीय गोर्खा परिसङ्घको आजीवन सदस्य शर्मा पूर्वाङ्गनाको सम्पादनमा पनि संलग्न देखिन्छिन् । नेपाली भाषामा यिनको भोकमा कोरिएका शब्दहरु (सन् २००८) कविता सङ्ग्रह प्रकाशित छ । यसका अतिरिक्त असमिया भाषामा यिनका कविताइ मोर बुभुख्या (सन् २००४), माथो प्रेमोर बाबे इमोथी अनुभव (सन् २००९), बोगी बोरमार बारी (सन् २००९) जस्ता कविताकृति प्रकाशित छन् । यिनको चेतना (सन् २०१०) नामक कथा सङ्ग्रह पनि प्रकाशित भएको जानकारी पाइन्छ । मीना दासको हिन्दी उपन्यास स्वप्न अति ढहाटी दिवारे असमिया भाषामा, शरद क्षेत्रीका तरल कथाहरु नेपालीबाट असमिया भाषामा तथा माइ मनोहर अमल उत्सव नामक कृति असमियाबाट नेपाली भाषामा अनुवाद पनि गरेकी छन् ।
माया ठवmुरी
वि.सं. २००४ असार १८ गते भारतको लखनउमा जन्मेकी माया ठकुरीले बी.ए. सम्मको शिक्षा हासिल गरी शास्त्रीय सङ्गीतमा जुनियर डिप्लोमा पनि गरेकी छन् । आÇनो साहित्य यात्राको अगिल्लो समयमा मेघालयको सिलाङमा सक्रिय रहेकी यिनी पछिल्लो समयमा नेपालमा रही विशेष रूपले कथा सिर्जनामा निरन्तरता दिइरहेकी छन् । विभिन्न विद्यालयमा अध्यापन गरेकी यिनी हाल नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभाका सदस्य तथा समकालीन साहित्य पत्रिकाको सम्पादक मण्डलको सदस्य पनि रहेकी छन् । रत्नश्री स्वर्ण पदक, मैनाली कथा पुरस्कार, शिक्षा पुरस्कार, खिल शर्मा–राजीवलोचन जोशी स्मारक पुरस्कार, मैना पुरस्कार, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा सर्वाेत्कृष्ट पुस्तक पुरस्कार आदि विभिन्न पुरस्कारद्वारा पुरस्कृत यिनी थुप्रै सङ्घसंस्थाबाट सम्मानित एव. अभिनन्दित पनि भएकी छन् । यिनका नजुरेको जोडी (२०३०), गमलाको पूmल (२०३३), साँघु तरेपछि (२०३९), चौतारो साक्षी छ (२०४६), माया ठवmुरीका कथाहरू (२०४८), आमा ¤ जानुहोस् (२०६४) जस्ता कथा सङ्ग्रहका अतिरिक्त इन्द्रधनुष नामक गीत सङ्ग्रह पनि प्रकाशित छ । यिनले बालकथाका पूmलबारी तथा नानीहरूलाई कोसेलीको सम्पादन पनि गरेकी छन् ।
समाजमा व्याप्त रोग, भोक, गरिबी, अन्धविश्वास, शोषण, प्रणय जस्ता विविध व्यक्तिगत, पारिवारिक र सामाजिकजस्ता विविध पक्षको यथार्थमूलक प्रस्तुति पाइने माया ठवmुरीका कथामा नारीका विभिन्न समस्याहरूलाई विशेष स्थान दिएको पाइन्छ । विभिन्न उमेर, अवस्था र वर्गका नारीहरूले भोग्नुपरेका दुरवस्था, अन्याय, अत्याचार, दुराचार, पीडा, अभाव, असन्तुष्टि, विवशता, वmुण्ठा, निराशा, तनाउ, विसङ्गति आदि अनेक पक्षहरूको चित्रण यिनका कथामा गरिएको छ । यिनले यस्ता शोषण विरुद्ध आवाज उठाउनाको सट्टा नारीको दुख सहनसक्ने क्षमतालाई प्रस्तुत गरेकी छन् । मूलतः नारीसुलभ सरल, कोमल, करुण एवं भावुक पक्षहरूको प्रस्तुति पाइने यिनका केही कथामा युगीन परिस्थितिअनुसार नारीहरू आÇनो अस्मिताप्रति केही मात्रामा सचेत भए पनि अधिकांशतः सहनशील प्रवृत्तितर्फ बढी झुकाव रहेको देखिन्छ भने कतिपय कथाहरू त पलायनतर्फ समेत उन्मुख भएका छन् । यिनका कथामा नारीप्रति घृणा र अपमान नभएर सम्मान र श्रद्धा प्रकट गर्नुपर्ने दृष्टिकोण अगि सारिएको छ । यिनका पछिल्ला समयका केही कथामा चाहिँ नारीको सहनशीलभन्दा विद्रोही रूपको प्रस्तुतिका साथ नारी अस्मिताको खोजी गर्दै नारीवादी अवधारणालाई अगि सारिएको छ । यिनका सुरुसुरुका कथामा मुख्य रूपमा असमको नेपाली समाज र वि.सं. २०३१ पछिका अधिकांश कथाहरूमा नेपालभित्रकै मध्यमवर्गीय सहरिया परिवेश चित्रित छ ।
मुन्नी सापकोटा
