घायलको तरही मुसायारा-१६
![]() |
अरबी, फारसी, उर्दु गजलमा लोकप्रिय 'तरही मुसायरा' एक शास्त्रिय परम्परा हो जसले शायरहरुमा इन्धन (शक्ती) भर्दछ । ठूला-ठुला मुसायराहरुमा तत्कालै कुनै पनि गजलको 'मिसरा-ए-सानी'दिएर गजल कथ्ने र त्यसरी कथेको गजल वाचन गरिन्छ अनी ति मध्यबाट उत्कृष्ट गजललाई पुरस्क्रित गरिन्छ । यस्तो मुसायराले गजलकारहरुले आफुलाई अरुसँग दाँज्ने र सिक्ने अवसर पनि पाउँदछन् ।
जीतु खड्का 'गाउँले'को जन्म झापा जिल्ला दमक नगरपालिका १५ मा २०३८ सालमा भएको हो ! २०४२ सालमा स्थाई रुपमा उर्लावारी गाबिसमा बसाइ सरेपछि त्यहि को उर्लावारी बहुमुखी क्याम्पसबाट +२ सम्मको अध्यायन पुरा गर्नु भयो उहाँले ! संकटकालको बेलामा माओबादीको सदस्यता लिए वापात सन् २००२ मा साउदी अरबतिर पलायन हुन बाध्य हुनु भयो र हाल ल्याब प्राविधिकको रुपमा उतै कार्यरत हुनु हुन्छ ! हासो ठट्टा गर्न रुचाउने उहाँले कलेजकादिनमा भित्ते पात्रो सम्पादन मण्डलमा रहेर काम गर्नु भएकोछ र अन्जानैमा साहित्यमा कलम त्यहि बेला देखि चलाउन थाल्नु भएको हो ! आजभोली बिशेषता: गज़ल लेख्न रुचाउनु हुने गाउँले जीको यो मिसरा-ए-सानी 'सहयात्री नरनारी जीन्दगीको गोरेटोमा' लाइ 'घायलको तरही मुसायरा-१६' मा तरहको रुपमा दिएको छु ! यहि मिसराको आधारमा एक पूर्ण गज़ल लेखि फेसबुक तथा ब्लगमा पोस्ट गर्नु हुन हार्दिक अनुरोध गर्दछु !
गजल: जीतु खड्का 'गाउँले'
मिसरा: सहयात्री नरनारी जीन्दगीको गोरेटोमा
काफिया: नारी
रदिफ: जीन्दगीको गोरेटोमा
लय: सहयात्री /नरनारी //जीन्दगीको /गोरेटोमा
लय - ४+४+४+४=१६
हिजो नै पोस्ट गर्नु पर्ने हतारको कारण छुटेछ ! जीतु खड्का 'गाउँले' जीको मुख्य गज़ल यहाँ प्रस्तुत छ !
किन भयौं वारीपारी जिन्दगीको गोरेटोमा
सहयात्री नर नारी जिन्दगीको गोरेटोमा |१|
यात्रा काँहा सजिलो छ जाली रै'छ जमना नै
जताततै काँडा घारी जिन्दगीको गोरेटोमा |२|
भरोषामा अल्झेकोछ संम्बन्धको डोरो सबै
हुन पर्छ बफादारी जिन्दगीको गोरेटोमा |३|
लेख्या जती भोग्नै पर्ने दु:ख सुख बाध्यतामा
आधिआधि बाँडौ भारी जिन्दगीको गोरेटोमा |४|
महङ्गीले डाँडा काट्दा गाह्रो होला पक्कै पनि
कर्म गरौँ धैर्यधारी जिन्दगीको गोरेटोमा |५|
गजल पोस्ट गरिसक्नु पर्ने अन्तिम दिन बिहीवार ३० जुन,२०११ रातको १२:०० बजे (युएई समय+४ अनुसार)
घायलको तरही मुसायराका सहभागीले पालना गर्नु पर्ने नियमहरु
(क) प्रत्येक सहभागीले दिईएको 'मिसरा-ए-सानी'कै आधारमा र त्यो मिसरालाई गजलमा समावेश गरी गजल लेख्नु पर्नेछ । अन्यथा मुसायरामा समावेश गराइने छैन ।
(ख) एक भन्दा बढी गजल पोस्ट गर्न पाइने छैन । गरेमा सबै अमान्य हुँनेछ ।
(ग) गजल तोकिएको अवधिभित्र नै फेसबुकमा वा ब्लगमा पोस्ट गर्नु पर्नेछ । म्याद सकेपछी आएको गजललाई छनौटमा सहभागी गराइने छैन ।
(घ) अगाडि अरुले पोस्ट गरेको गजलको हुबहु नक्कल गरेको गजल मान्य हुँनेछैन ।
(ङ) गजल अनिवार्य पाँच शेरको हुनुपर्ने छ ।
(छ) गजलको संरचनामा मिलेको हुनु पर्नेछ ।
(ज) गजलमा अस्लील वा सामाजिक सद्भावमा असर पुग्ने शब्द प्रयोग गर्न पाइने छैन .
