तिम्रो कुरा सुनेरI
कुमार श्रेष्ठ
गीत
तिम्रो बिहे भन्ने थाहा नपाएको हैन
तिम्रो कुरा सुनेर म रिसाएको छैन
संसारको दुइ दिने पाहुना हूँ म त
दैव संग जीवन मागी बाची रा'छु म त
तिमीलाई मैले पनि नचाहेको हैन
तिम्रो कुरा सुनेर म रिसाएको छैन
तिमी पनि सधै मलाई पर पर राख
यो भाग्यमा लेख्या छैन तिम्रो न्यानो काख
बोलाएथ्यौ जानी जानी नआएको हैन
तिम्रो कुरा सुनेर म रिसाएको छैन
म्रो बिहे भन्ने थाहा नपाएको हैन
तिम्रो कुरा सुनेर म रिसाएको छैन