मुन्नी सापकोटाको जन्म सन् २५ नोभेम्बर १९५० मा गुवाहाटीमा भएको हो । प्रवेशिकासम्मको शिक्षा हासिल गरेकी यिनीे हिन्दीमा प्रबोध, नेपालीमा साहित्य भूषण हुनाका साथै जे.बी.टी. प्राप्त व्यक्ति हुन् । बडागाउँ नेपाली विद्यालयको प्राथमिक शाखामा प्रधानअध्यापकको रूपमा काम गरेकी यिनको सहभागिता हाम्रो सयपत्री परिवारमा पनि रहेको पाइन्छ । १९७४ देखि नै अखिल भारतीय नेपाली भाषा समिति मालीगाउँको सक्रिय सदस्य रहेकी यिनी नेपाली साहित्य परिषद्, असमको स्थापना कालदेखि सक्रिय सदस्यका रूपमा कार्यरत छन् । देवकोटानगर महिला समितिको संस्थापक सभापति पनि भएकी यिनी नरतन सारथि सङ्गीत विद्यालयको सदस्य भएकी छन् । यसका साथै देवकोटानगर, नेपाली मन्दिर प्रबन्ध समिति, बडागाउँ नेपाली माध्यमिक विद्यालय सञ्चालन समिति, बडागाउँ नेपाली उच्च विद्यालय सञ्चालन समिति, मालीगाउँ विद्यालय शिक्षक केन्द्र, गुवाहाटी १० वार्ड शिक्षा समिति आदि विभिन्न संस्थामा सदस्यका रूपमा यिनको सक्रियता रहेको पाइन्छ । बडागाउँ नेपाली विद्यालय सञ्चालन समितिको सदस्य सचिव भएर कार्य गरेकी यिनी असम लेखिका सङ्घ तथा नेपाली साहित्य परिषद्, असमको आजीवन सदस्य पनि हुन् । बालपत्रिका पूmलबारीको सम्पादन कार्यमा संलग्न यिनी रेडियो गुवाहाटीको नेपाली कार्यक्रमका नियमित वार्ताकारका रूपमा पनि परिचित छन् ।
अखिल भारतीय नेपाली भाषा समिति, मालीगाउँ,भारतीय नेपाली राष्ट्रिय परिषद्, सिक्किम, अखिल भारतीय नेपाली भाषा समिति, असम राज्य शाखा, नेपाली साहित्य परिषद्, मालीगाउँ शाखा, नरतन सारथी, नेपाली साहित्य परिषद्, असमजस्ता थुप्रै सङ्संस्थाबाट सम्मानित बाट जस्ता विभिन्न समयमा सम्मानित भएकी यिनी असम सरकारबाट कीर्ति शिक्षक पुरस्कार तथा भारत सरकारको राष्ट्रिय कीर्ति शिक्षक पुरस्कारबाट पुरस्कृत पनि भएकी छन् । साहित्य अकादमीको लेखन भ्रमण अनुदान प्राप्त गर्न सफल यिनी साहित्य अकादमीको अनुवाद पुरस्कारका निम्ति जुरी सदस्यमा मनोनीत पनि भएकी हुन् ।
मुन्नी सापकोटाका कथा पूmलबारी (सन् २००१) तथा बल्ल बुद्धि पलायो (सन् २००५) गरी दुईवटा बालकथा सङ्ग्रह प्रकाशित छन् । असमिया महिला कविहरूका कविता (सन् २००२) मा यिनको सफल अनुवादकला देखिन्छ । यिनका केही रचना पाठ्यपुस्तकमा पनि समावेश भएका छन् । यसका अतिरिक्त भारतीय नेपाली नारीलेखन, भारतीय नेपाली कथा, ज्ष्कतयचथ ७ ऋगतिगचभ या ब्ककबmभकभ, ल्भउबष् िऋजष्मिचभल ष्तिभचबतगचभ ष्ल ब्ककबm मा यिनका कथा र लेखहरू समाविष्ट छन् ।
मैना थापा ‘आशा’
सन् १९५२ जनवरी २४ मा गुवाहाटी, असममा जन्मेकी मैना थापा ‘आशा’ ले स्नातकसम्मको शिक्षा हासिल गरेकी छन् । लामो समयसम्म अध्यापन सेवामा संलग्न यिनले प्रधानाध्यापकको पदमा पनि रहेर काम गर्नुका साथै पत्रकारितामा पनि यिनको संलग्नता रहेको पाइन्छ । नेपाली साहित्य कला निकेतनको अध्यक्ष भएर काम गरेकी यिनी नेपाली साहित्य सभा तथा भारतीय गोर्खा परिसङ्घ असम राज्य शाखाको उपाध्यक्ष पनि भएकी हुन् । यिनी भीमराव अम्बेडकर पुरस्कार तथा राज्यिक शिक्षक पुरस्कार पुरस्कृत भइसकेकी छन् भने नेपालबाट गुञ्जन स्रष्टा सम्मान, महाकवि देवकोटा शताब्दी पुरस्कार तथा मितेरी स्वागत सम्मानद्वारा सम्मानित पनि भएकी छन् । यिनको कस्तूरी (सन् २०००) शीर्षक कविता सङ्ग्रह नेपाली भाषामा प्रकाशित छ भने हिन्दी भाषामा रजनीगन्धा (सन् १९५५) कविता सङ्ग्रह प्रकाशित छ ।
हिन्दी र नेपाली भाषामा समान रूपले कलम चलाउने मैना थापाका कवितामा वर्तमान विश्वमा व्याप्त जातिभेद, भाषा भेदका कारण हुनगएको सङ्घर्षको विरोध गरिएको छ । युद्धजन्य परिवेशका कारण उत्पन्न अशान्त परिस्थिति चित्रित यिनका कवितामा शान्तिको स्थापनाका लागि आ≈वान गर्नुका साथै कविको कलममा अपार शक्ति निहित हुने भाव मुखरित छ । कवितामा दाइजोको निहुँमा बुहारी नै जलाउने कुकृत्यको विरोधमा आवाज उठाउँदै दाइजो प्रथाको विरोधमा लाग्न सबैलाई अनुरोध गरिएको छ । विविध प्रकारका विविध प्रकारका नारी शोषण तथा उत्पीडनको प्रस्तुति पाइने यिनका कवितामा नारी विरोधी यस्ता गतिविधिको विरुद्धमा आवाज उठाइएका यिनका कवितामा नारी विद्रोहलाई सङ्केतात्मक पाराले देखाइएको छ । यसका साथै यिनका कवितामा बेरोजगारी समस्या तथा जीवनको क्षणिकता पनि अभिव्यञ्जित छ ।
रिजु देवी
