मुस्तफ्इलुन्+फाइलातुन् x २
![]() |
पोष्टराज चापागाईं |
टाढा हुँदा गन्तव्यका लम्काहारू मात्रै रहे...
मायालुको कामै उतै,खानापिना जम्मै उतै
छैनन् कुनै भाँडाकुँडा, चम्काहरू मात्रै रहे...
सौगात नै नासो बने,उन्का सबै पर्यायका
संस्मृति वा विस्मृति भै झम्काहरू मात्रै रहे...
बच्चा रुँदा फुल्याउने चक्लेट झैं प्रिया हुँदा
उन्का सबै देखावटी छ्म्काहरू मात्रै रहे...
हिस्सी भयो हिस्याउने, झस्का पसी चस्केपछि
बेकार वा बेअर्थका जम्काहरू मात्रै रहे...
उन्का हरेक सम्चारले दुख्दै गए बाचाहरू
सन्चो हुने कैले यहाँ ?, दम्काहरू मात्रै रहे...
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
बहर- मुजतस मुसम्मन मुरक्कब
मुस्तफ्इलुन्+फाइलातुन् x २
२२१२ + २१२२ x२
२०६८-०३-१७
कीर्तिपुर
