गज़ल:-चोखो माया गर्यो किन ?
अनुप राना मगर " स्याङजाली"
चोखो माया गर्यो किन ?
फेरी ठाँउ सर्यो किन ?
.
सबै माया रित्तो पारी
आफ्नै पोल्टा भर्यो किन ?
.
अझ केहि भुले जस्तो
अलमल पर्यो किन ?
.
फक्रिएको फूल तिम्रो
अनायसै झर्यो किन ?
.
समयले कोल्टे फेर्दा
आफैलाइ हर्यो किन ?
.
हाल -साउदी अरब