(झ) आफ्नै संस्क्रिती,परम्परा,जीवनशैली,भेषभुषा आदी झल्काइएको/समेटिएको गजललाई प्राथमिकता दिईनेछ ।
(ञ) तरही मुसायरामा प्रकासित गजललाई अन्य ठाउँमा प्रकाशन वा प्रसारण गर्नु परेमा स्रोत ,सन्दर्भ वा मुख्य सर्जकको नाम उल्लेख गर्नु अनिवार्य छ ।
(ट) तल दिएको मिसरा-ए-सानी लाई गजलको मतलामा नभै अन्य कुनै शेरमा समावेश गर्नु पर्ने छ ।
(ठ) अब देखी 'घायलको तरही मुसायरा'फेसबुक र ब्लग दुवैमा संचालन हुँने भएकोले दुबैमा पोस्ट गरेको गजललाई मान्यता दिईनेछ ।
ब्लगमा आफ्नो सिर्जना पोस्ट गर्न असजिलो भएमा तल उल्लेखित तरिका अप्नाउँनु भयो भने सजिलै पोस्ट गर्न सक्नुहुनेछ ।
अबदेखी तपाईंको सिर्जना र प्रतिक्रिया सिधै वालमा प्रकाशन हुन्छ त्यसैले ढुक्क भएर मर्यादित रुपमा आफ्नो रचना पोस्ट गर्नु हुन हार्दिक अनुरोध गर्दछु धन्यवाद !
1) तपाईंले आफ्नो प्रतिक्रिया लेख्न चाहेको श्रीङ्खला वा रचनालाई खोल्नुहोस्
2) त्यसको तल हेर्नुहोस् जहाँ पोस्ट अ कमेन्ट (Post a comment) लेखिएको छ त्यसमा क्लिक गर्नुहोस्
3) एउटा बक्स आउँछ त्यहाँ आफ्नो प्रतिक्रिया वा सिर्जना पेस्ट गर्नुहोस्
4) त्यहाँ आफ्नो परिचयको लागि अप्सन छनौट गर्नुस्
5) Name/URL मा क्लिक गर्नुहोस्
6) त्यसको तल आफ्नो नाम लेख्नुहोस्
7) तपाईंले क्याप्स (बाङ्गो टिङ्गो अक्षर र अंकहरु)आउँछ त्यो देखाएको बक्समा टाइप गर्नुहोस्
8) त्यसको मुनि (Publish your comment) पब्लिस योर कमेन्ट्समा क्लिक गर्नुहोस् । तपाईंको सिर्जना र प्रतिक्रिया तुरुन्तै ब्लगमा प्रकासित हुनेछ ।
नोट: यदि तपाईं यो ब्लगको सदस्य बनी सक्नु भएको छ भने साइन इन गरेर आफ्नो रचना वा प्रतिक्रिया पोस्ट गर्न सक्नु हुनेछ । त्यसैले यहाँहरु सबै सदस्य बनिदिनु होला । धन्यवाद
फेसबुकको लागि तलको लिंक हेर्नु होला
http://www.facebook.com/note.php?saved&¬e_id=224576330899282


गजल: जीतु खड्का 'गाउँले'
मिसरा: सहयात्री नरनारी जीन्दगीको गोरेटोमा
काफिया: नारी
रदिफ: जीन्दगीको गोरेटोमा
लय: सहयात्री /नरनारी //जीन्दगीको /गोरेटोमा
लय - ४+४+४+४=१६
गजल
हुनु हुन्न वारीपारी जिन्दगीको गोरेटोमा ।।
सँगै फाडौ सिस्नोघारी जिन्दगीको गोरेटोमा ।।
हातेमालो गरौँ सँगै छैन केहि भेदभाब
सहयात्री नरनारी जिन्दगीको गोरेटोमा ।।
समर्पित भई बाँचौं आपसमा जुनीजुनी
गरौँ सधैँ बफादारी जिन्दगीको गोरेटोमा ।।
दुइदिने यो जिन्दगी हाँसी हाँसी काटौं हामी
रुनुहुन्न आँशुझारी जिन्दगीको गोरेटोमा ।।
बैरभाब त्यागौं अब तेरो मेरो गर्न छोडौं
बनौं मिली सदाचारी जिन्दगीको गोरेटोमा ।।
सन्दीप ढकाल'दीप '
साउदी अरेबिया
२४ जून २०११
( गजल ) आचार्य प्रभा
