गजल - मन छैन अब
श्रीराम अधिकारी
माया फुल्ने चौतारीमा झर्न मन छैन अब
जताततै सुख्खा देख्छु चर्न मन छैन अब ।।
सँगालेर राख्छु भन्छु सम्झनाका चिनोहरु
पोखिएरै खेर जान्छ भर्न मन छैन अब ।।
त्यो ओठमा मुस्कानको उन्माद नै हटेपछी
रित्याएर आफ्नो खुशी छर्न मन छैन अब ।।
कती जिद्दी गर्छौ तिमी? म दु:खमै खुशी हुन्छु
वारी मुटु छोडि पारी तर्न मन छैन अब ।।
बुद्दी हारा हैन नि म अझै कती फकाउछौ ।।
झुप्रो छाडि महलमा सर्न मन छैन अब ।।
माया फुल्ने चौतारीमा झर्न मन छैन अब
जताततै सुख्खा देख्छु चर्न मन छैन अब ।।
सँगालेर राख्छु भन्छु सम्झनाका चिनोहरु
पोखिएरै खेर जान्छ भर्न मन छैन अब ।।
त्यो ओठमा मुस्कानको उन्माद नै हटेपछी
रित्याएर आफ्नो खुशी छर्न मन छैन अब ।।
कती जिद्दी गर्छौ तिमी? म दु:खमै खुशी हुन्छु
वारी मुटु छोडि पारी तर्न मन छैन अब ।।
बुद्दी हारा हैन नि म अझै कती फकाउछौ ।।
झुप्रो छाडि महलमा सर्न मन छैन अब ।।