रिजु देवीको जन्म सन् १९७८ जुन ३० तारिखका दिन तेजपुरमा जन्मेकी हुन् । यिनले असमियामा एम्.ए. गरेकी छन् । गायन र गीत लेखन र अभिनयमा रुचि राख्ने यिनी असम गोर्खा सम्मेलन तेजपुर जिल्ला समितिको उपसभानेतृका साथै असम नाट्य सम्मेलन बडझार शाखाको साङ्गठनिक सचिव पनि भइसकेकी छन् । यिनको औँशीको चन्द्रमा (सन् २००७) नामक कथा सङ्ग्रह प्रकाशित छ । यसका साथै यिनको संयुक्त रूपमा वर–पीपल (सन् २००८) शीर्षक कविता सङ्ग्रह पनि प्रकाशित भइसकेको छ ।
वर्तमान मान्छेका विवशता, बाध्यता आदिलाई देखाइएका रिजु देवीका कथामा रूढिवादी सङ्कीर्णताले ग्रस्त समाजको यथार्थ चित्रित छ । लैङ्गिक विभेदको विरोेधात्मक प्रस्तुति भएका यिनका कथामा मातृत्वको महिमागान गर्र्दै मातृत्वका विविध रूपलाई देखाइएको छ । मानवीय सद्भावलाई प्रस्तुत गरिएका यिनका कथामा श्रमको सम्मान हुनुपर्ने भाव अव्यिञ्जित छ । असमेली नेपाली जनजीवन चित्रित यिनका कथामा मनोविज्ञानको स्पर्श पनि भेटिन्छ ।
लक्ष्मी ‘मीनु’
सन् १९५६ मे १९ तारिख खत्ला, मिजोरममा जन्मेकी लक्ष्मी ’मीनु’ अध्यापन पेसामा संलग्न छन् । मिजोरम गोर्खा नारी समाजको मुखपत्र गहना मासिक तथा मिजोरम गोर्खा युवा संस्था मुखपत्र युवा मासिकको सम्पादनमा संलग्न यिनी मिजोरम गोर्खा नारी समाजको केन्द्रीय सचिव तथा मिजोरम गोर्खा नारी समाज खत्ला शाखाको सचिव पनि भएकी हुन् । मिजोरम गोर्खा युवा सङ्घको सदस्य तथा मिजोरम गोर्खा युवा सङ्घ खत्ला शाखाको सल्लाहकार यिनी भारतीय गोर्खा परिसङ्घको आजीवन सदस्य पनि रहेकी हुन् । मिजोरम गोर्खा युवा सङ्घद्वारा ‘आदर्श युवती’ को सम्मान प्राप्त गरेकी यिनी मिजोरम गोर्खा युवा सङ्घद्वारा प्रदान गरिने अनुकरणीय विशिष्ट सेवा सम्मानबाट सम्मानित छन् । मिजोरमका विभिन्न सङ्घसंस्थाबाट विभिन्न समयमा अभिनन्दित एवं सम्मानित यिनी हरिभक्त कटुवाल स्मृति पुरस्कार, सिक्किमबाट स्रष्टा पुरस्कारबाट पुरस्कृत हुनाका साथै अवम किनार प्रकाशन, गान्तोकबाट सम्मानित पनि भएकी छन् । यिनका मिर्मिरेको अनुभूतिहरू (सन् २००६) कविता सङ्ग्रह तथा कर्तव्य (सन् २००३) शीर्षक एकाङ्की सङ्ग्रह प्रकाशित छन् ।
लावण्य देवी
लावण्य देवीको जन्म माजगाउँ, गाङमौथानमा भएको हो । स्नातक सम्मको शिक्षा हासिल गरी लामो समयसम्म शिक्षण पेसामा संलग्न यिनी हाल सेवा निवृत्त जीवन बिताइरहेकी छन् । केही समय असम साहित्य परिषद्, तेजपुर शाखाको सभापति पदमा रहेर कार्य गरेकी यिनी असम लेखिका संस्था, तेजपुर शाखाको पनि सभापति भएकी हुन् । यिनको ब्रिटेनमा केही दिन (सन् २०१०) नामक यात्रासंस्मरण संयुक्त रूपमा प्रकाशित भएको पाइन्छ । यस यात्रासंस्मरणको पहिलो भाग यिनले लेखेकी हुन् भने पछिल्लो भाग यिनका पति जगन्नाथ उपाध्यायले लेखेका हुन् । यात्रासाहित्यको लेखनमा महिलाको कलम अत्यन्त न्यून देखिएको असमेली नेपाली साहित्यको सन्दर्भमा यिनको प्रवेश निकै आशालाग्दो देखिएको छ । विवरणमूलक–वर्णनमूलक प्रस्तुति पाइने यस यात्रा संस्मरणमा यिनको लेखाइमा असमिया भाषाको प्रत्यक्ष प्रभाव परेको देखिन्छ ।
शान्ति थापा
शान्ति थापाको जन्म सन् १९६१ जनवरी ९ मा गुवाहाटीको शान्तिपुर भन्ने ठाउँमा भएको हो । गुवाहाटी विश्वविद्यालयबाट हिन्दीमा एम्.ए.गरेकी यिनले पीएच्.डी. उपाधि पनि हासिल गरेकी छन् । हाल आर.जी.बरुवा कलेजमा हिन्दीको प्राध्यापनमा संलग्न यिनी गुवाहाटी विश्वविद्यालयको नेपाली एम्.ए. कार्यक्रमको संयोजक पनि रहेकी छन् । असममा भएको कोलाज आन्दोलनमा पनि यिनको सक्रियता रहेको थियो ।
गीत लेखन र गायनमा पनि रुचि राख्ने शान्ति थापाको माया (सन् २००४) नामक गीत सङ्ग्रहका साथै आवत्र्तन (सन् २००७) शीर्षक कथा सङ्ग्रह तथा मोहनी डट कम (२००९) शीर्षक उपन्यास प्रकाशित छ । सिर्जनात्मक लेखनका अतिरिक्त यिनले असमियाबाट नेपाली भाषामा नामघरे र अस्तराग शीर्षक दुईवटा उपन्यासका साथै भारतके स्वाधीनता आन्दोलन में पानवारी रेलदुर्घटना काण्ड नामक कृतिको अनुवाद गर्नुका साथै असमेली नेपाली कथायात्रा, लोहित घाँटीकी कहानियाँजस्ता सङ्ग्रहको सम्पादन पनि गरेकी छन् । अन्तरङ्ग पत्रिकाको नेपाली कथा विशेषाङ्कको अथिति सम्पादक, रङ्गघर नामक हिन्दी पत्रिकाको नेपाली साहित्य संस्कृति विशेषाङ्क तथा