हुनुहुन्न वारीपारी जिन्दगीको गोरेटोमा
बाँच्नु हुन्न हिम्मत हारी जिन्दगीको गोरेटोमा ।
रिस राग ब्यर्थको नै मनभित्र सधैं पाल्दै
नबसौँ न बार बारी जिन्दगीको गोरेटोमा ।
कैले कँहि आँखामा नि भ्रमको जालो लाग्यो भने
नटेक लौ काँढा घारी जिन्दगीको गोरेटोमा ।
बाटो एक हिँड्नु पर्छ समातेर हातहरु
सहयात्री नरनारी जिन्दगीको गोरेटोमा ।
बिभेदको पर्खाल नाघी बाँच्नलाइे एक भइे
गरौँ अब नियम जारी जिन्दगीको गोरेटोमा ।
नयाँ नेपाल खडा गरौँ मिलाएर काँधमा काँध
समयको मौका पारी जिन्दगीको गोरेटोमा ।
(रचना जुन/ २५ / २०११ )
सम्मान कलमको हुनु पर्दछ । ब्यक्तिगत रिसइेबी भनेको कलमसँग सम्बन्धित कुरो होइन । तरही मुसायराले सबैलाइे बाटो खोली दिएको छ । जहाँ कसैको कसैसँग मनमुटावको आक्रोश पोख्ने स्थान बनाएर यो आँगनलाइे दल दलमा नफँसाउं । जितु भाइको गजललाइे सम्मान गर्दै मैले पनि पोख्न चाहें यी हरफहरु । सबैले काँधमा काँध मिलाउँ भन्ने आग्रहको साथमा शुभकामना ।
घायलको तरही मुसायरा सफलताको कामना गर्दै सिर्जनामा अग्रसर जीतु खड्का 'गाउँले'का सुनौला दिनहरुको कामना गर्दछु । धन्यबाद!
गजल: जीतु खड्का 'गाउँले'
मिसरा: सहयात्री नरनारी जीन्दगीको गोरेटोमा
गजल
हाँसो फल्ने कोठेबारी जीन्दगीको गोरेटोमा
फूल फुलोस् गोदावारी जीन्दगीको गोरेटोमा
लक्ष पुग्न ढिला होला फूल त्यसै कहाँ फूल्छ
बस्यौं भने आँतै मारी जीन्दगीको गोरेटोमा
जीत चुम्न चस्स खपी बाग भित्र हुँदा माली
फाड्नै पर्छ काँढा घारी जीन्दगीको गोरेटोमा
एक्लै फेरि सँझिदैन सुन्दर ती बाग पनि
सहयात्री नर नारी जीन्दगीको गोरेटोमा
डर लिनु छैन मनु!सत्य मनले रोप्यौ भने
फूलै फूल वारी पारी जिन्दगीको गोरेटोमा
-बुद्धि मोक्तान
२०११/ ०६/२६
गजल
अनमोल छ, जिन्दगी कसैको ।
डामाडोल छ, जिन्दगी कसैको ।
कोही रित्ता–रित्ता, सपना साँच्दैछन्,
भद्रगोल छ, जिन्दगी कसैको ।
मर्नु र बाँच्नु पनि, उस्तै उस्तै,
सगोल छ, जिन्दगी कसैको ।
आफू जन्मेपनि, उफ! आफ्नै नहुने,
भूगोल छ, जिन्दगी कसैको
सुख अनि दुःख, दुवै सहौँला,
कबोल छ, जिन्दगी कसैको ।
सुनिल स्पन्दन
वागेश्वरी–३, भक्तपुर
(२०६६÷१०÷२०)
अझै पनि कतिलाइे त घायलको तरही मुसायराको नियम बारे थाहा नभए जस्तो भान भयो । आफ्नै तर्फको गजल पेश गरिरहेछन् धमाधम । दलबीरजीले यसो आँखा खुलाइेदिनु पर्ला जस्तो लाग्यो मलाई।
धन्यवाद प्रभा जी सुझावको लागि ! उहाँ 'घायलको तरही मुसायरा'को नयाँ व्यक्ति हुनु हुन्छ र मैले उहाँलाई व्यक्तिगत रुपमा भनि सकेको छु र शायद आगामी भागमा सुधार गरेर आउनु हुनेछ भन्ने अपेक्षा गरौँ हामी सबैले ! जे होस् उहाँको मुसायारा प्रतिको झुकावलाई म सम्मान गर्दछु ! धन्यवाद !
