गज़ल:-हाँसी हाँसी मरिदिन्छु
तिम्रो खुशी आउँछ भने हाँसी हाँसी मरिदिन्छु
नयाँ प्रेम सफल रहोस माला गाँसी मरिदिन्छु
मखमली ओछ्याएर सुगन्धलाई अंगाली हिंड्नु
कोहि छेक्न आए भने उसलाई नासी मरिदिन्छु
तिम्रो जीवन बगैंचामा गुलावको फूल रंग सँगै
फूलै फूल टेकी हिंड काँडा भासी मरिदिन्छु
'क्षितिज' तिम्रो नभए'नी तिमि मेरै हौ सानु
तिम्रो तस्बीर छातीभित्र टाँसी मरिदिन्छु
नवराज 'क्षितिज'
रुवैस अबुधाबी,युएई