दस्ताबेजको असम विशेषाङ्कमा सहयोगी सम्पादकका रूपमा सक्रिय रहेकी यिनी मृण्मय (बहुभाषी शोध पत्रिका) र पूर्वाको सम्पादनमा संलग्न रहेको देखिन्छ । लामो समयदेखि निरन्तर रूपमा असमबाट प्रकाशित हुने हाम्रो ध्वनि पत्रिकाको सम्पादन कार्यमा पनि यिनको विशेष सक्रिय छन् । लामो समयदेखि सिर्जना, अनुवाद एवं सम्पादनमा सक्रिय रहेकी शान्ति थापा सञ्चयनारायण प्रधान स्मृति स्वर्णपदक (सन् १९९८), साहित्य अकादमी अनुवाद पुरस्कार (२००२), आवत्र्तन कथा सङ्ग्रहका लागि टङ्कनाथ स्मृति पुरस्कार (२००८), गुञ्जन प्रतिभा पुरस्कारजस्ता पुरस्कारबाट पुरस्कृत पनि भइसकेकी छन् ।
शान्ति थापाका कथामा युगीन जनजीवनका विभिन्न विषयवस्तुको प्रस्तुति पाइन्छ । यिनी विभिन्न वर्ग र अवस्थाका नारीहरूले सम, विषम तथा विसङ्गत परिस्थितिमा भोग्नुपरेका मानसिक सङ्कटबाट उत्पन्न संवेदनालाई विविध सन्दर्भका माध्यमबाट विषयवस्तु बनाएर कथा सिर्जना गर्ने कथाकार हुन् । यिनले मूलतः नारीका दुर्दशा, वेदना, छटपटी, उकुसमुकुस, सन्तानप्रतिको मोह, सङ्कटमा परेको मातृत्व आदिलाई कथावस्तुको रूपमा आना कथामा समेटेकी छन् । यस दृष्टिले हेर्दा यिनका कथामा अभिव्यक्त मूल स्वर नारी संवेदना हो । सामाजिक क्षेत्रमा देखापरेका विकृति तथा विसङ्गतिलाई पनि औंल्याइएका यिनका कथामा तथाकथित इज्जतका लागि यौनदुव्र्यवहारलाई दबाउनु पर्ने बाध्यतामा परेको मातृत्वको पीडादायी अवस्थाको चित्रण पनि पाइन्छ । पुरुषले नारीप्रति गरेको शोषण देखेर विद्रोही हुनपुगेको मानसिकतालाई पनि यिनले आप्mना कथामा स्थान दिएकी छन् । सामाजिक संस्कार, रीतिथिति पनि पैसाका आधारमा मूल्याङ्न हुने सामाजिक परिपाटीप्रति व्यङ्ग्य प्रहार गरिएका यिनका कथामा कतिपय परम्परित बिम्बका माध्यमबाट व्यक्तिको क्षणिक मनोवेगको प्रस्तुति गरिएको छ यिनको को मोहनी डट् कम नामक उपन्यासमा असमेली नेपाली जनजीवनका विविध सन्दर्भहरूलाई विशृङ्खल रूपमा प्रस्तुत गर्दै सन् १७७९ मा असममा भएको ‘बहिरागत हटाओ’ आन्दोलन र त्यसको परिणामलाई केलाइएको छ । जातीयताका नाममा भएका सङ्कीर्णता तथा मानवताविरोधी क्रियाकलापको विरोध गरिएको यस उपन्यासमा मानवतावादी अवधारणा मुखरित छ । नेपाली जातिमाथि गौरवबोध गरिएको यस उपन्यासमा जातीय प्रेम पनि अभिव्यञ्जित छ । प्रकृतिमाथि निर्वाध रूपमा मानव अतिक्रमण भएकोमा चिन्ता प्रकट गरिएको यस उपन्यासमा आपूmमाथिको आक्रमण प्रकृतिले पनि एउटा सीमासम्म मात्र सहन गर्ने कुरालाई भावुक पाराले अभिव्यक्त गरिएको छ । अग्रज साहित्यकारप्रति आस्थाभाव व्यक्त गरिएको यस उपन्यासमा लोकप्रिय नेपाली कवि हरिभक्त कटुवालको मृत्यु प्रसङ्गको उल्लेख गरेर साहित्यकारको नियतिलाई यथार्थवादी ढङ्गमा प्रस्तुत गरिएको छ ।
सीता देवी
५ मे १९७१ मा उदालगुडी, असममा जन्मेकी सीता देवीले इतिहासमा एम्.ए. र हिन्दीमा प्रवीणसम्मको शिक्षा हासिल गरेकी छन् । बिहपुरीया बालिका हाई स्कुल, लखिमपुरम शिक्षण पेसामा संलग्न यिनले अन्तर्राष्ट्रिय नेपाली नारी विचारप्रधान पत्रिका सम्झना तथा मंगलदै सरकारी कलेजको मुखपत्रको सम्पादन पनि गरेकी छन् । असम साहित्य परिषद् तथा असम साहित्य सभाजस्ता साहित्यिक संस्थामा पनि यिनको सक्रियता रहेको देखिन्छ । नेपाली र असमिया भाषामा समान रूपले कलम चनाउन सक्षम यिनका तिम्रो स्मृतिमा (सन् १९९७) तथा नेपालकी छोरी (वि.सं.२०६०) जस्ता कविता सङ्ग्रह नेपाली भाषामा प्रकाशित भएका छन् भने दिगन्त आकौ सुर्य (सन् २००७) कविता सङ्ग्रह असमिया भाषामा प्रकाशित भएको जानकारी पाइन्छ ।
