गज़ल:-आज राती सपनीमा मन जलेको देखेँ
आनन्द श्रेष्ठ
आज राती सपनीमा मन जलेको देखेँ
फूल जस्तो कोमल मुटु झन गलेको देखेँ
पत्याउनु नपत्याउनु मनको कुरो न हो
सुन्तलाको बोटमा कतै स्याउ फलेको देखेँ
शरिरबाट आत्मा निस्की जाँदै थियो कतै
रित्तो शरिर एक्लो हुँदा भूइँ ढलेको देखेँ
कसले कुन्नी मेरो जीउमा फूलको पात फाल्यो
गुलाफी ती पात परे'सि जीउ बलेको देखेँ
सुन्दर-सुन्दर कल्पनाका झर्दैथिए रूप
तिम्रो यादलाई पच्छ्याउँदा झन छलेको देखेँ ।



