परदेश आउनु ब्यर्थ रैछ
धन कमाइ मोज गर्न परदेश आउनु ब्यर्थ रैछ
जागिरनै खाउ भनि शहर धाउनु ब्यर्थ रैछ |
भाग्यमा छ भन्दा भन्दै आफै झर्ने कुरा होइन्
काम खोज्दै बिलौना र गीत गाउनु व्यर्थ रैछ |
नयाँ नेपाल भए पछि बेरोजगारी हट्ने थियो
संबिधान आउँछ भनि मुख बाउनु ब्यर्थ रैछ |
भ्यागुताको धार्नी कैले पुग्छ घर बनाउनलाई
धमिराले खायो छानो खरले छाउनु ब्यर्थ रैछ |
आफु राम्रो हुनु पर्छ पराइ पनि आफ्नै हुन्छ
शत्रु बन्न सक्छ आफ्नै नाता लाउनु व्यर्थ रैछ |
सन्जय कुमार् खड्का
हाल् :साउदी अरब
रामेछाप देउराली