माथि उल्लेख गरिएबाहेक यस क्षेत्रका सुनिता सुब्बा र रीता सोनोवारका पुस्तकाकार कृति प्रकाशित भएको जानकारी पाइन्छ । यसका साथै असम क्षेत्रका विभिन्न भूभागमा बसोबास गर्ने महिला साहित्यकारहरूका विभिन्न विधाका लेखरचना फुटकर रूपमा विभिन्न पत्रपत्रिकामा छरिएर रहेका छन् । यीमध्ये आमिया छेत्री, आशा छेत्री, कमलादेवी भट्टराई, कुसुम थापा, गायत्रीदेवी, गीता राई, गोमा पौड्याल, चम्पादेवी, तुलसी देवी, दिव्यादेवी मैनाली, दीपा शर्मा, दुर्गा शर्मा, धनमाया छेत्री, निशा गुरुङ, पद्मादेवी, बासन्ती जोशी, मञ्जु उपाध्याय, मञ्जु लामा, रत्ना खडका, रश्मि रेखा शर्मा, राधा ज्ञवाली, रामकुमारी लामा, रोजी रानी शर्मा, लावण्यदेवी, वन्दनादेवी, वसुन्धरा शर्मा, विजया शर्मा, वेणुरानी राई, वेदादेवी, शशि रावत, सरला लिम्बू, सरस्वती सोनार, सुनिता थापा, हिमा जोशी आदि उल्लेखनीय रहेका छन् ।
उपसंहार
बहुभाषी तथा बहुधर्मी असमेली क्षेत्रमा अन्य जातिसँग सद्भावका साथ बसोबास गरिरहेका नेपाली जातिले बेलाबेला अस्तित्वको सङ्कट पनि बेहोर्नु परेको देखिन्छ । यस्तो विषम परिस्थितिमा प्राकृतिक जिम्मेवारी सफलतापूर्वक निर्वाह गरी पारिवारिक, सामाजिक, प्रशासनिक सङ्कीर्णताको घेरा तोडेर जातीय तथा वर्गीय अस्तित्वका लागि सङ्घर्ष गर्दै साहित्य सिर्जना गर्ने असमेली नेपाली महिला साहित्यकारको प्रयास एकदमै सराहनीय छ । यति भएर पनि तिनको उचित विश्लेषण र मूल्याङ्कन असम क्षेत्र र नेपाल दुवै तर्पmबाट हुन सकेको देखिँदैन । यसै अभावलाई ध्यानमा राखी प्रस्तुत आलेख तयार पारिएको हो । पङ्क्तिकारको निजी सङ्कलनमा सङ्कलित सीमित सामग्रीलाई आधार बनाएर तयार पारिएको यस लेखमा सामग्रीको अभावका कारण कतिपय सन्दर्भहरू छुटफुट हुन गएका भए सम्बद्ध सबैबाट सुझाव र सामग्री प्राप्त भएमा यसलाई पूर्णता दिने प्रयत्न गरिन्छ ।
कीर्तिपुर, काठमाडौं, नेपाल
फोन : ०९७७१४३३२१७८
जीवन काँडा कि फूल' कृतिका लागि झमक घिमिरेले यसवर्षको मदन पुरस्कार पाएपछि यतिखेर नेपाली साहित्य वृत्तमा उनकै चर्चा छ । बधाइ र शुभकामनाले फेसबुकका भित्तासमेत भरिएका छन् । पुरस्कार दिने निर्णय कसरी हुन्छ भन्ने कुराको नालीबेली र यसका एकल तजविजी निर्णायक कमल दीक्षितका बारेमा थाहा पाउने हो भने स्वाभिमानी झमकले सायदै पुरस्कार स्वीकार गर्ने थिइन् होला । झमकको आनिवानी नजिकैबाट बुझेको तथा उक्त गुठीमा विगतमा आफ्ना पुस्तक दर्ता गरेकै कारण पछुतोको भुङ्ग्रोमा परेको पंक्तिकारलाई विश्वास छ- यो पुरस्कारले झमकलाई जीवनभर पीडा दिइरहने छ विगतमा पुरस्कार पाउने पारिजातहरुलाई जसरी नै ।
हुन पनि साहित्यमा कलम चलाउने तर मदन पुरस्कारको भित्री वास्तविकता थाहा नपाएको हरेक श्रष्टाले यो पुरस्कारको चाहना राख्छ । यो पुरस्कार पाउन सके स्थापित हुन्थे भन्ठान्छ । सोही पुरस्कारका लागि हरेक वर्ष पुस्तक दर्ता गर्नेहरुको ताँती नै लाग्छ । त्यसै कारण यसका हर्ताकर्ता र समर्थकहरु यो नेपाली साहित्यको नोवेल पुरस्कार हो भन्ने दावी गर्न पनि चुक्दैनन् । तर प्रश्न उठ्छ- युगमा विरलै जन्मने महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौडेल नाट्य सम्राट बालकृष्ण सम, विश्वेश्वरप्रसाद कोइराला, सिद्धिचरण श्रेष्ठ, लैनिसंह बाङ्देल, केदारमान व्यथित, माधव घिमिरे, भूपि शेरचन, युद्धप्रसाद मिश्र, विजय मल्ल, गोविन्द गोठाले, इन्द्रबहादुर राई, केशवराज िपंडालीहरुका कृतिले समेत नपाएको यो पुरस्कार कसरी त्यति सम्मानित स्थान हाँसिल गर्न सक्छ आफ्नो इमान गुमाएर त्यो पुरस्कार थाप्नेहरुको दाँजोमा प्रेमा शाह, गोविन्द भट्ट, देवकुमारी थापा, परशु प्रधान, विश्वम्भर चाचल, मनु ब्राजकी, भाउपन्थी, बेन्जु शर्मा, भागीरथी श्रेष्ठ, खगेन्द्र संग्रौला, भुवन ढुंगाना, पूर्ण विराम, मजु काँचुली, ध्रुव सापकोटा, नारायण ढकाल, माया ठकुरी, पद्मावती िसंह रामप्रसाद ज्ञवाली, सुधा त्रिपाठी, गोविन्द वर्तमान आदिका रचना कमजोर छन् ? आश्चर्यको कुरा हो साहित्यकार केदारमान व्यथितले आजीवन मदन पुरस्कार पाएनन् तर कृष्णचन्द्रिसंह प्रधानले लेखेको 'केदारमानको काब्यसाधना'लाई २०15 सालमा यो पुरस्कार दिइयो । त्यसलगत्तै केदारमानले एउटा सार्वजनिक कार्यक्रममा दीक्षितको वेइज्यती नै गरेका थिए अश्लील शब्दसहितको गाली बर्षाएर…। मलाई नदिने म बारे लेखिएको किताबलाई दिने भन्दै । त्यस्तै कवि चित्तधर हृदयको चित्त पनि जीवनभर पुरस्कारकै आसमा फाटिरह्यो ।
