यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

दल


- भरत बागलुङे
क्याम्पस पढ्न गएको छोरो अबेरसम्म घर फर्केन श्रीमती भान्साबाट चिच्याई लौन ए बुढा छोरो अहिलेसम्म घर फर्केन दलमा सोधपुछ गरन ।

छोरीको रिजल्ट विग्रेछ दलमा कुरो राखे केही हुन्तो की । छिमेकीले मसँग गुहार गर्छ ।

हिजो साँझ हाम्रो टोलमा बत्ती आएन ।

धारामा पानीको थोपो झरेन ।

मोवाइलको टावर हरायो । आदि–आदि र इत्यादि । 

हिजो आज जता जाउँ दलको महिमागान जो चलेको छ त्यसैको बजार भाउ छ । घरमा दल छ, ससुरालमा दल छ, खेलमा दल छ, बाटोमा दल छ, अफिसमा दल छ, स्कुलमा दल छ, भेटमा दल छ, गेटमा दल छ, बजारमा दल छ, नजरमा दल छ, दल नै चारमुखे ब्रम्हाजी हुन् । दल नै जिसस क्राइष्ट हुन् । दल नै अल्लाह हुन्, दल नै बुद्ध हुन् आदि जे भन्नोस ती सब दल नै हुन दल नै माता दल नै पिता, दल नै हताकर्ता दल नै पालन कर्ता । दल नै घाम, दल नै जुन, दल नै धर्ती, दल नै आकाश, दल नै हावा, दल नै पानी, हुँदा–हुर्दा दल नै ढल, दल नै नल, दल नै खेल, दल नै जेल, दल नै फिलिम, दल नै चिलिम, दल नै रोटी, दल नै धोती, दल नै देश, दल नै भेष, दल नै कला, दल नै गला, दल नै संस्कृति, दल नै विकृती, दल नै रक्षक, दल नै भक्षक, दल नै पोष्ट, दल नै टोष्ट, दल नै दल मेरी आम्मा ! यहाँ सबका सब दल–कोही काला दल, कोही सेता दल, कोही होचा दल, कोही अग्ला दल, कोही भेटी दल, कोही केटी दल, कोही कपटी दल, गोही गोटी दल, कोही मोटी दल, कोही मोती दल, कोही कोठी दल, कोही प्रेम दल, कोही भ्रम दल, कोही लुट दल, कोही कुट दल, कोही फुट दल, कोही टाइसुट दल, कोही झण्डा दल, कोही डण्डा दल, कोही पण्डा दल, कोही नेता दल, कोही अभिनेता दल, कोही फेटा दल, कोही भाषा दल, कोही खासा दल, कोही पैसा दल, कोही ऐसा दल, कोही आँखा दल, कोही भाका दल, कोही अंग दल, कोही सर्वाङ्ग दल, कोही मोही दल, कोही छोईदल, कोही जोईपोई दल, कोही भुस दल, कोही घुस दल आदि–इत्यादि दलमा जोछन् तिन्को जय छ जो छैनन् ती बबुरा अभागीको जीवन नै पराजय छ वाह ! दल, क्या ! दल ।

सोच्नुस दलमा हुनुका फाईदा–बेफाइदा बारे ।

के तपाईँ दलमा हुनुहुन्छ भने मान्छे कुट्नुस या लुट्नुस्, देश धुत्नुस, या जाँड खाएर दिउँसै बाटोमा मुत्नुस, या
सर्वाङ्ग सुत्नुस फरक के पर्छ ? केही पर्दैन ।

के तपाईँ कुनै अमुक दलको मान्छे हुनुहुन्छ ? मनपरी आइमाईको अस्मिता लुट्नुस तपाईँलाई पञ्चखत माफी छ । तपाईँका नेताको इशारै काफी छ । विचरा चौकीको पुलिसको हाकिम तपाईँलाई दुइहात जोडेर नमस्कार गर्छ मान्छे चिनिएन्छ हजूर रिसानी माफ होस् गल्ति भो भन्छ जवानलाई गालीको थप्पड हान्छ र घरसम्मै तपाईँलाई पु¥याउन आपैm जान्छ । वाह ! दल, क्या ! दल ।

भन्सार छल्नुस या देशलाई दल्नुस । मरे बुढीको छोरा बाँचे मेरो पोई, साला देश भड्खारोमा परोस या छिमेकीले हरोस आफ्नो स्वार्थ नमरोस । डुबुन दुनियाँ सारा तर आपूm डुब्नु नपरोस् ।

