पीर माथि छ जीवन साथी
गज़ल-उमेश राइ 'घायल'
आज होकि भरै कुन्नि, भीर माथि छ जीवन साथी
बेमानिको फेला परे, गर्नु घात गरी मलाई
मुटु घोच्ने पीरैपीरको झीर माथि छ जीवन साथी
के छ ? भनि सोध्छन सबै मेरो हाल खबर
के भनौ म आँशुको यो नीर माथी छ जीवन साथी
हुनेलाई त रंग नाना स्वाद नाना हुने गर्छ
नहुने लाई सपनाको खीर माथी छ जीवन साथी
देश छोडी परदेश लाको वर्षो वर्ष बिती सक्यो
अझै लाग्छ देउरालीको शिर माथी छ जीवन साथी ,