कमल दीक्षितको 'गुरुभेटी' पुस्तकमा उल्लेख भएअनुसार महाकवि देवकोटा उनका गुरु हुन् । तर उनले आफ्ना गुरुलाई जीवनपर्र्यन्त एक आँखाले पनि देखिसहेनन् । एकपटक महाकवि देवकोटा रानी जगदम्बालाई भेट्न गएका बेला अपमानपूर्वक फर्काइदिने पनि उनै दीक्षित थिए । बनारसमा अभर परेको बेला देवकोटालाई एक रुपैयाँ चन्दा दिएको कुरामा गर्व गर्ने दीक्षितले चाहेका भए पुरस्कारमा कृपा गरेर मात्र होइन अरु माध्यमबाट पनि देवकोटाको आयु अरु दुईचार वर्ष लम्ब्याउनेसमेतको हैसियत राख्थे । किनकि महाकवि देवकोटा आर्थिक संकटमा गुजि्ररहेका बेला दीक्षित रानी जगदम्बाको सचिव भएर चारैतिर पैसा छरिरहेका थिए । तर उनले कहिल्यै देवकोटाको हित चिताएनन् । हुन त उनले सोही पुस्तकमा एकडमीका तात्कालीन उपकुलपति बालचन्द्र शर्माले मातहतका सदस्यहरुलाई गुठीमा पुस्तक दर्ता गर्न प्रतिबन्ध लगाएकोले आफूले चाहेर पनि लेखनाथ सम र देवकोटालाई मदन पुरस्कार दिन नपाएकोमा पछुतो मानेका छन् । तर जानकारहरुका भनाइमा त्यो उनको पछुतोको रोदन मात्रै हो । यदि उनले साँच्चै दिन चाहेको भए ती श्रष्टाका घरका कुनामा खाँदिएका पाण्डुलिपिलाई पनि दिनसक्थे । पुरस्कारका लागि पुस्तक दर्ता गर्नुपर्ने बाध्यात्मक प्रावधान हटाउन पनि सक्थे । तर उनी अहिले पनि त्यो प्रावधान हटाउन चाहँदैनन् किनकि दीक्षित र उनको परिवारलाई चाकडी असाध्यै मन पर्छ । अनि उनीहरु नै गुड्डी हाँक्छन् नेपाली साहित्यको श्रीबृद्धिका लागि… । यदि उनीहरु साहित्यको साँच्चै श्रीबृद्धि चाहन्छन् भने यसवर्षको उत्कृष्ट पाँचमा यी पुस्तक थिए भनेर सार्वजनिक गर्न यिनलाई केले छेकेको छ ?
मैले पुरस्कार पाउष भनेर पुस्तक दर्ता गर्नु आफैँमा पाउमा त्वम् शरणम् गर्नु हो । तर पछिल्लो नेपाली कम्युनिष्ट आन्दोलनमा विद्यावारिधि गरेका एकजना स्थापित लेखक भन्छन् ूत्यो संस्था यतिधेरै कुहिएको सिनो हो भन्ने थाहा पाएको भए म पुरस्कारका लागि मेरा किताब दर्ता नै गर्ने थिइनँ । थाहा नपाएर दुईटा किताब दर्ता गरेकोमा मलाई जीवनभर पछुतो हुने भो ।' यस्तै अनुभव पंक्तिकारलाई पनि भएको छ । यसो हुनुको मूल कारण भने विगतमा पुरस्कार वितरण गर्दा अपनाइएको विधि नै हो ।
औपचारिकताका लागि हरेक वर्ष गठन गरिने गुठीको निर्णयक समितिमा दुईपटक परेका एकजना सदस्यको भनाइमा कमल दीक्षितले सुरुमै 'ल है सर्वसम्मत निर्णय गर्नुस् । विवाद भयो र गुठीले हस्तक्षेप गर्नुपर्यो भने तपाईँहरुकै बेइज्जत हुन्छ' भनेर विवेकीय अधिकार कुन्ठित बनाउँछन् । उनको भनाईमा बैठकमा दीक्षित परिवारले राखेको प्रस्तावमा कमिटीका अरु सदस्यले असहमति राख्नुको कुनै अर्थ नै हुँदैन । विडम्बना भन्नुपर्छ मदन समशेरको पुरानो तबेलामा बर्षमा एकचोटि पाक्ने जिलेबी र बैठक भत्ता रु एक हजारका लागिसमेत आफ्नो विवेक र स्वाभिमान कमल दीक्षितको पाउँमा चढाउन लालयित हुनेहरुको खाँचो साहित्य वृत्तमा पटक्कै छैन ।
धेरैलाई थाहा नभएको कुरा हो २०६२ साल बैशाख अन्तिमतिर छापिएको नारायण वाग्लेको पल्पसा क्याफेलाई ०६१ सालको मदन पुरस्कार दिनुका पछाडिको प्रमुख कारण जगदम्बा प्रेसको घाटा हो । कान्तिपुर एफएममा कार्यक्रम चलाउँदा अश्लील बोलेवापत घोक्राइएका किरणकृष्णले सुरु गरेको नेपालय त्यसबेला प्रचारको तुजुक लिएर बजारमा देखापरेको थियो । र घाटामा जान थालेको उक्त प्रेसलाई चलाउने अन्तिम उपाय स्वरुप दीक्षित परिवारले उनीसँग गोप्य सहमति गरेको थियो- जगदम्बा प्रेसमा किताब छाप्नुपर्ने र साङ्गीतिक कार्यक्रम माकुराले जालो लगाएको गुठीको सभाहलमा गरेर दुवैलाई स्थापित हुन मद्दत गर्ने । यसले दुवैका हातमा लड्डु पारेरै छाड्यो । यही निकृष्ट स्वार्थबाहेक त्यस वर्ष सर्वोत्कृष्ट मानिएको गोविन्द वर्तमानको ुसोह्र साँझहरुलाई उपेक्षा गर्नुपर्ने कुनै आधार देखिँदैन ।