के तपाईँ ऋणमा हुनुहुन्छ ? एउटा दलको फेटा निधारमा बाँध्नुस र मु िउचालेर अमूक दल जिन्दावाद भन्नुस बस् कुन बुढी बाख्रीको नातीको हिम्मत तपाईँको सामु उभिएर आफ्नो पैसा फिर्ता माग्ने ? वाह ! दल, क्या! दल ।

यदि तपाईँ सरुवा, बढुवा हुनुछ दलको सदस्य बन्नुस् । कहाँ जानुपर्ने हो त्यहाँ पुग्नुस् । यदि तपाईँलाई ठेक्का पट्टा हात पार्नुछ दलको सदस्य बन्नुस् । टेण्डर हात पार्नुस् । यदि तपाईँलाई जागिर खानुछ या कालो धन्दा गर्नुछ । तस्करी या बेइमानी गर्नु छ । यदि तपाईँलाई आफ्नो गाउँमा आउने गाउँ विकासको अनुदान रकम आपूmखुशी बाँड्नु छ अमूक दलको सदस्य बन्नुस् । कुरो बनेन भने नेतालाई भन्नुस बस हेर्दा–हेर्दै तपाईँ सबको नेता बन्नु हुन्छ जुम्लाहातको नमस्कार कति खानुहुन्छ । वाह ! दल, क्या ! दल ।

छिमेकीसँग आँठासाँधामा झगडा प¥यो या पर्मपालो, गोठालोमा, ठेक्कापट्टामा घाटा लाग्यो या ब्यापार ब्यबसायमा धन्दा नमान्नुस् तपाईँलाई साथ दिने दल छ बरु दलमा छिर्नु अघि सोच्नुस कुन दल उत्तम हुन्छ त्यहि दलमा पस्नुस् तर सधैँ अडिएर एउटै दलमा नबस्नुस् । अफ्रिकन छेपाराले जस्तो रङ बदल्नुस् ताक परे तिवारी नत्र गोतामे जो छ मन्त्र सधैँ जप्नुस् । सकेसम्म सरकारी दलमा पस्नुस् नसके लाठा, भाला, खुकुरीवाला मारकाट दलमा बस्नुस् । त्यो पनि नभए आफ्नो जातिको जातिवादी दलमा छिर्नुस् पख्लास्, देख्लास र चाख्लास् भन्नुस् । या छिमेकीको लगानी रहेको बहुराष्ट्रिय पार्टीमा पस्नुस् बाटोमा निस्कनुस् लाठा भाला नचाउनुस् नेपालमा बस्नुस् नेपालकै रासन खानुृस् तर गीत चैँ ‘हमरा भारत महान है, जय हिन्द’ भन्न लाज नमान्नुस हेर्दा–हेर्दै तपाईँ यो देशको महान नेता बन्नुहुनेछ वाह ! दल, क्या ! दल ।

यदि तपाईँलाई कुन चैँ दलमा प्रवेश गर्ने दुविधा भयो भने विज्ञापन गर्नुस् पत्र–पत्रिका या एफ. एम. रेडियोहरुमा या भित्तामा पोष्टर बनाएर टास्नुस् यसरी विज्ञापन गर्दा आफ्नो तीनपुस्ते खुलाउनुस् सकेसम्मका बाउबाजेले र आपूmले गरेका कु–कर्मको फेहरिस्त दुरुस्त राख्नुस् राम्रा कुरा छन् भने नदेखाउनुस् नराम्रा जत्ति छन् खुलेर पिंmजाउनुस् किन की तपाईँले चाहेको पार्टी प्रवेशको वाञ्छनिय योग्यतामा तपाईँ चोरलुटेरो, ढटेरो, लफङ्गो, घुस्याहा, भुस्याहा, बलात्कारी, ज्यानमारा, देशमारा, ऋण दिने साहुमारा आदि–आदि हुनु अनिवार्य छ यसैले च्याउ झैँ खुलेका समाचार पत्र या एफ. एम. मा झ्याउ नमानी विज्ञापन दिनुहोस् र नेता बन्ने सुनौलो मौका नगुमाउनुहोस्
वाह ! दल, क्या ! दल ।

जय नेता ! जय दल !

नारायणस्थान, बागलुङ
साभार:

Posted by Masti Entertainment on 5:14 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for दल

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011