यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

धाराबाहिक कथा शिला —–६


लेखक/सर्जक -इन्द्रेणी शर्मा ´´जलद´´

    ६ ..अनुपमको चादनीको कथा र शिलासंग भेट
´´शिलाजी हेर्नुस अब मैले कस्को बारेमा कथा लेखुं ?   ´´अनुपमले आफ्नो दुखेसो पोखे
´´लेख्नुस न चाँदनी शर्माको बारेमा उसको यथार्थ कुरा मैले भन्छु  नि ऊ कस्ती युवती हो कसरी आज कुन रुपमा छे ´´
   ´´आखिर तपाईको वास्तबिक चरित्र जान्ने बिचारमा थिएं कसरी यो रुपमा आउनु भयो शिलाजी ?´´
      ´´ मेरो कथाको आधिकारिक ब्याक्ति चिन्नुहुन्छ अनुपमजी ? जसले मेरो बिगतको कारुणिक काहनी लेख्यो मेरो जीवनमा आयो र आज कहाँ छ  पत्तो छैन ´´
     ´´ भन्नुस न कतै भेटी पो हाल्छु कि ? शिलाको कथा देखें, पढें ,सुनें अनि  बुझें आज अचानक भेट हुन लेखेको रहेछ बहुतै खुशी लाग्यो ´´
     ´´ हो उहा हुनुहुन्छ अनि कहाँ जानु भयो त शिलाजी ? कसरी मिलन भयो अनि कसरी बिछोड नि ´´
हो उहाँ पनि हजुर जस्तै साहित्यकार हुनुहुन्थ्यो मेरो जीवनको एउटा परिचय पनि  .अनि मेरो साराजिवान्को गन्तब्य  र मार्ग दर्शक हुनुहुन्थ्यो अचानक उहाँ गत साउनको एक साउने झरीमा म फर्केर आउछु तिमी नआत्तिनु   मलाइ केहि हुदैन भनेर गएको मान्छे कुनै जानकारी र कतै कुनै खवर आएन त्यति बेला दोहोरो भिडन्त दिनहुँ जस्तो हुन्थ्यो खै केहि भै पो हाल्यो कि मानिसको मराइ कुकुर मराइ थियो  मानिको जीवनको कुनै अर्थ थिएँ  छोरा र उसकी प्रियसी शिलुजाको पनि कुनै खवर थिएन एउटी मान्छें रात भरि रोइ रोइ रात काटेकी हुन्थें  एक दिन चाँदनी आएकी थिइ  उसैले मेरो मनको गहिराइमा पुगेर सम्झाई  केहि मन हलुको पनि भयो
आखिर चाँदनी र चेतनको कुनै सम्बन्ध थियो कि शिलाजी ?  म परासी जादाको बखत एक युवाको हातमा त्यो खवर देखेको थिएं  सबैको आँखा केन्द्रित थिए  -´´
कसरी थाहा पाउनुभयो ?ल ल  मलाइ सोध्दै हुनुहुन्छ को हो उहाँ भनेर फेरी ?´´अचम्मको कुरा पो गर्नु हुन्छ जहा नपौचे रवि त्यहा पौचे कवि भने जस्तो लाग्यो अपूर्व कुराहो यो त अनुपमजी ?´´
´´के अचम्म मान्नुहुन्छ  सताब्दी अघिका कुरा आज सहज छन यो त यहि युग र समयको हो किन थाहा नपाउनु ? शिलुजा र शिलाजितको टाउको मूल्य पनि तोकिएको थाहा छ र अनुपराजाको जीवन देखिका सारा कुरा सुनेको छु त्यो भन्दा पहिले हजुरको जीवनका मार्मिक प्रसंग र चाँदनीको  जीवनको कुख्यात  प्रेमीको वास्तविक कुरा हजुरबाट सुन्नको लागि आएको हुँ कृपया त्यो कथा प्रकाशित भयो भने हजुरको लागि त्यही पुस्तक बिक्रीबाट आउने राशि हुनेछ र चेतनको मृगौलाको उपचार पनि
´´हँ, के भन्दै हुनुहुन्छ अनुपमजी हजुरले कस्तो अशुभ कुरा भन्दै हुनुहुन्छ ? कतै हजुरसँग त हुनुहुन्न ?मलाई त तपाइँप्रति शंका पो लाग्न थाल्यो ? हो ,हो, हजुरलाई पुरा-पुर थाहा छ मलाइ सम्झाउन आउनु भएको त छैन कतै ?´´
´´कृपया मलाइ माफ गर्नुस शिलाजी  ,मैले सारा कुरा चाँदनीसंगको भेटघाट हुदा थाहा पाएको हुँ अरु कुरा थाहा छैन शिलाजी ,बिस्वास गर्नुस
आज नेपालको जे हालत भएको छ यो शिलाको पनि त्यही हाल भएको छ ,अनुपमजी  जसरी देश अशान्ति ,अन्यौल र महंगीको धारमा चिरिएको छ त्यस्तै मेरो जीवन पनि चेतन र शिलाजितको बिछोडले पिडा दिएको छ जब शिलाजितको  संघर्षको  अभियान  पुरा होला र चेतन बाबुको पुर्गमन होला मेरो जीवन त्यही बेला सुन्दर र शान्ति पूर्ण हुनेछ ´´
हुन्छ शिलाजी म भोलि फेरी हजुरको घरमा आउनेछु र चाँदनीको कथाको   शिलशिला  पुरा गरुला धन्यबाद शिलाजी हजुरको कामना शिघ्र पुरा होस्
´´हजुरको पनि चाहना र नारीवादी चेतना मुखी अभियान सफल होस् ,हजुरका सृजना र साहित्यले निष्ठुरी मन हुनेहरुको आँखा खोलि दियोस यहि मेरो सुभेच्छा हस त भोलि नै भेटौलां´´
´´ल  नमस्ते ´´
´´हजुरलाई पनि नमस्ते ´´,
´ यो लेखक जीवनका यथार्थ सुन्ने र सुनाउने शिलाको यो धाराबाहिक कथालाई हजुरहरु समक्ष  सुझाबको लागि अनुरोध गर्दछ
प्रगतिनगर ,नवलपुर नवलपरासी नेपाल
हाल लिस्बोन पोर्तुगल
सिर्जना समय/मिति २३.१५ —-३०/११/२०११
धाराबाहिक कथा क्रमश ….
७ चाँदनी र शिलाको भेट  अनुपमको बिदाइ

Posted by Unknown on 4:47 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for धाराबाहिक कथा शिला —–६

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011