०५५ सालमा दीक्षितका अनन्य मित्र लक्ष्मीदास मानन्धरले साल्ट ट्रेडिङ साचालनको मामलामा उनलाई घात गरेपछि दिनेश अधिकारीको पासा पल्टियो । शेयरको ठूलो हिस्सा दीक्षित परिवारको स्वामित्वमा रहेको यो संस्थाभित्रको भ्रष्टाचार मुद्दा अदालतमा विचाराधिन रहेका बेला संयोगले दिनश अधिकारी महान्यायाधीवक्ताको कार्यालयमा थिए । मुद्दा जिताइदिएवापत् मदन पुरस्कार पाइने भएपछि अघिल्लो वर्ष 'इन्द्रजात्रा' निकालेपछि बचेका तथा पत्रपत्रिकामा छापिएका रहलपहल कविता लिएर अधिकारी भूमिका लेखाउन डा. तारानाथ शर्माकहाँ पुगे । उनले भने 'यो किताबले यसबर्षको मदन पुरस्कार पाउँदैछ । भूमिका लेखिदिनु पर्यो ।' तर पाण्डुलिपि पढिसकेपछि शर्माले किटेरै भने 'तपाईँ जेसुकै भन्नुस् यस्तो काइते किताबले चै मदन पुरस्कार पाउँदैन ।' कुरा सुनेर अधिकारी राँकिनु स्वाभाविक थियो । अन्नतः अधिकारीको 'अतिरीक्त अभिलेख' २०५६ सालको पुरस्कार पायो । जवकि त्यसअघि फुटकर रुपमा छापिएका रचनाको सँगालोलाई पुरस्कार नदिने भनी गुठी आफैँले मापदण्ड बनाएको थियो । त्यसबेला अधिकारीसँग भएको संवादका बारेमा शर्माले आफ्नो संस्मरणात्मक कृति ुचरी भररुमा समेत उल्लेख गरेका छन् ।
दीक्षित निकट स्रोतकै भनाइमा २०५१ सालमा फादर विलियम वर्कले 'सही शब्द'मा यो पुरस्कार पाउनुका पछाडिको कारण पश्चिम बंगालको एउटा कि्रश्चयन ट्रष्टले दीक्षित परिवारको स्वामित्वको अग्रेजी पत्रिका नेपाली टाइम्सका लागि दिने गतिलो विज्ञापन प्रमुख कारण हो । आफ्नै दाजु विष्णुप्रसाद धिताल गुठीको सदस्य-सचिव भएका बेला विनोदप्रसाद धितालले २०५२ मा यो पुरस्कार पाउनु पनि नौलो कुरा रहेन । २०५३ मा लोकेन्द्रबहादुर चन्दले बिस्रजन कथासङ्ग्रहका लागि पुरस्कार पाउँदा प्रेमा शाहदेखि ध्रुव सापकोटासमेतका दर्जन बढी कथाकारको अपमान भएको अनुभव गर्नेहरु थुप्रै थिए । स्रोतको भनाइमा चन्दलाई यो पुरस्कार राजेश्वर देवकोटाको भनसुनपछि हात लागेको हो । किनकि गुठीका तात्कालीन सदस्य-सचिव धिताल र देवकोटा फुपुचेला-मामाचेला हुन् । उता २०४१ मा काचन पुडासैनीको ुप्रत्यागमनुले पाउनुको कारण चै उनकी भाइबुहारी अर्थात् डा. सोम पुडासैनीकी पत्नी दीक्षितकी फुपूकी छोरी हुन् । भनसुन र चाकडीका यस्ता घटना हरेक वर्ष हुने गरेका छन् अपवादबाहेक । तर अन्जान साहित्यप्रेमीहरु त्यही कुपित पुरस्कारलाई नोवेल पुरस्कारसँग दाँजिरहेका छन् ।
त्यति मात्रै होइन कृष्ण धरावासीले शरणार्थीमा नपाएर राधामा तथा जगदिश घिमिरेले लीलामु, सावितिजस्ता स्तरीय कृतिमा नपाएर अन्तर्मनको यात्रामा पाउनु गतवर्ष गैरसाहित्यिक किताब ुनेपालका बालीनाली र तिनको दीगो विकासुलाई दिइनु आदिका पछाडि पनि अनेक घटनाक्रम छन् । युवराज नयाँघरेको एकहातको तालीले पाउनुका पछाडिको कथा पनि बेग्लै छ । यसबारेमा पछि छुट्टै सन्दर्भमा उल्लेख गरौँला । तर खोजबाट फेला परेको सत्यचाहिँ के हो भने मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार पटक्कै निष्पक्ष छैनन् । साथै स्वाभिमानी तथा प्रगतिशील विचार राख्नेहरुप्रति यसका हर्ताकर्ताहरु असाध्यै पूर्वाग्रही छन् ।
हुन त स्थापित साहित्यकारहरुलाई पुरस्कार दिन नसकेकोमा कमल दीक्षित स्वयम्लाई पछुतो भएको देखिन्छ । प्रायश्चित स्वरुप मदन पुरस्कार पुरस्कार दिन छुटेकाहरुलाई दिने गरी ४४ सालमा उनले जगदम्बाश्री पुरस्कार सुरु गरेका छन् । तर यो पुरस्कार छनोटको मापदण्ड पनि चाकडी नै प्रमुख भएको देखिन्छ । रमोलादेवी शाह छिन्नलताले नेतृत्व गरेको कमिटी भित्र रहेका प्रत्येक साहित्यकार कमलबाबुको पाकेटका पुरस्कार पाउनबाट वन्चित नहुनु २०२५ सालमा मदन पुरस्कार पाइसकेका धर्मराज थापाले २०५७ सालमा फेरि जगदम्बाश्री पाउनु आदि यसका आधार हुन् । कमलबाबुका अगाडि गएर आफ्ना दुई हात माडेपछि केही न केही झारेरै छाड्ने भएकाले छिन्नलतालाई त्यसबेला साहित्यवृत्तमा 'चाउचाऊ' नै भन्ने गरिन्थ्यो ।
पुरस्कार वितरणमा कुन हदसम्मको चाकडी हुन्छ भन्ने कुराको अर्को प्रमाण डायमण्डसमशेर राणा हुन् । जीवनको उत्तरार्धमा एकपटक त उनले दीक्षितसँग मुख फोरेरै भनेका थिए 'धेरै पर्खे मदन पुरस्कार पाइनँ । अब म धेरै बाँच्दिन । मलाई जगदम्बाश्री त दिनोस् ।' डायमण्डसमशेरका बारेमा गुगलमा उल्लेख भएअनुसार त्यसपछि दीक्षितले भने 'यसवर्षलाई मैले धर्मराज थापालाई बचन दिइसकेको छ । म अर्को वर्ष दिउँला ।' त्यसको अर्को वर्ष २०५८ मा उनले सो पुरस्कार पाए पनि । उता धर्मराज थापाले त सार्वजनिक रुपमै भनेका छन् 'पुरस्कार पाउनका लागि मैले एकवर्षसम्म कमलमणिको पाउ मोलेको छु…।'