घायलको तरही मुसायरा -१६
गजल: जीतु खड्का 'गाउँले'
मिसरा: सहयात्री नरनारी जीन्दगीको गोरेटोमा
काफिया: नारी
रदिफ: जीन्दगीको गोरेटोमा
लय: सहयात्री /नरनारी //जीन्दगीको /गोरेटोमा
लय - ४+४+४+४=१६
अघिल्लो हप्ता गजल सम्प्रेषण गर्न भ्याइएन त्यसैले आज फटाफट पोष्ट गरें ।
निष्ठुरीले माया मारी जीन्दगीको गोरेटोमा,
टाढा गई फूल सारी जीन्दगीको गोरेटोमा ।
लक्ष मेरो सधैं पारी जीन्दगीको गोरेटोमा,
थाकेको छु युद्ध हारी जीन्दगीको गोरेटोमा ।
सधैं हामी वारिपारी जीन्दगीको गोरेटोमा,
भेट हुन्छ आकाश रुँदा जिन्दगीको गोरेटोमा ।
सहयात्री चाहियाथ्यो जीन्दगीको यात्राभरि,
तिम्रो पनि बोकें भारी जीन्दगीको गोरेटोमा ।
बिर्सिदेउ पुराना कुरा तिम्रा हजुरबाका,
सहयात्री नरनारी जीन्दगीको गोरेटोमा ।
राजेन्द्र मल्ल
आषाढ-१४, २०६८
हिड्दाहिड्दै वारीपारी जिन्दगीको गोरेटोमा
कैले पुग्छु काँडा घारी जिन्दगीको गोरेटोमा।
सोच्ने गर्छु यौटा कुरा परिस्थिती अर्कै हुन्छ
जानु पर्छ घर सारी जिन्दगीको गोरेटोमा।
जहाँ जहाँ पुगे पनि सङ्गै जानु पर्छ हेर
सहयात्री नरनारी जिन्दगीको गोरेटोमा।
मन मिल्ने साथी यौटा सधै भरि साथ रहे
गाह्रो हुन्न बोक्न भारी जिन्दगीको गोरेटोमा।
त्यसैले त सुख दु:ख जे भए नि बाँडौ हामी
नजानु है माया मारी जिन्दगीको गोरेटोमा।
सुवास श्रेष्ठ गोरखा।
घायलको तरही मुसायरा सफलताको कामना गर्दै भाग १६ को लागि जानी नजानी आफ्नो सहभागिता यसरी जनाए ! धन्यबाद
गजल: जीतु खड्का 'गाउँले'
मिसरा: सहयात्री नरनारी जीन्दगीको गोरेटोमा
काफिया:नारी
रदिफ: जीन्दगीको गोरेटोमा
लय: सहयात्री /नरनारी //जीन्दगीको /गोरेटोमा
लय: ४+४+४+४=१६
गजल --
हुनु पर्छ सद् बिचारी जिन्दगीको गोरेटोमा
हिड्नु किन आँशु झारी जिन्दगीको गोरेटोमा
अज्ञानता ,अनाचार ,अपसभ्य बढाएर
बोक्न हुन्न भित्र भारी जिन्दगीको गोरेटोमा
हुन्छ आफ्नै जीत सधैँ बुद्धि बिबेक् प्रयोगले
प्रेम रुपी फूल सारी जिन्दगीको गोरेटोमा
स्वकर्तब्य सबै बिर्सी गुमाएमा धैरेता नि
भरिने छ काँडा घारी जिन्दगीको गोरेटोमा
हरेक यी पाइलामा फुलाउँन फलाउँन
सहयात्री नरनारी जिन्दगीको गोरेटोमा
बुझेका छौं हामी आफै संघर्ष नै सफल्ता हो
हट्न हुन्न पछि हारी जिन्दगीको गोरेटोमा
कठिन छ पार गर्न उकाली र यो ओराली
दु;ख सुख वारिपारि जिन्दगीको गोरेटोमा !!
सुमित्रा पौडेल भरतपुर चितवन
हाल ;;-- इजरायल