मदन पुरस्कार दिन छुटेकाहरुलाई सोधभर्ना गर्नेगरी सुरु गरिएको जगदम्बाश्री पुरस्कारको थालनी २०४५ सालमा नारायणगोपालबाट गरिएको थियो । त्यसको अर्को वर्ष मह जोडीले पाए । तर नातिकाजीले पाउन सकेनन् । अम्बर गुरुङलाई पनि १० वर्षपछि ०५४ सालमा मात्रै दिइयो । जानकारहरुका भनाइमा पुरस्कार लिने निर्णय गरिसकेर िसंढी ओर्लिसकेपछि पनि उनले एकपटक 'लिन्न' भनेका थिए । उनको असन्तुष्टि थियो 'के मैले नारायणगोपालभन्दा १० वर्षपछि सिर्जनाकर्म सुरु गरेको हुँ ?' यद्यपि उनलाई फकाइयो । तर उनले पुरस्कार थापिसकेपछिको मन्तब्य नै दिएनन् असन्तुष्टिका कारण । जगदम्बाश्री पुरस्कार वितरणका यस्ता विकृतिबारे थाहा पाएकै कारण कमलबाबु घरमै गएर आग्रह गर्दासमेत कविवर माधवप्रसाद घिमिरेले यो पुरस्कार अस्वीकार गरे । जवकि घिमिरेलाई नजिकबाट नचिन्नेहरु उनलाई 'लोभी' भन्ने गर्छन् ।
कमल दीक्षितलाई बर्मा भ्रमणको अवसर मिलाएर २०५३ सालमा ठाकुरप्रसाद गुरागाइलाई जगदम्बाश्री दिलाएका डा। दुबसु क्षेत्री यसवर्षको मदन पुरस्कार थाप्न हात धोएरै लागेका थिए । प्रेस किनिदिने लोभ देखाएर साझालाई नै टाट पल्टाउने गरी ५०० पृष्ठको कवितासङ्ग्रह 'अश्वमेघ यज्ञका घोडाहरु छाप्न लगाएका उनले आफ्नो मण्डलीमार्फत् प्रचारप्रसार पनि उत्तिकै तीब्र पारेका थिए । दुवसुको उक्त किताबका बारेमा कमलमणिले बैठकमा गरेको टिप्पणी सुनाउँदै गुठी सूत्र भन्छन् ुयस्तो यान्त्रिक किताबलाई पुरस्कार दिएर मदन पुरस्कारको शाखलाई डुबाउन चाहन्नँ ।' यद्यपि यसवर्षको मदन पुरस्कार घोषणाको भोलिपल्टै दुबसुको किताबले साझा पुरस्कार हात पारे ।
स्रोतको भनाइमा झमक घिमिरेको किताबका बारेमा समेत निर्णयक कमिटीमा निकै विवाद भएको थियो । कमिटीका बहुमत सदस्यहरुको राय थियो 'यो किताबलाई पुरस्कृत गर्ने हो भने पुरस्कारकै बद्नाम हुन्छ । कृतिलाई नभइ अपाङ्गतालाई पुरस्कार दिएको ठहर्छ । अर्को वर्षदेखि गतिला लेखकहरु कसैले पनि पुस्तक दर्ता गराउँर्दैन ।' तर सदस्य-सचिव रहेका कुन्द दीक्षितले कडा प्रतिवाद गरे 'तपाईँहरुले भन्दैमा हुन्छ हेरौँ न कसले दिँदोरहेनछ किताब मदन पुरस्कार गुठीसँग टक्कर लिन सक्ने को छ ?' दीक्षित परिवारका पाकेटका पुरस्कारभन्दा नइ मातहतका पुरस्कार धेरै निष्पक्ष भएको अनुभव सुनाउने स्रोत भन्छ 'मैले त अबदेखि मदन पुरस्कार गुठीको छनोट कमिटीमा कहिल्यै बस्दिन भनेर कान समातेर आएको छु ।'
प्रसिद्ध जलस्रोतविद् दीपक ज्ञवालीलगायतका आफ्नै भााजाभााजी तथा अजय अर्जुनमणिसमेतका भाइभतिजाका नजरमा समेत विझाउने कमल दीक्षितका बारेमा नरेन्द्रराज प्रसाईँले गरेको टिप्पणी पनि उनको चरित्र उजागर गर्ने खालको छ । दीक्षितले नै सम्पादन गरेको गुठीको मुखपत्र 'नेपाली'को २०६६ कार्तिक अंकमा लेखिएको छ '…नेपाली भाषासाहित्यमा यहाँको अनुयायी भएर अनाटकीय ढंगबाट उपस्थित भइरहेको छु । मलाई माचमा बस्न माला लगाउन र पुरस्कार थाप्न संकोच लाग्छ भनेर एकदशकको छेउछाउदेखि लेख्दै आएको बेहोरा पनि हो । तर पनि विशेष गरी जगदिशसमशेर राणालाई मैले मदन पुरस्कार पाएको हेर्ने इच्छा थियो । अनि त्यही परिवेशमा मैले राणालाई मदन पुरस्कारको चटकबारे एउटा लामो चिठी लेखेर भारतको सिमला पठाएको थिएँ । वास्तवमा ईश्वरबल्लभदेखि जगदिशसमशेर राणासम्मले जति जोड गरे पनि मैले मेरा कुनै कृति मदन पुरस्कारको चिट्ठामा सामेल गराइनँ । बिन्तीपत्र हालेर आफ्नो योग्यता एकल तजविजीको तुलोमा जोखीपाऊँ भन्नु र आत्महत्या गर्नु मेरो लागि बराबर हो ।'
[जनआंस्था साप्ताहिकको भदौ २२ गतेको अंकका लागि तयार गरिएको मूल लेख । स्थानाभावका कारण केही काँटछाँट हुनजाँदा केही पाठकमा भ्रम पर्न गएकाले यहाँ पूर्णअंश राखिएको हो ।}